देश तथा समाज पत्रिका

छोरेपाटन माविमा तीज गीत सम्पन्न

पोखरा, ८ भदौं, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ अन्र्तगत शुक्रबार अन्तर समूह स्तरीय तीजगीत प्रतियोगिता भएको छ । उक्त प्रतियोगितामा प्रतिक्षा क्षत्रीको समूह प्रथम तथा सलिना बरालको समूह द्वितीय भए।त्यस अवसरमा विद्यार्थीले संस्कृति, संस्कार, महिला विभेद, समानता, रितिरिवाज, महिलाका दुःखसःुख लगायतका विषयवस्तु समेटी गीत प्रस्तुत गरे।प्रतियोगितामा शिक्षकद्वय विमल आचार्य र रेखा थापाले निर्णयकको भूमिका निर्वाह गरे । पुरस्कार वितरण गर्दै प्रधानाध्यापक डिल्लीराम शर्माले तीजको मौलिकतालाई जोगाई राख्नुपर्ने स्पष्ट पार्दै चाडपर्व हुदाँ खाने वर्गको पनि हुनुपर्ने… पुरा पढौ

अन्तर्राष्ट्रिय पदकदारी खेलाडी दिलिसा रानालाई राखेपका पूर्व सदस्य गुरुङद्धारा ट्याकसुट हस्तान्तरण

पोखरा, अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी दिलिसा रानालाई ट्र्याकसुट हस्तान्तरण गरिएको छ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको अवसरमा पोखरा १४ चाउँथेमा रहेको विशालनगर ब्याडमिन्टन क्लबले आयोजना गरेको तीज विशेष तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेशकुमार गुरुङले पदकधारी खेलाडी रानालाई ट्र्याकसुट हस्तान्तरण गर्नुभएको हो। अन्तर्राष्ट्रिय पदकधारी खेलाडीको हौसला स्वरूप आफूले केल्मी ब्रान्डको ट्र्याकसुट हस्तान्तरण गरेको पूर्वबोर्ड सदस्य गुरुङले जानकारी दिनुभयो। यस्ता खेलाडीलाई राज्यले उचित सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो। हालै भुटानको थिम्पुमा आयोजना भएको साउथ… पुरा पढौ

पोखराको सिर्जना बहिरा माविका बिद्यार्थी आन्दोलित, बिद्यालयमा तालाबन्दी सहित वडा कार्यालय घेराउ

दीननाथ बराल,पोखरा ८, भदौ, पोखरा २६ को सिर्जना बहिरा माविका बिद्यार्थीहरु यति वेला आन्दोलित भएका छन् । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको बिरोधमा विद्यार्थीहरू आन्दोलित भएका हुन् । बहिरा बिद्यार्थीहरुले आइतबार बिरोध प्रर्दशन गर्दै विद्यालयमा तालाबन्दी सहित पोखरा २६ को वडा कार्यालय घेराउ समेत गरेका थिए । पोखरा, अर्घौचोक क्षेत्रमा केही समय बिद्यार्थीहरुले सडक समेत अबरुद्ध गरेका थिए । बिद्यार्थीहरुले भ्रष्टचारी प्र.अ.सुनिल भण्डारीलाई तत्काल कार्वाही गरियोस, आफ्नै अपाङ्ग बिद्यार्थीलाई कारागार पठाउने, दोषी प्र.अ.भण्डारी, सह प्र.अ.सावित्री… पुरा पढौ

लामाचौर कप अन्तर मावि छात्रा भलिबल टप्स र शान्त मावि फाइनलमा

पोखरा, भदौ ८, लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् । आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको… पुरा पढौ

लामाचौर तिज महोत्सव सुरु, खुल्ला पुरुष भलिवलमा माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी प्रतियोगिताबाट बाहिरिए

पोखरा, भदौ ७, लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् । २ खेल खेलेका माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए । समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छे« गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट… पुरा पढौ

बिरामी भएका गण्डकी बोर्डिङका विद्यार्थी दुई दिन पछि सामान्य अबस्थामा फर्किदै, प्रदेशको स्वास्थ्य मन्त्रालयको चासो

दीननाथ बराल,पोखरा, ७ भदौ, पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी परेपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ ।बिहिबार बिहानदेखि बेलुकासम्म तीन पटक खाजा तथा खाना सेवन गरेका होस्टेलका विद्यार्थीहरू मध्ये करिब ५० प्रतिशत भन्दा बढी, अर्थात् २ सय ५० जना भन्दा धेरै विद्यार्थी अचानक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी, उल्टी र डाइरियाजस्ता लक्षण देखिएपछि विद्यालय प्रशासन, अभिभावक र प्रदेश स्वास्थ्य मन्त्रालय सबैको चासो बढेको हो । बिद्यालय प्रशासनले शनिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै आईतबारबाट निर्वात रुपमा… पुरा पढौ

लामाचौर तीज महोत्सव आइतबारदेखि, छात्रा भलिबलमा सेमिफाइनल टुङ्गो, पुरुषतर्फ ६ टिम सहभागि हुने

पोखरा, भदौ ७, लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) देखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । पहिलो… पुरा पढौ

भदौ तेश्रो साता पोखरामा आठौं इक्यान शैक्षिक मेला हुने, विदेशी विश्वविद्यालय एवं कलेज, ब्रिटिस काउन्सिल सहितका ६० स्टल रहने

सागर सुनार,पोखरा, ७ भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौं तेश्रो साता पर्यटकीय नगरी पोखरामा (आठौं इक्यान एजुकेसन फेयर) आयोजना गर्ने भएको छ । पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्विडमा उक्त मेला हुने भएको शनिबार पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना… पुरा पढौ

पाल्पाली चेलीहरुको भेटघाट तथा शुभकामना

पोखरा, ७ भदौ, हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित कार्यक्रममा पाल्पाली चेलीहरु आपसमा शुभकामना आदानप्रदान साटासाट गर्दै तीजे भाखामा छमछमी नाचेर रमाइलो गरे । समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व कार्यसमिति सदस्य भगवती बानियाँलाई प्रमुख अतिथि बनाइएको थियो । बानियाँ समाजका हरेक गतिविधिमा निकै सक्रिय रहँदै आएको समाजका सचिव पदम पोखरेलले बताए । यस्तै, पोखरा २२ का जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटा, सिटिजन फर्निचरका… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ कास्कीको सम्मेलन सम्पन्न, नयाँ नेतृत्वमा बामदेव सुवेदी

पोखरा, अखिल नेपाल खेलकुद महासंघ कास्कीको सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले बामदेव सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा सोयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन गरेको हो ।सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले समग्र खेलकुद क्षेत्रलाई अघि बढाउन महासंघ कास्कीलाई आग्रह गर्नभयो । कार्यक्रममा कास्की जिल्ला संयोजक बिष्वप्रकाश लामिछाने, नेकपा… पुरा पढौ