देश तथा समाज पत्रिका

दोभान कपको उपाधि रामघाटलाई

पोखरा, राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । उपाधिसंगै रामघाटले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता… पुरा पढौ

कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया

पोखरा, ५ पुस, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङ घरेडीमा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । फोनिजको आयोजनामा, फोनिज गण्डकी प्रदेशको समन्वय तथा फोनिज कास्कीको सहकार्यमा शनिबार कालाबाङस्थित सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवर्द्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा पत्रकारको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । नेपाललाई विश्व… पुरा पढौ

पोखरामा दुधको माग अत्याधिक(भिडियो सहित)

पोखरा, पोखरामा दुधको माग अत्याधिक रहेको शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरामा भैसीको दुधको माग अत्याधिक भएकोले यसको माग पूरा गर्न तराई क्षेत्रबाट समेत आउने गरेको दाबी गरेका हुन्।कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् । https://www.youtube.com/watch?v=VkTyNf0qnd8 कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण… पुरा पढौ

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न,उत्तर प्रदेश–गण्डकी पर्यटन सहकार्य विस्तारमा जोड

दीननाथ बराल, पोखरा, ४ पुष, नेपाल र भारतबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्को सहकार्यमा बिहीबार साँझ सम्पन्न उक्त कार्यक्रममा भारतको उत्तर प्रदेश र नेपालको गण्डकी प्रदेश बीच पर्यटन साझेदारी विस्तारमा विशेष जोड दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्य सकारात्मक संकेत… पुरा पढौ

अशं माग्दै आएका आशिष परियारले आफ्नै हजुर आमाको हत्या गरी सुनका गर गहना लुटे, हतियार सहित पक्राउ

दीननाथ बराल, पोखरा, ४ पुस, पोखरा ३१ का आशिष परियारले आफ्नै हजुर आमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानी निवासी ७५ वर्षीया दालकुमारी परियार (हजुर आमा) लाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २२ बर्षीय आशिषलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । विहिबार करिब १२ः२० मा हजुर आमालाई धारिलो हतियार प्रहार गरी मृतकको कान काटी कानमा लगाएको सुनको गरगहना लुटेर अभियुक्त फरार भएकोले उनलाई हिजै(विहिबार) पोखराको अम्मरसिंहचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, ४ पुस, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

छैटौँ टाइगर कप भलिबलको तयारी सुरू, मुल आयोजक सहित उपसमिति गठन

पोखरा, ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक सहित विभिन्न उपसमितिहरु गठन गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ ९ देखि १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । संस्थाको शुक्रबार सम्पन्न बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरेको हो । टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय… पुरा पढौ

पोखरामा रिसाइकलिङ र अपसाइकलिङ मार्फत हरित रोजगारी विस्तार

पोखरा, ४ पुस, पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ । परियोजनाको मुख्य उद्देश्य फोहर व्यवस्थापनलाई दिगो बनाउँदै हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्नु हो । यसका लागि पोखरामा १३६ भन्दा… पुरा पढौ

अल्फा बोर्डिङ स्कुल युवा रेडक्रस सर्कलद्वारा शिव शक्ति कल्याणी बाल आश्रममा सहयोग

पोखरा–१६, लामाचौरमा अवस्थित अल्फा बोर्डिङ स्कुलमा गठित युवा रेडक्रस सर्कलको नेतृत्वमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति कल्याणी बाल आश्रममा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा मानवता, सेवाभाव र सामाजिक सचेतना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा आश्रममा आश्रित बालबालिकालाई कापी, कलम, पुस्तकजस्ता आवश्यक शैक्षिक सामग्री तथा चामल, दाल, तेललगायत खाद्यान्न सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा अल्फा बोर्डिङ स्कुलका शिक्षक–शिक्षिका, युवा रेडक्रस सर्कलका सदस्य विद्यार्थीहरू तथा आश्रम व्यवस्थापन समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रशासक… पुरा पढौ

१८ औं हिसान स्पोर्ट्स मिट सुरु, वर्ल्ड पावर लिफ्टिङमा च्याम्पियन शाहलाई पोखरामा नगद सहित सम्मान

पोखरा, पौष ४, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा शुक्रबार देखि १८औँ हिसान स्पोटर््स मिट सुरु भएको छ । यही पुष ७ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त कार्यक्रमको उद्घाटन एक समारोहबीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले गरेका हुन् । कार्यक्रममा बोल्दै कुलपति तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताए । उनले विकासक्रमसँगै विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा खेलकुद बनेको उल्लेख गर्दै… पुरा पढौ