राजनीति

काठमाडौंका मेयर बालेन शाह पोखरा सहित कास्कीका पर्यटकीय गन्तव्यमा घुमघाममा व्यस्त

दीननाथ बराल, पोखरा १४, वैशाख, काठमाडौंका बहु चर्र्चीत मेयर बालेन शाह यति वेला पर्यटनको राजधानि पोखरामा पारी वारिक भ्रमणमा रहनु भएको छ । आफ्नो जन्म दिन मनाउन र माता तिर्थ औशाी (आमाको मुख हेर्ने दिन) को अवसरमा पोखरामा रहेका मेयर शाह पोखराका पर्यटकीय गन्तव्य फेवाताल, कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्म लगायतका स्थानमा घुमघाम गर्दै व्यस्त हुनु भएको हो । पारिवारीक भ्रमणमा पोखरामा आउनु भएको मेयर शाह आफ्नो परिवारको साथमा शनिबार कास्की माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्ममा पुग्नु… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान बनाउन र यसको बदनाम नगर्न पर्यटन व्यवसायीको माग

दीननाथ बराल,पोखरा १०, वैशाख, पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित रुपमा चलाएमान बनाउन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नुु भएको छ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आज (बुधबार) प्रेस विज्ञेप्ति जारी गर्दै अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान हुनबाट रोक्ने काम नगर्न चेतावनी दिदै नियमित रुपमा चलाएमान बनाउन माग गरेको हो । पोखराको बदनाम नगर्न माग गर्दै यदि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कहि कतै भष्ट्राचार भएको छ भने यथाशिघ्र निश्पक्ष रुपमा छानविन गर्न समेत परिषदले सवै पक्षसंँग माग गरेको परिषदका अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

क्षत्री समाज नेपालले राष्ट्रिय महत्वको लागी ६ बुदे माग पुरा गराउन सरकारसंग माग गर्ने

पोखरा, राष्ट्रिय आवश्यता जातीय सदभावका निम्ती क्षत्री एकता आजको आवश्यता भन्ने मुल यजेन्डा सहित पोखरा बाट सुरु भएको समाजको अभियान हाल देशैभर र अन्तर्राष्ट्रिय स्तरसम्म रहेको छ । समाजको गतिविधि सहित क्षत्री एकता राष्ट्रियता अखण्डताका लागी समाज सकृय रुपमा रहेको समाजका महासचिव कृष्ण बहादुर थापाले बताए । सम्पन्न केन्द्रीय समितिबाट राष्ट्रिय महत्व को लागी ६ बुदे माग पुरा गराउन सरकार संग माग गर्ने नियर्ण गरेको छ । समाजद्धारा राखिएको मागहरुमा क्षत्री जातीलाई आदिवासीमा सुचिकृत गरीयोस ,संगै सबै जाति विच सदभाव… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल

पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश माननिय विन्दु पौडेलले बताएकी छन् । सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी माननिय पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् । कार्यक्रममा कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उनले भनिन–“नेपालमा कसैले आटन… पुरा पढौ

शिक्षा मन्त्री विद्या भट्टराईद्धारा राजीनामा

काठमाण्डौं , ८, वैशाख नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटेर मन्त्री भट्टराई राजीनामा पत्र बुझाउनुभएको हो । मन्त्री भट्टराईले राजीनामा दिनु भएको उहाँका प्रेस संयोजक रामजी लम्सालले पोखराक्लिकलाई बताउनु भयो । राजीनामा दिनुको कारण नखुले पनि प्रविधिक रुपमा केही कठिनायी भएका कारण उहाँले राजीनामा दिनु भएको श्रोतको भनाई छ । काठमाण्डौंमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन जारी रहेको छ । यही… पुरा पढौ

आमाबाट पनि नागरिकता पाउनु पर्छ, छिट्टै कानून आउछः गृहमन्त्री लेखक (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ६, वैैशाख, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आमाको नामबाट समेत नागरिकता उपलब्ध गराउन कानून आउन लागेको बताउनु भयो । नेपाल प्रेस यूनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानूनि व्यबस्था मिलाउने जनाउनु भएको हो । आमाको नामबाट नागरिकता दिने प्रकृया अघि बढे पनि कानूनि झनझटले गर्दा नसकिएको उहाँले बताउनु भयो । https://www.youtube.com/watch?v=5uuFkPoyEPg पूर्व राजाबादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यबस्था नै बदल्ने गरी हिंसात्मक… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु (भिडियो सहित)हिंसात्मक गतिविधि गर्नेलाई कार्वाही गछौं ः गृहमन्त्री लेखक

दीननाथ बराल, पोखरा, ५ वैशाख, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले हिंसात्मक गतिविधि गर्नेलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । पोखराको माउण्ट कैलाशमा आज (शुक्रबार) संचालन भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकको बिहान उद्घाटन गर्दै गृहमन्त्री लेखकले हिंसात्मक गतिविधि गर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिनु भएको हो । https://www.youtube.com/watch?v=RFssmITH5Zs संविधान बिरोधी गतिविधि गर्ने जो कसैलाई क्षम्य नहुने उहाँले जनाउनु भयो । ७ दशकमा नेपालमा ७ पटक संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले पछिल्लो पटक बनेको संविधान विश्वकै उत्कृष्ट भएको दाबी… पुरा पढौ

बैदेशीक रोजगार बोर्डले २१ हजारलाई तालिम दिने, विदेश जाने मध्य ५ हजारलाई

दीननाथ बराल, पोखरा ४, वैशाख., श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजनामा पोखरामा आज (विहिबार) देखि दुई दिने रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम÷गोष्ठी सुरु भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला सहित लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र पाल्पाका समेत रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुलाई बढी प्रभावकारी बनाउदै हरेक टोल देखि वडासम्म विदेशमा गएका, विदेशबाट फर्कियर स्वदेश आएका,… पुरा पढौ

तीन कुने घटनामा सरकारप्रतिको दमन निन्दनीय– राप्रपा नेपाल अध्यक्ष थापा

पोखरा, ४ बैशाख, राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनामा सरकारको दमन निन्दनीय भएको बताउनु भएको छ । आज र भोलि पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा आज पोखरा आउनु भएको अवसरमा स्वतन्त्र नेपाली नागरिक समाजको रिले अनसनमा ऐक्यवद्धता जनाउँदै उक्त कुरा बताउनु भएको हो । राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको मुद्दा उठाउँदै आउनु भएका अध्यक्ष थापाले जस्तोसुकै संकटकालको अवस्थामा पनि देशमा भइरहेको यो भ्रष्ट अवस्थालाई नफाली देशमा सुशासन कायम हुन नसक्ने बताउँदै यसमा सबैले आ–आफ्नो स्थानबाट साथ र सहयोग… पुरा पढौ

कास्कीको रुपामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

जया पौडल, पोखरा २, वैशाख, कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताउनु भयो । यस अघि स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिन पोखरासम्म आउनु पर्ने बाध्यता भए पनि उक्त अस्पतालमा बिमा सेवा सुरु भएसंगै स्थानियलाई राहत हुने भएको उहाँले जनाउनु भयो । अध्यक्ष ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो… पुरा पढौ

This will close in 20 seconds