देश तथा समाज पत्रिका

एपीएफ क्लबद्वारा ३३औँ त्रिवेणी कपको उपाधि रक्षा

लमजुङ, विभागीय टोली एपीएफ क्लबले ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ । बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लाङ्दीदेवी एफसीले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलमा एपीएफका लागि युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ७७औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता… पुरा पढौ

पोखरामा मंगलबार आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर हुदै

दीननाथ बराल,पोखरा, २१ पुस, खेलकुदको शहर पोखरामा भोलि (मंगलारं) आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर हुने भएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिने कार्यक्रम तय गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई जानकारी दिनुभयो । मंगलबार बिहान ८ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ट्रफी सार्वजनिक गरिने भएको उहाँले जनाउनु भयो । त्यसपछि बिहान ९ः३० देखि १०ः३० बजेसम्म पोखराका विभिन्न चोक हुँदै ट्रफी टुर सञ्चालन हुनेछ । सो अवधिमा लेकसाइड, महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक लगायतका स्थानमा क्रिकेटप्रेमीले… पुरा पढौ

पोखरामा ईभीप्रति आकर्षण बढ्दो, एकै दिन ३३ वटा विद्युतीय गाडी बुकिङ (भिडियो सहित)

नेपालमा पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । यद्यपी यसको प्रविधि, सुरक्षा र दीर्घकालीन उपयोगिताबारे आम नागरिकमा अझै विभिन्न भ्रमहरू विद्यमान छन्। यिनै भ्रमहरू चिर्दै ईभीको वास्तविक अवस्था, भविष्यको सम्भावना र व्यावसायिक पक्षबारे जानकारी दिन पोखरामा विशेष ईभी कार्यशाला सम्पन्न भएको छ। भिजी मोटर्स अन्तर्गत एसआरएम र जोयलङ को आयोजनामा सम्पन्न कार्यशालामा विद्युतीय सवारीको लागत, मर्मत–सम्भार, ब्याट्रीको आयु, सुरक्षा तथा वातावरणीय प्रभावबारे विज्ञहरूसँग छलफल गरिएको थियो। कार्यशालामा प्रस्तुत तथ्यअनुसार विद्युतीय सवारी आधुनिक आविष्कार जस्तो देखिए पनि… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन

पोखरा, एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार पोखरामा रहेको ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्ष निरञ्जन अधिकारी तथा एनएसजेएफ गण्डकी अध्यक्ष एमबी आस्थाको सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलो पटक काठमाडौं बाहिर हुन लागेको अवार्ड भव्यरुपमा सफल पार्न शुभकामना दिएका छन् । ‘पहिलो… पुरा पढौ

पोखरामा तीन दिने चरा पहिचान तालिम सम्पन्न

पोखरा, २१ पुस, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि दिइएको तीन दिने चरा पहिचान तालिम आइतबार सम्पन्न भएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरू बारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुुभयो । तालिमका सहभागीलाई नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट(किप)का… पुरा पढौ

श्रीमान बेपत्ता भएको १९ वर्षपछि तीन सन्तानले पाए आमाको नामबाट नागरिकता

दीननाथ बराल,पोखरा, २० पुस, श्रीमान बेपत्ता भएको १९ वर्षपछि कास्कीकी एक महिलाका तीन छोराछोरीले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले दाङसिङ निवासी करिब ३८ वर्षीया निरुता नेपालीका दुई छोरा र एक छोरीलाई नागरिकता वितरण गरेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार निरुताका श्रीमान विगत १९ वर्षदेखि सम्पर्कविहीन रहेकाले उनका छोराछोरीले लामो समयदेखि नागरिकता नपाएर अनेक समस्या झेल्दै आएका थिए । त्यसैका आधारमा आमाको नामबाट सिफारिस गरी नागरिकता वितरण गरिएको… पुरा पढौ

अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरू

काठमाडौं, पुस २०, पछिल्लो तीन दशकको नेपाली खेलकुद इतिहास पल्टाउँदा कुन खेल हाबी रह्यो को–को खेलाडी चम्किए रु यसको एकमुस्ट उत्तर खोज्न अन्यत्र जानु पर्दैन, एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको इतिहास हेरे पुग्छ । वर्ष खेलाडी पुरस्कारका रूपमा २०५३ सालमा सुरु भएको यो अवार्ड २०८२ साल आइपुग्दा २२औँ संस्करणमा प्रवेश गरेको छ, जुन यसपालि पोखरामा आयोजना हुँदैछ । हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेल र खेलाडीलाई केन्द्रमा राख्दै आएको यस अवार्डले नेपाली खेलकुदको समग्र प्रवृत्ति देखाउँदै आएको छ । उत्कृष्ट पुरुष खेलाडी… पुरा पढौ

स्पोउवा संघद्वारा आन्तरिक राजश्व कार्यालयलाई कम्प्यूटर र ल्यापटप सहयोग

पोखरा, २० पुस पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय पोखरालाई ५ सेट कम्प्यूटर सेटसहित २ वटा प्रिन्टर र एउटा ल्यापटप सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आइततबार उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम,उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमितिका सदस्यहरु जीवन श्रेष्ठ,दूधमान गुरुङ‘आशिष’ तथा संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थितिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानालाई ५ लाख ३१ हजार ८ सय ७१ रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष… पुरा पढौ

विश्व ब्रेल दिवसका अवसरमा सस्वर ब्रेल पठन प्रतियोगिता

पोखरा, २० पुस, २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ । पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो । कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै… पुरा पढौ

अवार्ड जित्ने गण्डकीका नायकहरू

काठमाडौं, पुस २०, पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ र यो हो, गण्डकीका खेलाडीले अहिलेसम्म कतिपल्ट यो कार्यक्रममा जित चुमेका छन् होला त ? यो प्रश्नको एउटा भावनात्मक उत्तर के हो भने यो अवार्ड धेरै पल्ट जित्नेमा गण्डकीका खेलाडी पनि अगाडि छन् । गणितीय आधारमा यसको ठ्याक्कै उत्तर हो, १३ पल्ट । निश्चित छ, अबको दिनमा यो संख्या अझ बढ्नेछ । गण्डकीले नेपाली खेलकुदका लागि एकसेएक खेलाडी जन्माइरहेको स्थितिमा यो क्षेत्रले… पुरा पढौ