देश तथा समाज पत्रिका

गण्डकीका पदयात्रा मार्ग सुधारमा जोड दिँदै टानले मन्त्री समक्ष १४ बुँदे मागपत्र पेश

पोखरा, साउन ६, पदयात्रा पर्यटनको समग्र सुधार र संरक्षणका लागि विगत लामो समय देखि लाग्दै आएको ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले वन तथा वातावरण मन्त्रालयमा १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई बुझाइएको उक्त पत्रमा पदयात्रा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि स्पष्ट नीति तथा समन्वयको माग गरिएको छ। पदयात्रा क्षेत्रको दीर्घकालीन र सुरक्षित विकास, व्यवसायमैत्री वातावरण निर्माण, संरक्षित क्षेत्रको व्यवस्थापन तथा विपद् व्यवस्थापन प्रणालीको सुदृढीकरण आवश्यक रहेकोमा जोड दिइएको टान… पुरा पढौ

विपि स्मृति एमेचर फुटसल सुरु

पोखरा, पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिता सुरु भएको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा आजबाट प्रतियोगिता सुरु भएको हो । युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । जननायक विपि कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलाप नीति कायम गराएका थिए । मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली… पुरा पढौ

पुष्पलालले देखेका सपना पुरा गर्नुपर्नेमा जोड

पोखरा, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम् विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्धारा आज पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ र्औ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलका विचारक भएकोकोमा जोड थियो । नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण… पुरा पढौ

गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

पोखरा, ६ साउन, पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतीराम तिम्सिनाले शिलान्यास गरे । लायन्स क्लब अफ पोखरा हेमजा अध्यक्ष दुर्गाप्रसाद पौडेलले १० हजार लिटर क्षमताको रहने ट्याङ्कीको लागत २ लाख ८० हजारसम्म पर्ने अनुमान रहेको बताए । कुल लागतमध्ये २ लाख लायन्स अन्नपूर्ण मार्फत द रोमसे स्कुल… पुरा पढौ

प्रतिभा माविमा स्वागत‘सगरमाथाको टुप्पोमा पुग्न नसके पनि आधार शिविर त पक्कै पुगिन्छ’

पोखरा, साउन ६, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामुलक कार्यक्रम राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । मंगलबारको कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख… पुरा पढौ

रोटरी लेकसाइडको अध्यक्षमा राजेन्द्र लिगल

पोखरा, ५ साउन, रोटरी क्लब अफ पोखरा लेकसाइडको दशौ पदस्थापना समारोह हालै सम्पन्न भएको छ । पोखरामा भएको समारोहमा क्लबका वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीले वर्ष २०२५÷२६ का अध्यक्ष राजेन्द्र लिगललाई पद हस्तान्तरण गरे । त्यसै गरी प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२, नेपाल–भुटानका वर्ष २०२५÷२६का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले समारोह उद्घाटन गर्दै रोटरी अभियानमा रोटरीयन र रोट्रयाक्टको उपस्थिति बलियो रहेको जानकारी दिए । रोटरी क्लव लेकसाइडका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले रोटरियन भैसकेपछि नराम्रो कुरा छाडेर राम्रो अँगाल्न सकियो भनेमात्र… पुरा पढौ

पोखराको फेवाफाँटमा गवारो किराले धान खान सुरु, यस बर्ष पनि किसान मर्कामा

दीननाथ बराल, पोखरा, ५ साउन, पोखराको फेवाफाँट क्षेत्रमा यस वर्ष पनि गवारो किराको प्रकोपले गर्दा स्थानिय किसान चिन्तित हुनु भएको छ । धान रोप्न नपाउँदै गवारो किराले बालीनाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित हुनु हुनु भएको हो । पोखरा–२३ स्थित फेवाफाँटमा करिब २ हजार रोपनी क्षेत्रफलमा गवारो किराको प्रकोप फैलिएको स्थानीय देविलाल लामिछानेले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार असारमा लगाएको धान खेतमै नष्ट हुन थालेको छ भने यस वर्ष करिब ५ सय रोपनी खेत बाँझै रहेको छ । गएको… पुरा पढौ

लोक संस्कृति जर्गेनाका लागि पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री हस्तान्तरण

लेखनाथ, साउन ०५ पोखरा महानगरपालिका वडा नं २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन । घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी देउराली… पुरा पढौ

मदरल्याण्ड माविमा स्वागत डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो

पोखरा, साउन ५, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् । पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा. कोइराला यस्ताखाले भाष्यप्रति फरक मत राख्छन । पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार… पुरा पढौ

प्रतिभाद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा, साउन ५, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले उद्घाटन गरे । प्रमुख अतिथि आचार्यले पोखरा विभिन्न तरिकाले परिचित भईरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । पोखरामा उत्कृष्ट विद्यालयहरु संचालन भएको अवस्थामा पोखरा शिक्षाको राजधानी बन्दै गएको आचार्यले… पुरा पढौ