लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८२ मा प्रकाशित


लेखनाथ, ३ चैत्र,

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सोमबारदेखि तालिमको आयोजना गरिएको हो ।

तालिमको एक समारोहका विच उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’ तालिम दिने योजना रहेको समेत वताएकी थिईन ।

उनले तालिममा राज्य र निजि क्षेत्रको समेत लगानी रहेको वताउँदै यसको सहि सदुपयोग गर्न लगनशिल भएर सीप सिक्न सहभागि प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी थिईन । कार्यक्रममा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले सिप सिकेर दक्ष बन्न सकेको खण्डमा स्वदेशमै रहेर स्वरोजगार भई उद्यमी व्यवसायी समेत बन्न सकिने भएको हुँदा सहभागीहरूलाई व्यवसायिक रुपमा अघि बढ्ने सोचका साथ तालिम लिन आग्रह गरे ।

उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखी नै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको वताउँदै सिप सिकेपछि त्यसलाई व्यवहारमा सदुपयोग भए नभएको समेत संघले अनुगमन गर्ने वताएका थिए । हातमा सिप भएर पनि कोही दक्ष व्यक्ति बेरोजगार रहेको अवस्थामा रोजगारी दिलाउने विषयमा समेत संघले सहयोग गर्ने वताएका थिए ।यस्तै संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशिल, रोजगारयुक्त र क्रियाशिल बनाउने वताउँदै सक्रियताका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गरेका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।



This will close in 20 seconds