देश तथा समाज पत्रिका

कास्कीको यातायात व्यबस्था कार्यालय एक साता पछि खुल्ने, लाइसेन्स तर्फ अन्योल, सरसफाई गर्दै कर्मचारी (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, भदौं, जेनजी आन्दोलनको क्रममा आगजनीबाट डकुमेन्ट सहित कार्यालय जलेको यातायात व्यबस्था कार्यालय कास्कीले एक हप्ता भित्र सेवा संचालन गर्र्ने तयारी गरेको छ । कार्यालय व्यबस्थापन गरी एक हप्तामा पुनः संचालनमा ल्याउने तयारी भएको कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले पाखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Oiot6QRjZHU दैनिक ५ सय जना सेवाग्राही आउने उक्त कार्यालयमा आवश्यक पर्ने केही सामाग्रिहरु पनि हाल नभएको अबस्थामा अस्थायी कार्यालय बाहिरको क्यान्टिन सहितको टहराबाट सेवा सुरु गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो । सोमबार कार्यालयका कर्मचारी… पुरा पढौ

दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधिको लागि फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने

दीननाथ बराल,पोखरा ३० भदौ, पर्यटनको राजधानी पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधिको लागि काठमाण्डौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाए । अर्को खेलमा काठमाण्डौंकै तामाङले पोखरेली खेलाडी विकास मर्हजनलाई ५–२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल मंगलबार बिहान १०ः०० बजे पछि हुने भएको… पुरा पढौ

मन्त्रीमण्डल विस्तार, तीन मन्त्रीले सपथ लिए

पोखरा, प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेकीछन् । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले आजै शपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका थिए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।आज… पुरा पढौ

इन्टरयाक्ट लेकसाइडको अध्यक्षमा मदरल्याण्डका निर्देश

पोखरा, २९ भदौ, इन्टरयाक्ट क्लव अफ पोखरा लेकसाइडको पाँचौ पदस्थापना समारोहवाट निर्देश वाँस्तोला अध्यक्षमा चयन भएका छन् । अध्यक्ष वाँस्तोला मदरल्याण्ड स्कूलमा विज्ञान विषय लिएर कक्षा १२ पढ्दै छन् । हालै सम्पन्न भएको पदस्थापनावाट निवर्तमान अध्यक्षमा सुयोग अधिकारी, उपसभापति द्धयमा मृदुल जंग पाण्डे र सम्पदा लम्साल, सचिवमा दिव्या पराजुली, सहसचिवमा अमिर चौधरी, कोषाध्यक्षमा ज्ञापन वराल, सह कोषाध्यक्षमा रक्षा अधिकारी, प्रमुख सम्पादकमा श्रीस पौडेल चयन भएका छन् । त्यसैगरी सह सम्पादकमा विराज सुवेदी, इभेन्ट कोर्डिनेशन चियर सुजल सिलवाल, क्लव मेम्वरसिप चियरमा… पुरा पढौ

ठुलो क्षतिको मारमा परेका युवा व्यवसायी शौगात थापाको नक्कली फेसबुक मार्फत रकम असुल्न खोज्ने ४ जना पक्राउ

दीननाथ बराल,पोखरा, २९ भदौ, जेन–जी आन्दोलनका क्रममा घरसहित व्यवसाय जलेर खरानी बनेपछि शोक र पीडामा रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका बिन्दुकुमार थापाको परिवारमाथि अर्को प्रहार भएको छ । नक्कली फेसबुक खाता खोल्दै सहयोगको बहानामा रकम असुल्ने अपराधिक प्रयास गरेको एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री थापाका छोरा शौगात थापाको नक्कली फेसबुक आइडी बनाएर ठग्ने प्रयास गर्ने चार जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । थापा परिवारको सम्पूर्ण संरचना जलेर खरानी बनेको… पुरा पढौ

कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै, केही कार्यालयबाट आंंशिक सेवा सुरु

दीननाथ बराल, पोखरा २९, भदौं, कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै छ भने केही कार्यालयबाट आंंशिक सेवा सुरु गरिएको छ । जेनजी आन्दोलनले आगजनीबाट प्रायः ध्वस्त भएका अधिकांश सरकारी कार्यालयहरुमा आज(आइतबार) सरसफाई गर्न सुरु भएको छ भने केही कार्यालयबाट आंशिक सेवा सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा सरसफाइ गरी हाल आंशिक सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार आजदेखि मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको… पुरा पढौ

लामाचौरमा जेन–जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी सीआरभी भवन पुनः सञ्चालन

पोखरा, जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको लामाचौरस्थित प्रहरी सीआरभी भवन पुनः सञ्चालनमा ल्याइएको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा र स्थानीय समुदायको सक्रिय सहयोगमा उक्त भवनको सरसफाइ, मर्मत–संहार तथा रंगरोगन सम्पन्न गरी भवनलाई पुनः प्रयोगमा ल्याइएको हो । नव आदर्श सामुदायिक विकास समाजले लामाचौर, बाटुलेचौर, पोखरा–१६ र १९ क्षेत्रका स्थानीय संघसंस्था, एलसी ब्रदर्स क्लब, व्यापारी, आमा समूह, बैंक तथा सहकारी संस्था, विद्यालयहरू, स्थानीय बासिन्दा लगायत सबैको भौतिक, नैतिक, जिन्सी, जनश्रम र आर्थिक सहयोगप्रति आभार प्रकट गरेको छ ।… पुरा पढौ

जेन–जी आन्दोलनका मृतकलाई शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत

काठमाडौं, युवा पुस्ता जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजै पदभार ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् बैठक बसी सो निर्णयमा हस्ताक्षर गर्नूभयो । आन्दोलनमा ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी तथा ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जना रहेकोसरकारका मुख्य सचिव एकनारायण अर्यालले जनाउनु भयो । साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको उहाँले जनाउनु भयो । प्रधानमन्त्री कार्कीले प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले… पुरा पढौ

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग, नेतृत्वप्रति तीव्र असन्तुष्टि

काठमाडौं, २९ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान सांसद तथा पूर्वसह–महामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्ट गर्दै उनले अब आफू रास्वपासँग सम्बन्ध विहीन भएको घोषणा गरेकी हुन्। उनले भनिन“अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु, मन लाग्दीजति गर्नुहोस्, मैले पार्टी छोडेँ।” उनको असन्तुष्टि पार्टी सभापति रवि लामिछानेतर्फ शंकेत गरिन । रास्वपाले देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेपछि निरन्तर आलोचना गरे पनि त्यसलाई बेवास्ता गर्दै आफूलाई उल्टै ‘मिडिया… पुरा पढौ

जेन–जी आन्दोलनः पोखरामा जलेर ३ जनाको मृत्यु

पोखरा, २८ भदौ, जेन–जी आन्दोलन हिंसात्मक बन्दै जाँदा पोखरामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । आन्दोलनकै क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा गरिएको आगजनीमा गम्भीर रूपमा घाइते भएका तनहुँ भानु–१० का ४३ वर्षीय विजय लामाको शुक्रबार बिहान १२ः०० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–१६ बस्दै आएका लामा करिब ७० प्रतिशत शरीर जलेका उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पताल प्रशासनले उनको मृत्युको पुष्टि गरेको छ । यसअघि सोही… पुरा पढौ