
दीननाथ बराल,
पोखरा, २५ पुस,
पर्यटनको राजधानि पोखरामा देश भरका थकाली समुदायका व्यक्तिहरु भेला हुनु भएको छ । थकाली समुदायको सामाजिक संस्था थकाली सेवा समितिको १४ औँ महाधिवेशनमा सहभागि हुन देशभरका थकालीहरु पोखरामा भेला भएको समितिका प्रतिनिधि योगेन्द्र शेरचन बताउनु भयो ।
आज (श्ुक्रबार) देखि पोखरामा सुरु भएको उक्त अधिवेशसन पुस २७ गतेसम्म चल्ने भएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । थकाली समुदायको हकहित संरक्षण गर्नुका साथै कला, संस्कृति र भेषभूषाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको समितिले विभिन्न सामाजि कार्य गर्दै आएको छ ।महाधिवेशनको उद्घाटन थकाली समुदायका जेष्ठ नागरिक, १०१ वर्षीय पदमबहादुर गौचन ले एक समारोहका बीच गर्नुभएको हो। उद्घाटन समारोह गजेन्द्र तुलाचन को अध्यक्षतामा सम्पन्न भएको हो ।
महाधिवेशनमा नेपालका विभिन्न १९ स्थान तथा विदेशका जापान, बेलायत र अस्ट्रेलिया बाट गरी २५५ जना प्रतिनिधि सहभागी हुनु भएको छ । महाधिवेशनले समितिको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ । यसअघि महाधिवेशनको अवसरमा पोखरामा बाजा–गाजा सहितको ¥याली प्रदर्शन गरिएको थियो । र्यालीमा थकाली समुदायको भेषभुषा झल्कने पोशाक सहित केहीले तारा खेलका सामाग्रि समेत प्रर्दशन गर्नु भएको थियो । काठमाण्डौंदेखि मुस्ताङसम्मका देशका १९ ठाउँबाट प्रतिनिधि, पर्यवेक्षक, अतिथी महानुभावहरु गरी ३ सय जनाको सहभागिता रहेको बताइएको छ ।




