देश तथा समाज पत्रिका

पोखरामा ५५० घरधुरीमा भूमिगत विद्युत् सेवा सुरु, ६ महिना भित्र पोखरामा पहिलो चरणको भूमिगत तार बिछ्याउने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २० पुस, सुन्दर नगरी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियानले हाल तीव्रता पाएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको पोखरामा आगमी ६ महिना भित्र पहिलो चरणमा पोखरामा भूमिगत तार बिछ्याउने काम सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=qKBvY8henEU उक्त परियोजनाको हालसम्म भौतिक प्रगति करिब ६५ प्रतिशत पुगेको छ । आयोजना अन्तर्गत सेती पुलदेखि कुँडहरसम्म केही छुटपुट क्षेत्र बाहेक करिब ५५० घरधुरीमा भूमिगत तार बिछ्याउन… पुरा पढौ

कृष्णटोल आमा समूहको सहारामा सहयोग

पोखरा ९ वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा कष्णटोल आमा समूहले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका विच उक्त टोल आमा समूहकी अध्यक्ष रुपा के.सी.ले तीस हजार पाँच सय पाँच रुपैया विद्यालयलाई सहोग स्वरूप हस्तन्तरण गरेकी हुन् । विद्यालयमा निम्न माध्यमीक तहमा शिक्षक दरवन्दी नभएको र लामो समयदेखि विद्यालयमा सहयोग प्रदान गरिरहेको संस्था डायल समूदायले सहयोग गर्न असमर्थता दिदा विद्यालयमा शिक्षकलाई पारिश्रमिक प्रदान गर्न निकै कठिन रहेको अवस्थामा विद्यालय वरपरका संघसंस्थाहरुलाई सहयोगको याचना गरिएको र उक्त अवस्थामा सहयोग गदिदिदा… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको सभा, बाइक र स्कुटर विजेता छनौट

पोखरा , पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको २५ औं वार्षिक साधारण सभा तथा प्रथम चाडपर्व उपहार योजना २०८२ को उपहार सार्वजनिक कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीहरु पहिले नेपाली नागरिक भएको स्मरण गराउँदै मुलुकको हितलाई सर्वोपरी राखेर व्यवसाय गर्नुपर्नेमा जोड दिए । राज्यसँग लिनुपर्ने विषयबारे संवाद र छलफलबाट समाधान हुनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने विचार राखे । व्यवसाय गरेकै कारण अनावश्यक आरोप र… पुरा पढौ

कास्कीमा अनलाइनबाट एक वर्षमा १९ करोड ठगि, सचेत हुन एसपी कार्कीको अनुरोध

पोखरा, १९ पुस, कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो समयमा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । एसपी कार्कीले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति… पुरा पढौ

कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कासहित एमालेका नेता रास्वपामा प्रवेश(भिडियो सहित)

दीननाथ बराल,पोखरा, १९ पुस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपा अब ‘म्याजिक नम्बर’ को गणनाभन्दा माथि उठेर जनताको जनमतसहित स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनु भएको छ । आज (शनिबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सदस्य भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले संसदमा सीमित संख्यामा रहँदाको अनुभवले रास्वपालाई निर्णायक शक्ति बन्नैपर्ने निष्कर्षमा पुर्‍याएको बताउनुभयो । https://www.youtube.com/watch?v=9n-n-XrVxXc आगामी निर्वाचनमा प्रतिनिधिसभामा १५१ सिट जितेर मुलुकलाई नयाँ दिशामा लैजाने लक्ष्यसहित पार्टी अघि बढेको उहाँको भनाइ थियो ।… पुरा पढौ

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल

पोखरा, बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् । एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पौडेल त्रिलोकेश्वर शिव… पुरा पढौ

पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई रारा चाउचाउको साथ

पोखरा, १८, पुस, नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते हुने देशकै प्रतिष्ठित खेलकुद सम्मान कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई पोखराको घरना हिमश्री फुड्स प्रालिको लोकप्रिय ब्रान्ड रारा चाउचाउले साथ दिएको छ । पोखरालाई केन्द्र बनाएर आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायीहरूले सहकार्य गरिरहेका छन्, जसअन्तर्गत हिमश्री फुड्स पनि जोडिएको हो । अवार्ड सहकार्य सम्बन्धी सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले हस्ताक्षर गर्नुभएको छ ।… पुरा पढौ

छोरेपाटन मा.विको ४७ औं वार्षिकोत्सव

पोखरा, १८ पुस, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भयो । वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टी विद्यालय प्रति अभिभावकको विश्वास एवम् विद्यार्थी आकर्षणले दिएको बताए।प्रमुख आचार्यले पातले छागोका विषयमा विद्यालय र महानगर बीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालय हितमा भएको पनि स्पष्ट पारे। वडाध्यक्ष राधिका शाही योगीले छोरेपाटन नमूना शैक्षिक संस्था रहेका… पुरा पढौ

पोखरामा स्पोर्ट्स अवार्ड हुनुको अर्थ

काठमाडौं पुस १८, यस पटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २२औं संस्करणमा हुनेछ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले छुटिन्छ । यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए । अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ । यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त रु पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त रु सम्भवतः यसको उत्तर भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद… पुरा पढौ

पत्रकार पौडेलको रचनामा चेतनको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक

पोखरा, गायक चेतन राईको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । राष्ट्र भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा सार्वजनिक गरिएको हो । भाषा आयोगको सदस्य पूर्व उपसचिव समेत रहेकी साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, नेपाल सङ्गीत कल्याण कोषको अध्यक्ष गायक तथा सङ्गीतकार रमेश पाठक, राप्ती समाज काठमाडौँ अध्यक्ष गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्य, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल, सञ्चारकर्मी गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो । उनीहरूले गीत र… पुरा पढौ