देश तथा समाज पत्रिका

कास्की मोर्डनाइज्ड महोत्सव–२०८२ शुरु

पोखरा, ५ मंसिर, कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ शुरु भएको छ । ‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव शनिबार (भोलि) सम्म चल्ने छ । कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको संगम स्थलको रुपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ विद्यालयले पहिलो पटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा… पुरा पढौ

पोखरामा युवा पत्रकारलाई दुव्यवहार गर्ने म्यानपावर कम्पनी उपर कारबाहीको माग

मंसिर ५, पोखरा, पोखरास्थित एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.को शाखा कार्यालयमा पुगेका पत्रकारहरू माथि गरिएको दुव्यवहारको घटनाप्रति पत्रकारका विभिन्न संघ संगठनहरुले आपत्ति जनाउँदै दोषी उपर कडा कारबाही गर्न माग गरेका छन् । विदेशमा रोजगारीको सम्झौता अनुसारको काम तथा पारिश्रमिक नपाएको पिडित पक्षले पत्रकार सामु गुनासो गरेपछि पत्रकारहरुले कम्पनीको प्रतिक्रिया लिन गत मंसिर १ गते कार्यालय पुगेका थिए । प्रतिक्रिया लिन पुगेका प्रेस सेन्टर नेपाल कास्कीका सह–सचिव अर्जुन हिताङ, ढोरपाटन दैनिकका विजय नेपाली, मेरोसाथी टिभीका सुरेश सुनार र विष्णु विश्वकर्मालाई… पुरा पढौ

१४ औँ युरोपेली चलचित्र महोत्सव यही मंसिर ६ र ७ गते पोखरामा हुने, १० बढी देशका फिल्म निःशुल्क अवलोकन गर्न पाइने

दीननाथ बराल, पोखरा, ४ मंसिर, पर्यटनको राजधानि पोखरामा यही मंसिर ६ गते देखि १४ औँ संस्करणको युरोपेली संघ चलचित्र महोत्सव पोखरामा हुने भएको छ । युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरहरूलाई एकैसाथ ल्याउँदैै यही मंसिर ६ र ७ गते क्युएफएक्स ट्रेड मलमा उक्त महोत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । यस संस्करणमा २५ चलचित्र प्रर्दशन गरिने भएको छ । १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल… पुरा पढौ

जिएमसीमा १७ बर्षीया रुपा बि.क.को उपचारकै क्रममा मृत्यु पछि अस्पतालमा विहिबार दिनभर जसो धर्ना र जुलुस प्रर्दशन, (भिडियो सहित)

दीननाथ बराल,पोखरा ४, मंसिर, पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचारकै क्रममा १७ बर्षीया रुपा बि.क.को बुधबार मृत्यु भए पछि पिडितका आफन्तले विहिबार दिनभर अस्पताल परिसरमा धर्ना र जुलुस प्रर्दशन गरेका छन् । तनहुँ व्यास नगरपालिका १३ की बि.क.लाई पेट दुखेर यही मंसिर १ गते जिएमसीमा ल्याए पनि उपचारकै क्रममा अस्पतालको लापरबाहीको कारण उनको बुधबार दिउँसो करिब २ः०० बजे मृत्यु भएको उनका श्रीमान कुशुम बि.क.ले पोखराक्लिकलाई बताए । https://www.youtube.com/watch?v=dvMUn1qPsLI उक्त घटनाको दोषी उपर कारवाहीको माग सहित घटनाको बारेमा सत्य तथ्य… पुरा पढौ

शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा, ४ मंसिर, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक व्यक्तिको शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई हौसला दिन प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको उहाँले बताउनुभयो । गाउँस्तरीय खेलकुदमार्फत् खेलाडीहरु छनौट गर्दै जिल्ला प्रदेश हुँदै केन्द्रमा अन्तिम प्रतिष्पर्धा हुने प्रक्रिया… पुरा पढौ

