राजनीति

आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ फागुन, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ ।विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताउनुभएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्र शाहद्धारा पोखराको केदारेश्वर मन्दिरमा दर्शन (भिडियो सहित)

दीननाथ बराल, पोखरा १४, फागुन, पूर्व राजा ज्ञानेन्द्र शाह केही दिन देखि पोखरामा रहेकोले महाशिवरात्रि पर्वको अवसरमा बुधबार पोखराको केदारेश्वर महादेवमणि (मन्दिर) मा दर्शन गर्नु भएको छ । पूर्व राजा शाह सहित उहाँको परिवारले उक्त मन्दिरमा बुधबार साँझ दर्शन गर्नु भएको राप्रपाका युवा नेता अरुण गिरीले पोखराक्लिकलाई बताउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=sjcT9pHZOtg पूर्व रानी कोमल शाह, पूर्व युवराज पारश शाह सहितका पूर्व राजाको परिवारलाई राप्रपा सहित राजाबादीहरुले मन्दिरमा जयजयकार गर्दै फूलमालाले स्वागत गर्नु भएको थियो ।… पुरा पढौ

एक्यापको कारण जन अपेक्षा पुरा गर्न सकिएन–अध्यक्ष गुरुङ

गण्डकी,१४ फागुन, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जन अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुछ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन गर्दै उहाँले स्थानीय श्रोत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रयोग गर्दा स्थानीय तह श्रोतबाट बन्चित भएको बताउनुभयो । आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत परिचालन गर्ने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ उहाँले भन्नुभयो, सवै श्रोतसाधन एक्यापले नै प्रयोग गर्दा यस क्षेत्रका अन्तर्गतका १६ वटा… पुरा पढौ

फोहोर संकलन दौडमा तीनहजार युवा

पोखरा, फागुन १०, पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो । मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । दौड उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले… पुरा पढौ

समाचारको प्रभावःपोखरा रंगशालामा हुने तयारी गरिएको विराट चक्र विज्ञान कार्यक्रमः स्थगित

दीननाथ बराल,पोखरा ७, फागुन, चौतर्फी दबाबका बाबजुत यही फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने भनिएको विराट चक्र विज्ञानको कार्यक्रम स्थगित भएको छ । दुई दिन अघि यस पोखराक्लिक डटकमले प्रकाशन गरेको पोखरा रंगशालामा खेल मैदान अन्य कार्यक्रमलाई दिन दबाब, फुटवल प्रशिक्षण नै स्थगित शिर्षकमा प्रकाशन गरे पछि समाचार प्रभावका कारण आज (बुधबार) उक्त कार्यक्रम चौतर्फी दबाब आएसंगै स्थगित भएको हो । उक्त कार्यक्रमः अब हाल पोखरा रंगशालमा नहुने भएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान माचार… पुरा पढौ

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

भरतपुर, फागनु २, कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम भएको छ । महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२–८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान –कार्य सम्पादनमा आधारित० अनुदान वृद्धि भएर जानेछ । आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्दा महानगरपालिका अगाडि… पुरा पढौ

कास्कीमा पनि जनयुद्ध दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

पोखरा १, फागुन, ३० औं जनयुद्ध दिवस पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० केन्द्र कास्की शाखा सहित विभिन्न पार्टीका जनबर्गीय संघ संस्थाहरुले महान शहिद तथा वेपक्ता योद्धाहरुले मुलुक परिवर्तन गर्न पुर्याएको योगदानलाई उच्च कदर गर्दै कास्कीमा विभिन्न कार्यक्रम सहित जनयुद्ध दिवस मनाइएको पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी ९हिमाल०ले बताउनुभयो । विहिबार पोखरा सहित कास्कीमा शहिदहरुको स्मृतिमा माल्यारोपण देखि दिप प्रज्वलन तथा विचार गोष्ठी एवं रंक्तदान लगायतका कार्यक्रम कार्यक्रम भएको उहाँले जनाउनु भयो ।… पुरा पढौ

पोखरा भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने उद्धेश्य सहित बर्ष भरी विभिन्न पर्यटन प्याकेज र प्रबद्र्धन कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, फागुन, पोखरामा २० लाख पर्यटक भित्राउने उद्धेश्य सहित पोखरा भ्रमण बर्ष २०२५ को घोषणा हुने भएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा भव्य समारोहका बिच पोखरा भ्रमण वर्षको घोषणा गर्ने तयारी गरिएको पोखराका मेयर धनराज आचार्यले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । भ्रमण वर्ष घोषणाको पुर्वसन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचान सहितका झाँकी ¥याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने भएको छ । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर… पुरा पढौ

पार्टीले जनतासंग जोडिएका मुद्धामा एक भई अघि बढ्ने कास्की इन्चार्ज अधिकारीको भनाई

पोखरा २९, माघ. नेकपा माओवादी (केन्द्र) पार्टीले जनतासंग जोडिएका मुद्धामा एक भई अघि बढ्ने पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी (हिमाल) ले बताउनु भयो । गण्डकी प्रदेशसभाका पुर्व सभामुख समेत रहनु भएको अधिकारी र पर्वत जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य सुदिप कुँवर (अजय)लाई आज नेकपा (माओवादी केन्द्र) पर्वत पोखरा सम्पर्क समन्वय समितिले एक कार्यक्रमका बिच बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ । हालै सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठकले गरेको कार्यबिभाजन अनुसार कास्की जिल्ला… पुरा पढौ

नेकपा माओबादी केन्द्र कास्कीको अधिकारी पुनः इन्चार्ज

पोखरा, नेकपा(माओवादी केन्द्र) कास्कीको इन्चार्जको जिम्मेवारी पाउनु भएको नेत्रनाथ अधिकारी(हिमाल)ले कार्यभार सम्हाल्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र महासचिव देव गुरुङले हालै जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा अधिकारीलाई कास्की इन्चार्जको जिम्मेवारी दिएसंगै उहाँले कार्यभार सम्हाल्नु भएको हो । गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले उक्त निर्णय गरेको थियो तर केही दिन ढिलो परिपत्र मार्फत नेता कार्यकर्तालाई पठाइएको हो । गण्डकी प्रदेशका पूर्वसभामुख समेत रहनुभएका अधिकारीले गत वर्ष केही समेत केही समय कास्की पार्टीको इन्चार्जको जिम्मेवारी… पुरा पढौ

This will close in 20 seconds