देश तथा समाज पत्रिका

पोखरामा हुवावे सुपर ईभी चार्जिङ हब सञ्चालनमा, एकै पटकमा १० वटा गाडी चार्ज गर्न सकिने

दीननाथ बराल, पोखरा, भदौ २१, पोखरामा अत्याधुनिक प्रविधि सहितको सुपर फास्ट ईभी चार्जिङ स्टेशन संचालनमा आएको छ । पोखरा–सिमलचौर (राष्ट्र बैंक रोड) मा आधा मेगावाट (५०० किलोवाट) लोड क्षमताको सुपर फास्ट हब ईभी चार्जिङ स्टेशन शनिबार देखि सञ्चालनमा आएको हो । ४०० किलोवाट क्षमताको अत्याधुनिक हबमा एकै पटक १० वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सक्ने क्षमता रहेको क्लिक इनर्जी (इनर्जी इन्भाइरमेन्ट कस्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.) का अध्यक्ष महिला उद्यमी इन्दिरा शर्मा भण्डारीले बताउनु भयो । यस स्टेशनमा चौबिसै घण्टा चार्जिङ… पुरा पढौ

पृथ्बी होटल संघको अध्यक्षमा मोती प्रसाद श्रेष्ठ

पोखरा, २१ भदौ, पृथ्वी होटल व्यवसायी समितिको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले मोती प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । पोखरामा हालै सम्पन्न भएको उक्त अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी समितिको बरिष्ठ उपाध्यक्षमा ऋषिराम पौडेल, उपाध्यक्षमा विदुर ढुंगना, महासचिवमा शोभाकान्त चापागाई, सचिवमा कन्चन बराल, कोषाध्यक्षमा अनुप पाण्डे, सहकोषाध्यक्षमा मित्रलाल ढकाल चयन भएका हुन् । त्यसै गरी अन्य १० जना सदस्य चयन भएका छन् । व्यवसायिक हकहित… पुरा पढौ

एलपी ग्याँस विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न

पोखरा, भदौ २१, दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।एलपी ग्याँस वित्र्रmेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्याँसको अपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका छन् । नेपालमा एलपी ग्याँसको कारोबार वि।सं।२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोग गरेको दावी व्यवसायीले गरेका हुन् ।कास्कीक् जिल्लामा हाल १८ वटा कम्पनीको ग्याँस… पुरा पढौ

सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा

पोखरा, २१ भदौं, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले कम भन्दा कम खर्च गरेर उत्कृष्ट काम सामुदायिक केन्द्रहरुले गरेको उल्लेख गरे । ‘समाजमा हुने हरेक अपराधिक घटना नियन्त्रण गर्नमा यहाँहरुको भूमिका अतुलनिय रहेको छ’ कार्कीले भने, ‘प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै नेपाल प्रहरी तपाईहरुसँग हातेमालो गरेर… पुरा पढौ

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ

भदौ २१,पोखरा, नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ। समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उहाँको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सीमा लामिछाने, सचिवमा पुष्पा गिरी, सहसचिवमा पार्वती अधिकारी कोषाध्यक्षमा मैयादेवी श्रेष्ठ तथा सहकोषाध्यक्षमा बबिता राजभण्डारी चयन हुनुभयो । समितिको सदस्यहरूमा मथुरा गिरी, कमला काप्री, अम्बिका लामिछाने, सुमिना तुलाचन, आशा जिसी, तारा क्षेत्री र सृजना काफ्ले चयन हुनुभयो ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नागढुङ्गा आमा समूहको… पुरा पढौ

अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध छः प्रमुख भट्ट

पोखरा, भदौ २२, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभयो । शैक्षिक बिकास, रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा बताउनुहुदै एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न उहाँले सुझाव दिनुभयो ।अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठक र सहारा उत्कृष्ट सदस्य गुरुङलाई

पोखरा, सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको… पुरा पढौ

यू १४ फुटबलको उपाधि शिशुकल्याण र त्रिभुवनलाई

पोखरा, २० भदौ, जिल्लास्तरीय एन्फा यू १४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि शिशु कल्याण विद्यालय र त्रिभुवन शान्ति माविले जितेका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार फाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु कल्याणका लागि सुमन घर्तिमगरले पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुङले एक एक गोल… पुरा पढौ

पोखरामा पितृयज्ञ, सहस्रचण्डी महायज्ञ र श्रीविद्या–महालक्ष्मी महायज्ञ हुने

पोखरा, २० भदौ, सोह्र श्राद्धको पुण्यमय अवसर पारेर पोखरामा पितृयज्ञ सुरु भएको छ । यही भाद्र २२ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने यस यज्ञमा बराह क्षेत्रका पुजारी पण्डित योगेश भण्डारीबाट गरुड पुराणको पाठ, बराह पुराण र भानुभक्त रामायणको प्रवचन गरिने कार्यक्रम रहेको संयोजक विश्व प्रकाश प्रसाईले जानकारी दिनुभयो । संयोजक प्रसाईका अनुसार हिन्दूहरूको महान पर्व दशैं तथा नवरात्र महापर्वको अवसरमा असोज ६ गतेदेखि १५ गतेसम्म सहस्रचण्डी महायज्ञ आयोजना हुनेछ । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म नियमित साधनासहित सञ्चालन… पुरा पढौ

पोखरामा इक्यान एजुकेसन फेयर सुरु, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता

पोखरा, २० भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले… पुरा पढौ