नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’पोखरामा सार्वजनिक

-


     पोखरा क्लिक     
     पौष २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २५, पुस,

सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र गण्डकी प्रदेशका अधिकृत विक्रेता बीबी इन्कर्पोरेटेड ले सुजुकीको अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ मिड–साइज एसयूभी ‘भिक्टोरिस’ पोखरामा सार्वजनिक गरेका छन् । नेपालमा हालसम्मकै सर्वाधिक फिचर भएको नयाँ एसयुभी ‘भिक्टोरिस’ विहिबार एक समारोहका बिच सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुलभ बतास, निर्देशक दया लक्ष्मी बतास तथा बिजनेस हेड राजेश रानाभाटले बिहीबार औपचारिक रूपमा उक्त गाडी सार्वजनिक गर्नुभएको हो । भविष्यमुखी डिजाइन, प्रिमियम आराम र बुद्धिमान प्रविधिको सन्तुलित संयोजनसहित भिक्टोरिस नेपाली बजारमा ल्याइएको प्रबन्ध निर्देशक सुलभ बतासले बताउनु भयो । यस एसयुभीमा स्ट्रोङ हाइब्रिड, अलग्रिप (४ गुणा४) र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनको विकल्प उपलब्ध रहेको तथा सुरक्षाका लागि ५–स्टार ग्लोबल एनक्याप रेटिङ पाएको भिक्टोरिसमा लेभल–२ एडास, ६ वटा एयरब्याग (स्ट्यान्डर्ड), ३६० डिग्री क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक सुविधाहरू रहेको उनले जनाए ।

मजबुत बनावट, उच्च सुरक्षा मापदण्ड र अत्याधुनिक प्रविधिका कारण भिक्टोरिसले ५–स्टार ग्लोबल एनक्याप सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको बतासले जनाउनु भयो । यही विशेषताका आधारमा भिक्टोरिसले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ को उपाधि समेत हात पारेको कम्पनीको दाबी छ । कम्पनीले भिक्टोरिसको प्रारम्भिक मूल्य ५० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । साथै सीमित अवधिका लागि पहिलो ५० ग्राहकलाई २ लाख रुपैयाँसम्मको साटफेर बोनस उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ । आधुनिक नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै सुविधा, सुरक्षा र प्रविधिलाई केन्द्रमा राखेर भिक्टोरिस पोखरमा पनि विहिबार बाट बिक्रि वितरण सुरु गरिएको सीजी मोटोकर्पका बिजनेस हेड राजेश रानाभाटले बताउनु भयो । “उच्च सुरक्षा, अत्याधुनिक प्रविधि र सहज ड्राइभिङ अनुभवका कारण भिक्टोरिसले नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो ।

भिक्टोरिसमा १०.१ इन्चको स्मार्टप्ले प्रो एक्स टचस्क्रिन, १०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, हरमनद्वारा निर्मित इन्फिनिटी ८–स्पिकर प्रिमियम साउन्ड सिस्टम, ६४ रङमा परिवर्तन गर्न मिल्ने एम्बियन्ट लाइट, भेन्टिलेटेड अगाडिका सिट, हात नछोई खोल्न मिल्ने स्मार्ट पावर टेलगेट तथा वायरलेस मोबाइल चार्जिङ लगायतका सुविधा समावेश छन् । सुरक्षाका दृष्टिले सबै भेरियन्टमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्थिरता प्रणाली, टायर दबाब निगरानी प्रणाली, उकालोमा रोक्ने प्रणाली तथा सुजुकीको टेक्टा सुरक्षा संरचना उपलब्ध गराइएको छ । भिक्टोरिस १० वटा आकर्षक रङमा उपलब्ध रहेको छ, जसमा नयाँ ‘मिस्टिक हरियो’ रङ पनि समावेश गरिएको छ ।