देश तथा समाज पत्रिका

गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन प्रति प्रदेश सरकार शोकमा

पोखरा, साउन १०, गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान भएको निधनले प्रदेश सरकार स्तव्ध भएको छ । पूर्व प्रदेश प्रमुख गुरुङको निधनले गण्डकी प्रदेश शोकमा डुबेको छ। गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री पदमा जि।सी। श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।कार्यवाहक मुख्यमन्त्री श्रेष्ठले स्वर्गीय गुरुङ गण्डकी प्रदेशको अभिभावकका रूपमा रहँदा पुर्‍याएको योगदान सधैं स्मरणीय र सम्मानयोग्य हुने बताउनुभएको छ। यसैबीच, गण्डकी प्रदेश… पुरा पढौ

१ करोड ८६ लाखको लागतमा पौवै खोलामा मोटरेबल पुल निर्माण

पोखरा, १० साउन, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे । यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो । ०८२ साउन ६… पुरा पढौ

हेमजा लायन्स र लियोले गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

१० साउन पोखरा, पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताउनुभयो । तुलाचनले हेम्जा… पुरा पढौ

हिल प्वाइन्ट माध्यमिक विद्यालयद्वारा विद्यार्थीलाई स्वागत

पोखरा, साउन ११, पोखरा महानगरपालिका–१२ स्थित हिल प्वाइन्ट माध्यमिक विद्यालयले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै ‘वेलकम कार्यक्रम–२०८२’ शनिबार पोखरामा सम्पन्न गरेको छ। विद्यालय जीवनको आरम्भमै विद्यार्थीहरूमा आत्मीयता, सकारात्मक ऊर्जा र मार्गदर्शनको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। विविध सांस्कृतिक प्रस्तुति, अभिव्यक्ति र जानकारीमूलक सत्रमार्फत कार्यक्रमलाई रमाइलो र प्रेरणादायी बनाइएको थियो।कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजुली बहादुर गुरुङले गर्नुभयो। उहाँले विद्यार्थीको सफल भविष्य निर्माणमा विद्यालयको भूमिकालाई विशेष उल्लेख गर्दै, अनुशासन, निरन्तर अभ्यास र सकारात्मक सोचमार्फत… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव भदौं पहिलो साता देखि हुने

पोखरा १० साउन, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ हुने भएको हो । आयोजक केन्द्रले महोत्सवको मिति तय सगै तयारी समेत तिव्र पारेको छ । महोत्सव सम्पन्न गर्न आयोजक केन्द्रमा अध्यक्ष भानुभक्त अधिकारीको संयोजकत्वमा पोखरा १, २ र ३ नम्बर वडामा रहेका सम्पूर्ण संघ… पुरा पढौ

वाईसीएल गण्डकीद्धारा शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गर्यो

पोखरा ,१० साउन, योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेश समितिले पोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गरेको छ । वाईसियलले वातावरण संरक्षण अभियान अन्र्तगत वृक्षारोपण गरेको वाइसीएलका गण्डकी अध्यक्ष थमन गुरुङले पोखराक्लिकलाई बताउनुभयो। बिद्यालय परिसरमा फलफूल तथा डालेघाँसका १ सय ५० वटा बिरुवा रोपिएको उनले जनाउनु भयो । केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत वातावरण संरक्षण र उत्पादनमूलक कार्यलाई जोड दिने सन्देशको लागि उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। वृक्षारोपण सँगै त्यसको नियमित संरक्षण एवं बिरुवा… पुरा पढौ

कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको अधिवेशन सम्पन्न, अध्यक्षमा दिनेश बराल चयन

पोखरा, साउन १०, पोखरा २२ को कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–२२ का वडा अध्यक्ष हिमलाल बराल प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा वडा सदस्य कृष्णकुमारी देवकोटा तथा अन्य अतिथिहरूमा संस्थापक अध्यक्ष राजु क्षेत्री, पूर्व अध्यक्ष तथा सल्लाहकार भिमबहादुर सुनार, टोल अन्तर्गतका विभिन्न क्लब, आमा समूह, सहकारी संस्था, वडा युवा परिषद, विद्यालय व्यवस्थापन समिति तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको… पुरा पढौ

इक्यान कास्कीद्वारा दुबई अध्ययनका लागि शैक्षिक परामर्श तालिम, नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक गन्तव्य

पोखरा, १० साउन, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले दुबई अध्ययन सम्बन्धी जानकारी मूलक शैक्षिक परामर्श तालिम पोखरामा सम्पन्न गरेको छ। इक्यान कास्कीले आफ्ना सदस्य तथा काउन्सिलरहरूलाई लक्षित गरी दुबईमा अध्ययनको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले श्रमिकका रूपमा मात्र होइन, विद्यार्थीका रूपमा पनि दुबई नेपाली युवाहरूका लागि अब एक महत्वपूर्ण शैक्षिक गन्तव्य बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले दुबईले विश्वका उत्कृष्ट विश्वविद्यालयलाई स्वागत गरिरहेको… पुरा पढौ

गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा, गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षको उमेरमा उहाँको आज बिहान ८ बजे चितवनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। कांग्रेसका नेता समेत रहनु भएका गुरुङ विगत केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा अन्ततः आज उहाँले प्राण त्याग गर्नुभएको हो। पृथ्वीमान गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। त्यसअघि नेपाली कांग्रेस चितवनका सभापति समेत रहनुभएको उहाँ नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसबाट जिल्ला… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालको सहकार्य

विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालले पनि सहकार्य गरेको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोग सहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो । नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी गराउनु भयो ।पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौतामा… पुरा पढौ