देश तथा समाज पत्रिका

लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिला नेतृत्वको दाबी

लेखनाथ, भदौ १२, लेखनाथ उद्योग वाणिज्य संघको आगामी २९औं साधारण सभा तथा १५औं अधिवेशनमा पहिलो पटक महिला उम्मेदवार अध्यक्ष पदको दाबी सहित चुनावी मैदानमा उत्रिएकी छिन् । जानुका पराजुली अधिकारीले नेतृत्वले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्नो टिम घोषणा गर्दै संघको नेतृत्वमा पुग्ने प्रतिबद्धता जनाएकी हुन् । “ईमान्दारिता, पारदर्शिता र लगनशिलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने नारा बोकेको उनको टिमले चुनावी प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि २९ वर्षको इतिहासमा संघको नेतृत्वमा महिला उम्मेदवारको औपचारिक दाबी यसैपटक पहिलो पटक… पुरा पढौ

टुँडिखेल तीज महोत्सवमा शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने

पोखरा १२ भाद्र, पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा दैनिक रुपमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती जारी रहेको छ । कलाकारहरुको… पुरा पढौ

पोखरामा भदौं १७ देखि दोस्रो नेपाल खुला स्नूकर प्रतियोगिता हुने (भिडियो सहित), प्रतियोगितामा देशभरबाट १ सय २८ जना खेलाडी सहभागि हुदै

दीननाथ बराल,पोखरा १२, भदौ, खेलकुदको शहर पोखरामा यही भदौं १७ गतेदेखि दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ हुने भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता यही भदौं २८ गतेसम्म हुने भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=pfRl6IPkSqU पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट करिब १ सय २८ जना खेलाडीको सहभागिता हुने… पुरा पढौ

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन विरुद्ध कास्कीमा कोण सभा

पोखरा , नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा बिहीबार कोण सभा गरेको छ ।प्याव्सन, एन प्याव्सन, हिसानमा कास्कीले जिल्ला प्रशाशन कार्यालय कास्की अगाडि कोण सभा आयोजना गरेको हो । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै कास्कीका निजी तथा आवसीय विद्यालयले कोण सभाको आयोजना गरेका हुन् ।कोण सभामा बोल्दै प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले असहमतिका वुदाँ नसच्याएमा कडा रुपमामा आन्दोलनमा उत्रिने… पुरा पढौ

टुँडिखेल तीज महोत्सवमा बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारको प्रस्तुती हुने

पोखरा ११ भाद्र पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टँुडिखेल घन्काउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा बिहीबार नविना र रोजिना सगै तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी,… पुरा पढौ

नेपाली सेनाका बक्सरहरु पोखरामा (भिडियो सहित), प्रधान सेनापति ट्रफी–२०८२ सुरु

दीननाथ बराल, पोखरा ११, भदौ, नेपाली सेनाका बक्सरहरु यति वेला पोखरामा सहभागि हुनु भएको छ । खेलकुदको शहर पोखरामा आज(बुधबार) देखि सुरु भएको प्रधान सेनापति ट्रफी–२०८२ अन्र्तगत बक्सिङ खेलको प्रतिष्प्रर्धाको लागि देश भरका सेनाका खेलाडीहरु पोखरामा सहभागि हुनु भएको हो । पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्ड हलमा बुधबारदेखि सुरु भएको उक्त प्रधान सेनापति ट्रफी–२०८२ को एक समारोहका बिच पश्चिम पृतना हेड क्वाटरका प्रतनापति उपरथी मधुकरसिंह कार्कीले उद्घाटन गर्नु भएको हो । प्रतियोगितामा ८ पृतना, ५ बाहिनी र १ विशेष फौज बाहिनीका… पुरा पढौ

पोखरामा ‘विश्व शौचालय सङ्घ’ सहकार्य प्रस्ताव, अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा सहकार्य हुने

पोखरा, विश्व शौचालय सङ्घका महासचिव वन होङ ली नेतृत्वको कोरियाली प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ। भेटवार्तामा महासचिव लीले पोखरा महानगर क्षेत्रमा अत्याधुनिक प्रविधियुक्त सार्वजनिक शौचालय निर्माणका लागि सहकार्य प्रस्ताव गरेका हुन्। सङ्घले यसअघि नेपालमा काभ्रे र पर्वत जिल्लामा गरी दुईवटा सार्वजनिक शौचालय निर्माण गरिसकेको जानकारी दिँदै, अब पोखरामै पनि महानगरपालिकासँग मिलेर काम गर्न इच्छुक रहेको स्पष्ट गरेको छ। नगर प्रमुख आचार्यले शौचालय निर्माण महानगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दै भने, “पर्यटकीय राजधानी पोखरा संसारभरका पर्यटक… पुरा पढौ

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद

पोखरा, नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै देशभरका जिल्लाहरूका अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कास्कीका पनि प्याव्सन कास्की, एनप्याव्सन कास्की र हिसान कास्कीले संयुक्त रूपमा जिल्ला व्यापी वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कम्पनीमा ऐन अन्तर्गत सम्पूर्ण दायित्व पुरा गरी सञ्चालन भएका… पुरा पढौ

लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा पराजुली, २४ विद्यार्थीलाई छात्रवृत्ति, प्रधानाध्यापकहरुलाई सम्मान

पोखरा, लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । पराजुली लायन वर्ष २०२५/२०२६ का लागि अध्यक्षमा हालै चयन भएका हुन् । निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनमा २५ औ छात्रवृत्ति वितरण सगै क्लबको पहलमा खाने पानी योजना सम्पन्न भएका ४४ विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । निर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका निवर्तमान लायन वर्ष २०२४/२०२५ का अध्यक्ष गणेशलाल श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । पदभार ग्रहण पछि अध्यक्ष पराजुलीले क्लबले नेपालमा मात्र नभएर बिश्वकै लायन्सहरु माझ एक पृथक परिचय… पुरा पढौ

मन्त्री थापालाई तिजको मेला र महोत्सवमा भ्याई नभ्याई, एकै दिनमा तीन वटा तिज महोत्सवमा सहभागि

दीननाथ बराल,पोखरा, १० भदौ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकमार थापालाई तिज पर्वको दिन मंगलबार बिहानदेखि दिन भरजसो तिज मेला तथा महोत्सवमा भ्याई नभ्याई भएको थियो । नेपाली नारीहरुको महान पर्व लक्षित गरी पोखराको लेकसाइड देखि लामाचौर तथा बाटुलेचौरमा आयोजना भएका उक्त महोत्सवमा मन्त्री नै प्रमुख अतिथिको रुपमा रहेसंगै सबै कार्यक्रममा सहभागि हुन मन्त्री थापालाई भ्याई नभ्याई भएको हो । पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ को उद्घाटन गर्दै उनी र्यालीमा समेत सहभागि भए ।… पुरा पढौ