देश तथा समाज पत्रिका

गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता

पोखरा, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनर्रस्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनर्रस्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्र्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता, प्रशासनिक खर्च… पुरा पढौ

टुँडिखेल तीज महोत्सव सम्पन्न, तीजगीतमा सहनसिल, नृत्यमा सृष्टी, ढिँकी जातोमा हुमकला र छेलोमा दुजिक भए प्रथम

पोखरा १५ भाद्र “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ५ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो ।विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका… पुरा पढौ

यु १४ छात्र तथा छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगिता छात्रतर्फ पहिलो चरणका खेल सम्पन्न

पोखरा, पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ लिग चरणका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा लिग चरण सकिएका हुन् । समूह ए बाट बालकल्याण मावि विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बालकल्याणले ३ खेलमा ३ जितसहित कुल ९ अंक जोड्दै समूह विजेता बनेको हो । भद्रकाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गर्दा समान… पुरा पढौ

प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान

पोखरा, १४ भदौ, तमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा।चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो। प्रमुख अतिथी डा। चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक… पुरा पढौ

कोशेढुंगा हेर्ने दर्शकको घुँईचो, नायीका नीति शाहसंगै कलाकारहरु पोखरामा

पोखरा, १४ भदौ, चलचित्र कोशेढुंगा प्रदर्शनमा आउने बित्तिकै यसले दर्शकहरुको मन जित्न सफल भएको छ । प्रदर्शनमा आएको तीन दिनमै दर्शकले हल भरिभराउ भएपछि निर्माण पक्ष तथा कलाकारहरु हौसिएका छन् । यतिबेला नायिका नीति शाह लगायतको टोली पोखरामा रहेको छ । उनीहरुले दर्शकसंग भलाकुसारी गर्ने र चलचित्रको बारेमा प्रतिक्रिया लिने गरेसंगै यसको माहोल राम्रो भएको उनीहरुले बताए । पोखरा मिड टाउनमा चलचित्र कोशेढुंगाको प्रदर्शन सकिएसंगै शाहले दर्शकले राम्रो प्रतिक्रिया दिईरहेकोले हौसला मिलेको बताईन् । हामीलाई निकै हौसला मिलेको छ ।… पुरा पढौ

पत्रकार विष्ट पुरस्कृत, लक्ष्मी विद्या पदकबाट ३ जना उत्कृष्ट विद्यार्थी सम्मानित

दीननाथ बराल,पोखरा, १४ भदौ, नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका बीच तीन जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ । संघको ७१औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको हो । व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए तथा बीबीएस) मा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुनेलाई यो पदक दिइँदै आएको छ । यस वर्षको लक्ष्मी विद्या पदक–२०८१ बाट… पुरा पढौ

टेसाको १५ औं अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध

पोखरा, १४ भदौ, टे«किङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ । समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित बन्नुुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली रहनुुभएको छ । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी रहनुुभएको छ । यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै… पुरा पढौ

सर्वेश्वर मार्ग, पराजुली मार्गका व्यवसायीलाई कर तथा वित्तीय साक्षरता अभिमुखीकरण

पोखरा, भदौ १४, पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर… पुरा पढौ

तेस्रो इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुललाई

भदौ १४, पोखरा, पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको गण्डकीले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । उत्कृष्ट भएको गण्डकीले वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कार समेत हात पार्न सफल भयो । प्रतियोगितामा प्रतिभा मावि ‘ए’ द्वितीय र डाइमन्ड बोर्डिङ स्कुल तृतीय… पुरा पढौ

१८ औं पुस्तकालय दिवसका अवसरमा कार्यक्रम

पोखरा, १४ भदौ, पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसका अवसरमा आज प्रभातफेरी सहित भानुुभक्तकृत रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । पुस्तकालयबाट सुरु गरिएको प्रभातफेरीमा पुस्तकालयका अध्येता, सामाजिक अभियन्ता राजनीतिकर्मी आदिको सहभागिता थियो । प्रभातफेरी पछि आयोजित सभामा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि पुस्तकालय अपरिहार्य भएको बताउनुुभयो । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले सामाजिक सचेतनासँगै जागरणको सेतुका रुपमा पुस्तकालय भएको बताउनुुभयो । अध्यक्ष भण्डारीको सभापतित्व एवम् कार्यक्रम संयोजक विष्णुुहरि… पुरा पढौ