प्रतिभा माविमा बिजनेस प्लान सम्बन्धि प्रस्तुतीः

पोखरा, ४ मंसिर, विद्यार्थीमा व्यावसायिक सोच विकास गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविले विहीबार ‘बिजनेस प्लान’ सम्बन्धि प्रस्तुती आयोजना गरेको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन समूहका विद्यार्थीले उक्त प्रस्तुतीमा भाग लिएका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार सबैगरि २२ जनाले उक्त प्रस्तुीमा आफ्नो व्यावसायिक योजनाबारे जानकारी गराएका थिए । केही व्यक्तिगत तथा समूहगत रुपमा विद्यार्थीले योजना सुनाएका थिए । कार्यक्रमको पोखरेली व्यावसायी ध्रुब थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा थापाले आफ्नो व्यवासायिक अनुभव… पुरा पढौ

फिस्टेल ड्रिम पार्कको ३० लाख कित्ता आईपीओ निष्कासन हुने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

दीननाथ बराल, पोखरा, ३ मंसिर, पर्यटन सहर पोखरामा फिस्टेल ड्रिम पार्क सञ्चालन गर्दै आएको आयु इन्टरटेन्मेन्ट लिमिटेडले सर्वसाधारणका लागि आयोजना गरिएको आईपीओ प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३० लाख कित्ता शेयर सार्वजनिक गर्ने तयारी गर्दै बिक्री व्यवस्थापनको जिम्मा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई दिएको छ । यस सम्बन्धी सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका गर्नु भएको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरका शेयर प्रति कित्ता… पुरा पढौ

प्रतिभा माविमा ‘स्पोर्टस् फेस्ट’ शुभारम्भ

पोखरा, पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले उद्घाटन गरे । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद… पुरा पढौ

नगरिक समाज पोखराको अगुवाईमा फेवातालमा सरसफाई, कर्मचारी, जनप्रतिनिधि सहित सरोकारवालाहरु सफाईमा जुट्दै

दीननाथ बराल, पोखरा ३, मंसिर, नागरिक समाज पोखराको संयोजनमा पोखराको फेवातालमा सरसफाई गरिएको छ । बुधबार पोखराको हल्लनचोक डुङ्गाघाटदेखि बंगलादी डुङ्गाघाटसम्म करिब १ किलोमिटर पैदलमार्गमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहर, रक्सीका वोत्तल सहित अन्य फोहोर संकलन गरिएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक रामबहादुर पौडेलले पाखराक्लिकलाई बताउनु भयो । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल संरक्षण अभियानमा पोखरा महानगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधि, जलारी समुदाय, पर्यटन व्यवसयाी सहितका सरोकारवालाहरु जुटेको उहाँले बताउनु भयो । पर्यटनको राजधानि पोखरा आउने अधिकांश पर्यटकहरु घुमघाम गर्ने फेवाताल… पुरा पढौ

आर्वाको महाप्रभुधाममा शतबीज छरियो

पोखरा, ३ मङ्सिर, पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित महाप्रभुुधाममा आज शतबीज छरिएको छ । दुई शताब्दीभन्दा अघिदेखि धार्मिक आस्था र विश्वासको केन्द्र बन्दै गएको महाप्रभुधाममा प्रत्येक वर्ष बाला चतुदर्शीका दिनमा शतबीज छर्ने परम्परा अनुुसार आज यहाँ शतबीज छरिएको छ । बालाचतुर्दशीका अवसर पारी आजै श्री महाप्रभुधाम पर्यटकीय क्षेत्र विकास समितिद्वारा रुद्राभिषेक, राष्ट्रिय खुल्ला भजन प्रतियोगिता तथा महाआरती कार्यक्रम समेत राखिएका कारण बिहानैदेखि भक्तजनहरूको ठूलो उपस्थिति रहेको समितिका अध्यक्ष नवराज बरालले जानकारी दिनुुभयो । उहाँका अनुुसार पछिल्ला वर्षमा पोखरा… पुरा पढौ