देश तथा समाज पत्रिका

पोखरामा आज आतिसबाजी सहित नयाँ वर्ष २०२६ को स्वागत गरिने

दीननाथ बराल,पोखरा १६, पुस, अँधेरी रातसँगै पोखराको लेकसाइड आज झनै उज्यालो हुँदैछ। पोखरा सडक महोत्सवको माहोल भित्र आज मध्यरात १२ः०० बजे अंग्रेजी नयाँ वर्ष २०२६ भव्य रूपमा स्वागत गर्ने तयारी पूरा भएको छ। महोत्सव आयोजक रेवान पोखराले नेपाली सेनाको प्रत्यक्ष अनुगमन र जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा सुरक्षा मापदण्ड पालना गर्दै लेकसाइड क्षेत्रमा आतिसबाजी प्रदर्शन गर्ने पोखराक्लिकलाई श्रोतले बताएको छ । सडक महोत्सवको मुख्य दिन आज नयाँ वर्षको काउन्टडाउनदेखि आतिसबाजी, संगीत र सांस्कृतिक प्रस्तुतीसम्म उत्सवकै रौनक हुने भएको छ। आयोजकका… पुरा पढौ

पोखरा सडक महोत्सवमा दर्शक एवं पर्यटकको सहभागिता बढ्दो, विभिन्न खेलका कार्यक्रममा दर्शकको भिड (भिडियो सहित)

पुष १५,पोखरा, पर्यटनको राजधानि पोखरामा हाल पोखरा सडक महोत्सव जारी रहेको छ । पुस १३ देखि सुरु भएको २७ औं पोखरा सडक महोत्सवको तेश्रो दिनसम्म आउँदा दर्शक एवं पर्यटकहरुको निकै उत्साहजनक सहभागिता रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । मंगलबार पुस पन्ध्र तमु ल्होसार सार्वजनिक दिन भएको बिहानै देखि बेलुकी सम्म दर्शक एवं पर्यटकहरुको अत्याधिक भिडभाड भएको उहाँले जनाउनु भयो । सडक महोत्सवको अवसरमा विभिन्न कर्पोरेट तथा व्यावसायी प्रतिष्ठानहरुले विभिन्न खेलका कार्यक्रम समेत आयोजना गरेकाछन जहाँ दर्शक… पुरा पढौ

म्याजेस्टिक लेक फ्रन्ट’ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अफिसियल होटल, पोखरामा हुने अवार्डको तयारी तिव्र

पोखरा १५, पुस, नेपाली खेलकुदको प्रतिष्ठित मानिने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण यही पुस २३ गते पोखरामा हुने भएपछि अवार्डमा सहभागी हुने खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा विशेष अतिथिहरूको आवास व्यवस्था ‘म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स’ मा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड अवधिभरका लागि म्याजेस्टिकलाई ‘अफिसियल होटल’ बनाउने गरी सम्झौता गरेको मञ्चले पोखराक्लिकलाई जनाएको छ । अवार्ड पहिलोपटक राजधानीबाट बाहिर पोखरामा हुँदैछ।सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र म्याजेस्टिक लेक फ्रन्टका अध्यक्ष… पुरा पढौ

पोखराको पुरानो टुडिखेल मैदानमा तमु ल्होसार महोत्सव जारी

दीननाथ बराल, पोखरा १५, पुस गुरुङ (तमु) समुदायहरुको महान पर्व तमु ल्होछारको अवसर पोखराको पुरानो टँुडिखेलमा बिगमार्ट तमु ल्होसार महोत्सव जारी रहेको छ । तमु धिं नेपालको आयोजनामा सोमबार देखि सुरु भएको महोत्सवको आज दोश्रो दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहितको प्रतियोगिताहरु जारी रहेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले बताउनु भयो । तमु ल्होछार महोत्सव २०८२ पहिलो पटक आयोजना गर्दा महोत्सवमा पहिलो र आज दोश्रो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनु भयो । सर्प वर्ग (सप्री ल्हो)… पुरा पढौ

माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन, पुरुषतर्फ उपाधीका लागि करण र आयुष्मान भिड्ने

पुष १५,पोखरा, पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा उभ्याए… पुरा पढौ

सिमलचौरको पशुपतिनाथ मन्दिरको बार्षिक सभा सम्पन्न

पोखरा, पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने बताउँदै, नैतिक ज्ञानका लागि धार्मिक चेतना आवश्यक रहेको बताए ।समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने स्पष्ट पारे । कार्यक्रममा… पुरा पढौ

पोखरा सडक महोत्सवमा पर्यटकको भिडभाड बढ्दो, सडकमा विभिन्न सांस्कृतिक तथा बन्चेबाजा, थारु डान्स प्रर्दशन (भिडियो सहित) होटल अकुपेन्सी ७५ प्रतिशत

दीननाथ बराल, पोखरा १४, पुस, अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा सडक महोत्सवमा पर्यटकको चहलपहल बढेको छ । आइतबारदेखि सुरु भएको २७ औं संस्करणको सडक महोत्सवको दोस्रो दिन सोमबार पनि पोखराको लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडभाड बढ्दो व्यवसायीले बताउनु भयो । अघिल्ला संस्करणहरूको तुलनामा एक–दुई दिन अघिदेखिनै यस बर्ष भने पर्यटक आगमन बढ्न थालेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । https://www.youtube.com/watch?v=rg27FKsK2OE जेनजी आन्दोलनपछि केही सुस्तिएको पर्यटन बजार महोत्सवको अवसरमा पुनः उत्साहजनक बनेको उहाँले बताउनु भयो । क्रिसमस… पुरा पढौ

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइ राख्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ पुस, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग ९सप्री ल्हो० समाप्त भएर घोडा वर्ग ९त ल्हो० को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो । ‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको… पुरा पढौ

माछापुच्छ्रे गाउँसभा विनियोजन ऐन २०८२ संशोधन पारित, आत्मनिर्भरता र उत्पादनमुखी योजनामा जोड

पुष १४, पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा–१८ औँ अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यक्रम सञ्चालनका लागि आवश्यक विनियोजनमा संशोधन गर्दै ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ। अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले गरेका थिए। त्यसपछि उपाध्यक्ष सीता अधिकारीद्वारा प्रस्तुत संशोधन प्रस्तावमा सभा सदस्यहरूको बहुमत मिलेपछि ऐन तुरुन्त कार्यान्वयनमा लैजान मार्ग खुलेको हो। संशोधनसँगै सञ्चित कोषका केही रकम सेवा तथा विकास कार्यमा खर्च गर्न गाउँसभा सहमत देखिएको छ। “आर्थिक आवश्यकताअनुसार… पुरा पढौ

द कन्टेन्डर फाइट सिरिज ३ ः मुख्य इभेन्टमा सुस्मिता विजयी

पोखरा, साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ को मुख्य इभेन्ट सुस्मिताले जितेकी छन् । गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरलाइ हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन् । उनको यो एक वर्षमा नवौं उपाधि हो । तेक्वान्दोकी खेलाडी समेत रहेकी सुस्मिताले एक वर्षमा ९ वटा प्रोफेसनल फाइन जितेकी छन् । जुन प्रोफेसनल फाइटरले विरलै बनाउने गर्छन् । यस्तै एमएमए मुख्य इभेन्टमा जेनित शेरचन विजयी भए ।प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता… पुरा पढौ