आमाबाट पनि नागरिकता पाउनु पर्छ, छिट्टै कानून आउछः गृहमन्त्री लेखक (भिडियो सहित)

-


     पोखरा क्लिक     
     वैशाख ६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ६, वैैशाख,

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आमाको नामबाट समेत नागरिकता उपलब्ध गराउन कानून आउन लागेको बताउनु भयो । नेपाल प्रेस यूनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानूनि व्यबस्था मिलाउने जनाउनु भएको हो । आमाको नामबाट नागरिकता दिने प्रकृया अघि बढे पनि कानूनि झनझटले गर्दा नसकिएको उहाँले बताउनु भयो ।

पूर्व राजाबादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यबस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने बिरुद्ध सबै एक हुनु पर्नेमा जोड दिनुभयो । देशमा संघयि लोकतान्त्रि गणतन्त स्थापना गर्न हामी भन्दा पहिलाको पुस्ताले धेरै ठुलो त्याग र बलिदान गरेको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । हाम्रो पुस्ताले पनि धेरै ठुलो योगदान दिएको दिएको गृहमन्त्री लेखकको तर्क थियो ।

लोकतन्त्रले नागरिकलाई सर्वपरि बनाएको बताउदै उहाँले सरकारसंग चिक्त नबुझे बिरोध गर्न पाइने जनाउदै संविधानको व्यबस्थाको बिरुद्ध हिंसात्मक गतिविधिले देशलाई झन अस्थिरता तर्फ लैजाने हुदाँ त्यस्ता गतिविधि गर्नेलाई सरकारले कार्वाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “ यो देशमा राजतन्त्र गएको १८ बर्ष भएको छ, १८ बर्ष पछिको पुस्ताले राजतन्त्रको बारेमा बुझ्नै सकेन, त्यसको पनि २८ देखि ३० बर्षको जनतोले राजतन्त्रको अनुभुति गर्न सकेन त्यस कारण राजतन्त्र कस्तो हुन्छ भन्ने अहिलेको युवा पुस्तालाई थाहा छैन, त्यो कुरा हामीले बुझाउन जरुरी छ ।” काम गर्ने क्रममा कमीकमजोरी भएको अबस्थामा सुधार गर्दै जाने गृहमन्त्री लेखकले बताउनु भयो । लोकतन्त्रको पक्षमा पत्रकारहरु समेत उभिन आग्रह गर्दै उहाँले यदि लोकतन्त्र र गणतन्त्र नहँुदा त्यसको पहिलो मार मिडियाकर्मी र मिडिया माथि हुने उहाँको भनाई थियो ।

२०१२ सालको नेपाल प्रहरी ऐन भएकोले प्रदेश प्रहरीको बारेमा समेत खासै नखुलेकोले प्रहरी ऐन संसोधन गर्न लागिएको उहाँले बताउनु भयो । प्रहरी समायोजको बारेमा धेरै वोले पनि कानूनि व्यबस्था नभएकोले प्रहरी ऐन संसोधन गर्न लागेको गृहमन्त्री लेखकले जनाउनु भयो । ७ दशकमा नेपालमा ७ पटक संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यसबाट देशमा धेरै अस्थिरता भएको जनाउनु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीमा जादा पत्रकारले कलम र डायरी लैजान पाउने व्यबस्था मिलाउने उहाँले बताउनु भयो ।