देश तथा समाज पत्रिका

लामाचौर तीज महोत्सवको तयारी सुरु, २२ उपसमिति गठन

पोखरा, पोखराको लामाचौरमा आयोजना हुने २९ औं तीज महोत्सवको तयारी सुरु गरिएको छ। आयोजक नव आदर्श सामुदायिक विकास समाजले महोत्सवलाई थप व्यवस्थित र भव्य बनाउन २२ वटा उपसमिति गठन गरी तयारी सुरु गरेको हो । समाजका अध्यक्ष दिनेश भण्डारीका अनुसार नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई सांस्कृतिक उत्सवको रुपमा स्थापित गर्ने उद्देश्यले समाजले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ। यो वर्षको संस्करणलाई अझ सशक्त बनाउन विभिन्न उपसमिति गठन गरिएको र ती उपसमितिहरूले आन्तरिक तयारी तीव्र बनाएको समाजले जनाएको छ।… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद् सम्पन्न 

कास्की, नेपालले आफ्नो सत्रौँ स्थापना दिवस विशेष कार्यक्रम यही श्रावण ४ गते सम्पन्न गरेको छ । विभिन्न विद्यार्थी र शिक्षक केन्द्रित कार्यक्रम गर्दै आएको परिषद्ले यसपालि समाजसेवा र मानवसेवामा आफूलाई समर्पित गराउँदै पोखरा महानगरपालिका – २५ हेमजामा अवस्थित मानव सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण कार्यक्रम गर्यो । परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको आौपचारिक कार्यक्रममा परिषद्का कार्यसमितिका सदस्यहरू , सल्लाहकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै परिषद्का सल्लाहकार लोकचन्द्र खनालले भाषा शिक्षण र शिक्षण क्रियाकलापमा महत्त्वपूर्ण कार्य गर्दै आइरहेको… पुरा पढौ

मिस कास्की नेपाल २०२५ को उपाधि रानी थापा मगरलाई

पोखरा, पोखरामा हालै आयोजित मिस कास्की नेपाल २०२५ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरुमा लुकेका प्रतिभा र सौन्दर्यलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए। यसैगरी, भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले हात पारिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टका संचालक सफल सुवेदीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक हेभेनली… पुरा पढौ

नेपाल विद्युत प्राधिकरण अन्तरगत गण्डकीका उत्कृष्ट उपभोक्तालाई सम्मान

पोखरा, नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्रहाकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा… पुरा पढौ

पोखरा २० भलाम र १३ काहुँमा दुई घरका कोठा बगायो, मानविय क्षति हुनबाट बचाइयो

दीननाथ बराल,पोखरा, ४ साउन, गएराति आएको अविरल बर्षादले पोखरा २० भलाम र पोखरा १३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ । शनिबार बेलुकाबाटै पानी परेका कारण पूर्वसतर्कता अपनाएका कारण मानविय क्षति हुनबाट बचाइएको स्थानिय एवं प्रहरीले पोखराक्लिकलाई बताउनु भयो । पोखरा–२० भलाम स्थित सूर्यबहादुर बास्तोलाको टिनले छाइएको एक तले भवनका सात कोठाहरु मध्ये तीनवटा कोठा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । त्यस्तै, पोखरा–१३ काहुँखोलाकी दीपा लामाको ब्लक र टिनले छाइएको घरका… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाले १ करोड ८८ लाख राजस्व संकलन गर्‍यो

पोखरा, ४ कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ को तेस्रो चौमासिक अवधिमा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ। हालै सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार गाउँपालिकाले सामाजिक सुरक्षा, पञ्जीकरण र प्राविधिक योजनामार्फत सेवा प्रवाह तथा विकास कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ। ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार स् अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहित प्रस्तुत प्रतिवेदनमा ११ वटै वडाका कार्यक्रम र योजनाहरू समेटिएका थिए। प्रतिवेदनमा उल्लेख भएअनुसार प्राविधिक शाखाबाट टेन्डर गरिएको ८… पुरा पढौ

पोखरामा गर्मी बढेसँगै पौडी खेल्न सुईमिङ पुल देखि वाटर पार्कमा भिड (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३ साउन, पोखरामा पछिल्लो समय गर्मी बढेसँगै गर्मी छल्न बालबालिका देखि युवा–युवतीसम्म सुईमिङ पुल, खोला, ताल तथा वाटर स्पोट्र्स पार्कहरूमा भीडभाड ह्वात्तै बढेको छ । पोखरामा गर्मी छल्न बालबालिका देखि युवाहरु नजिकको खोलामा रहेका पौडी पोखरी, सुईमिङ पुल, वाटर पार्कमा पौडी खेल्नेहरुको शनिबार पनि दिनभरजसो भिडभाड भएको थियो । https://www.youtube.com/watch?v=ngpRFOmgPAc यसैक्रममा पोखरा–१७ सितापाइलामा अवस्थित फिस्टेल ड्रिम पार्कमा शनिबार मात्र २ हजार भन्दा बढी आगन्तुक पुगेको पार्कका सञ्चालक तथा युवा व्यवसायी कमल बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । ४… पुरा पढौ

गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीको मेहेन्दी मेलामा एक हजार जनाले मेहेन्दी लगाए

पोखरा पोखरा न्युरोडमा रहेको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीमा शनिबार सम्पन्न भएको मेहेन्दी मेलामा १ हजार भन्दा बढी जनाले मेहेन्दी लगाउनु भएको छ । गत असार ३२ गतेदेखि संचालन भएको मेहेन्दी मेला आज समापन भएको हो । मेहेन्दी मेलामा स्वदेशी तथा विदेशी सहित एक हजार भन्दा बढीले मेहेन्दी लगाउनु भएको एकेडेमी सञ्चालक एवं सौन्दर्यविद चिनु गुरुङले बताउनु भयो। एकेडेमीका प्रशिक्षार्थीको सिप विकाससँगै मेहेन्दीलाई उद्यमशीलतासँग जोड्नका लागि उक्त मेला यस बर्ष पनि आयोजना गरिएको उहाँले जनाउनु भयो । CREATOR: gd-jpeg v1.0 (using… पुरा पढौ

एगा पोखराको २२ औं साधारण सभा सम्पन्न, १२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न सक्दैनः सदस्य भण्डारी

पोखरा, ३ साउन, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुुभयो । कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुुभयो । मुलुकमा हाल करिब ३५ लाख पर्यटकहरु धान्न सक्ने संरचना बनेको अबस्थामा राज्यले १०/१२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने उहाँले जिकिर गर्नुभयो । राज्यको तर्फबाट ६० प्रतिशत र होटल सहितका नीजि क्षेत्रको करिब ४०… पुरा पढौ

शिब केसी जनकल्याण समितिको अध्यक्षमा चयन

पोखरा, पोखरा १३ स्थित जनकल्याण समितिको ३४ औं साधारण सभा तथा १४ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिब बहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा कृष्ण राज गौतम, द्वितीय उपाध्यक्षमा खेम भट्टराई, महासचिवमा शान्ति देवी केसी, सचिवमा सोमनाथ आचार्य, कोषाध्यक्षमा लेख बहादुर थापा चयन हुनु भएको हो । त्यस्तै अन्य सदस्यहरुमा ईन्दा कुमारी शाही, मदनराज गौतम, पदम बहादुर कार्की, पार्वती गौतम, मौया बराल, नारायण पौडेल र शिब कार्की चयन हुनु… पुरा पढौ