देश तथा समाज पत्रिका

टुँडिखेलमा तीज महोत्सव जारी,एकल नृत्य प्रतियोगिता सुरु, बुधबार छेलोहान्ने प्रतियोगिता हुने

पोखरा १० भाद्र, पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा एकल नृत्य प्रतियोगिता सुरु भएको हो । महोत्सव अन्र्तगत बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका अध्यक्ष… पुरा पढौ

आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु समुह प्रथम

पोखरा, पोखरा महानगरपालिका वडा नं १३ आर्वामा आयोजना भएको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समुह प्रथम भएको छ ।नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लवले आयोजना गरेको १८ औं संस्करणको प्रतियोगितामा संगीता बरालको समुह द्वितीय, पुर्णिमा बराल र सीता बरालको समुह तृतीय भएको क्लवका सचिव सन्दीप वरालले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट भेषभुषा पुर्णिमा बरालको समुह र उत्कृष्ट नृत्य अनु क्षेत्रीको समुहले प्राप्त गर्यो। विजयी समुहलाई क्लवका अध्यक्ष विजय सुनार,वडा सदस्य रजनी परियार ,संस्थापक उपाध्यक्ष धने… पुरा पढौ

ढुंगे देउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता विजयी

पोखरा, भदौ १० , स्याङ्जा पौवेगौडेको ढुंगे देउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक… पुरा पढौ

तीजगीत प्रतियोगिताले मौलिक र परम्परागत भाकाहरु जीवन्त राख्न सघाउ पुग्दछः प्रदेश प्रमुख भट्ट

पोखरा, १० भदौ, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गर्नुभयो । ‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको… पुरा पढौ

हालसम्मकै उच्च रेकर्ड, चार दिनमा नेपालमा ११ हजार ९१६ यूनिट रक्त संकलन

नेपालमा हालसम्मकै उच्च रेकर्ड कायम गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले चार दिनमै ११ हजार ९१६ पिन्ट रगत संकलन गरेको छ। संस्थाको समाजसेवा प्रभागको आयोजनामा भदौ ६ गतेदेखि देशभरका शाखा तथा क्षेत्रीय कार्यालयमार्फत सञ्चालन गरिएको रक्तदान अभियानमा यो परिमाणमा रगत संकलन भएको हो। संस्थाका नेपाल महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालका अनुसार, एकैदिन अर्थात् भदौ ६ गते मात्र ५ हजार ४७ पिन्ट रगत संकलन भएको थियो, जुन नेपालको रक्तदान इतिहासमै हालसम्मकै उच्च परिमाण हो। यो रक्तदान अभियान संस्थाकी पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ गण्डकीको अध्यक्षमा बलराम सुवेदी चयन

पोखरा, अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलनले बलराम सुवेदी(कास्की) को अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरी समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा), रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनहुँ) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन भएका छन । यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेश गिरी, प्रकास मल्ल, विष्णु सुवेदी,अमोद हमाल,नविन लामीछाने,हर्क बहादुर थापा,मिलन महत, सिताराम विक,विकाश अधिकारी, हिटलर थापा,पवन नेपाली,भेष बहादुर थापा,टोम बहादुर थापा,नारायण खड्का,शरण थापामगर,गणेश… पुरा पढौ

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी ,ढिकि जातो प्रतियोगिता सुरु

पोखरा ९ भाद्र, पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन ।… पुरा पढौ

यु १४ छात्र तथा छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगिता, छात्र तर्फ २४ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता

पोखरा, भदौ ९, आगामी विहीबारदेखि पोखरा रंगशालामा विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाउने छन् । यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका भने १७ गतेदेखि शुरु हुने छ… पुरा पढौ

लेखनाथमा व्यवसायीको चुनाव ः प्यानलसहित मत माग्दै घरदैलोमा राजेन्द्र ओझाको टिम

पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् ।उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। लेखनाथ उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने १५ औं अधिवेशनमा अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरुले घरदैलो अभियानलाइ तिब्र पारेका हुन् । ओझाको प्यानलउद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको छ । घर दैलोको क्रममा ब्यबसायीहरुले गरेको माया र आत्मियता देखेर ओझा चुनाब… पुरा पढौ

जिएम समाज र ढुंगेदेउराली लामाचौर कप भलिबलको फाइनलमा

पोखरा, भदौ ९, जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि।एम। समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि।एम। समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु… पुरा पढौ