काठमाडौंका मेयर बालेन शाह पोखरा सहित कास्कीका पर्यटकीय गन्तव्यमा घुमघाममा व्यस्त

-


     पोखरा क्लिक     
     वैशाख १४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४, वैशाख,

काठमाडौंका बहु चर्र्चीत मेयर बालेन शाह यति वेला पर्यटनको राजधानि पोखरामा पारी वारिक भ्रमणमा रहनु भएको छ । आफ्नो जन्म दिन मनाउन र माता तिर्थ औशाी (आमाको मुख हेर्ने दिन) को अवसरमा पोखरामा रहेका मेयर शाह पोखराका पर्यटकीय गन्तव्य फेवाताल, कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्म लगायतका स्थानमा घुमघाम गर्दै व्यस्त हुनु भएको हो ।

पारिवारीक भ्रमणमा पोखरामा आउनु भएको मेयर शाह आफ्नो परिवारको साथमा शनिबार कास्की माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्ममा पुग्नु भएको हो । उक्त फार्म पुग्नु भएको मेयर शाह एक रातको बसाई पश्चात आज (आइतबार) पोखरा फर्किनु भएको हो । मेयर शाह उक्त फार्ममा आएको थाहा पाएसंगै शनिबार उक्त फार्म एवं रेष्टुरेण्टमा बेलुकासम्म उहाँलाई भेट्ने र फोटो खिच्नेहरुको अत्याधिक भिड नै लागेको गण्डकी ट्राउट फार्मका संचालक लक्षिन गुरुङले बताउनु भएको छ । उहाँका अनुसार शनिबार करिब मध्यान्हः १२ः३० बजे उक्त फार्ममा पुग्नु भएको मेयर शाह सहितको उहाँको परिवार आज बिहानको खाजा खाएर पोखरा तर्फ फर्किएको हो ।

युवा देखि किशोर किशोरीहरुले मेयर शाहसंग फोटो खिच्न घण्टौं उक्त फार्ममा बेलुकीसम्म कुरे पनि मेयर शाह पारिवारीक घुमघाममा आएकोले खासै अन्य व्यक्तिहरुसंग वोलचाल र फोटो खिच्न बाहिर ननिस्किनु भएको श्रोतको भनाई छ । मेयर शाहका दाजु पटक पटक उक्त फार्ममा यस अघि देखि आउनु भएको तथा मेयर शाह समेत विगत ५ बर्ष अघि आउनु भएको ट्राउट फार्मका संचालक अमृत र लक्षिन गुरुङ समक्ष बताउनु भएको थियो । उहाँको टिमलाई फार्मको तर्फबाट खादा लगायर स्वागत गरिएको थियो । फार्मका संचालक एवं कर्मचारीसंग मेयर शाहले सामुहिक फोटो समेत खिच्नु भएको थियो ।

बुवाआमा, दाजु भाउजु, दिदी भिनाजुसँगै पत्नी र छोरी सहित १३ सदस्य उहाँको टिम उक साता पोखरा भ्रमणमा आउनु भएको हो । उहाँले पोखराको फेवातालमा समेत डुंगा सयर गर्नु भएको फोटो भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । पोखरा क्षेत्रका अन्य पर्यटकीय गन्तव्यहरुमा उहाँ अध्ययन अवलोकन एवं भ्रमण गर्दै हुनुहुन्छ ।