राजनीति

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको मेयर दाहालद्धारा शिलान्यास

चितवन, असोज १९ भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गर्नुभयो । भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उहाँको भनाई थियो ।भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त

पोखरा १८, असोज, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंरविजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ… पुरा पढौ

नयाँगाउँमा ‘एमेच्युअर फुटबल’ सुरु,

पोखरा, १५ असोज, पोखरा महानगरपालिका १५ नयाँगाउँमा आजदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफि धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित… पुरा पढौ

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् मुख्यमन्त्री पाण्डे

पोखरा १४, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् । ‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने… पुरा पढौ

मन्त्री केसीले भने ः नयाँ भवन अपाङ्गमैत्री बनाउन ध्यान रहन्छ

पोखरा, १४ असोज, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई सात बुँदे माग बुझाएको छ । सोमबार मन्त्रालयको प्राङ्गणमा भएको भेटमा टोलीले मन्त्री केसीलाई अपाङ्गता भएका व्यक्तिको हकमा गरिनुपर्ने कामबारे विभिन्न सात वटा माग राखेको हो । प्रदेशभित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने, अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय पहुँचयुक्त हुनुपर्ने, नगर तथा प्रदेशस्तरमा पहुँचयुक्त सार्वजनिक यातायात सञ्चालन… पुरा पढौ

मुलुक विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ असोज, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०÷८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी… पुरा पढौ

पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान स्वजागरण कार्यक्रम

पोखरा १३, असोज, पोखरामा प्रदेश स्तरीय एक दिने योग ध्यान कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा शनिबार एक दिने योग ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’ गरिएको हो । कार्यक्रममा गुरु एलपी भानु शर्माले जुममार्फत जीवन विज्ञानका बारेमा जानकारी गराएका थिए । जीवन विज्ञान ७० भन्दा बढी देशमा फैलिएको शर्माले बताए । सुसंस्कृत र सभ्य गण्डकी प्रदेश बनाउन सबैभन्दा पहिले आफु भित्रको मलाई चिन्नुपर्ने आवश्यकता रहेको उनको… पुरा पढौ

राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माण कार्यलाई प्रथामिकता दिने गण्डकी प्रदेश सरकारको प्रतिवद्धता

दीननाथ बराल, पोखरा १३, असोज, गण्डकी प्रदेश सरकारले राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माणको कामलाई उच्च प्रथामिकता दिने भएको छ । गण्डकी प्रदेशको संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता सार्वजनिक गर्न आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कुरा बताउनु भएको हो । उहाँले आगामी एक बर्षमा संयुक्त सरकारले आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासीको सोचलाई मुर्त रुप दिन ५९ बुंदे साझा संकल्प र नीतिगत प्रतिवद्धत्ता व्यक्त गर्नु भएको… पुरा पढौ

पर्यटन र कृषि मुख्य प्राथमिकताः मुख्यमन्त्री पाण्डे

पोखरा, १३ असोज, एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के… पुरा पढौ

पर्यटन मन्त्रालयको विषयगत समितिको बैठक पोखरामा, प्रादेशिक ध्वजावाहक जहाज खरिद गर्ने सम्बन्धी प्रारम्भिक सहमति

दीननाथ बराल पोखरा, असोज ९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विषयगत समितिको बुधबार पोखरामा बसेको बैठकले पर्यटन शुल्क, दस्तुर संकलन, बाँडफाँट र उपयोगको सम्बन्धमा राष्ट्रिय मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । मनपरी शुल्क लिने र दोहोरो, तेहेरो शुल्क लिएको भन्दै नागरिक स्तरबाट विरोध आउन थालेपछि परिषद बैठकले मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने पोखरामा बसेको उक्त बैठकले निर्णय गरेको हो । त्यस्तै, बैठकले संघीय मन्त्रालयले तयार गरेको पर्यटन नीतिको मस्यौदा सबै प्रदेश मन्त्रालयलाई तत्काल सम्प्रेषण… पुरा पढौ