राजनीति

पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

चितवन, माघ १० स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली… पुरा पढौ

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक

पोखरा १०, माघ कास्कीको रूपा(५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा… पुरा पढौ

पोखरा रंगशाला व्यवस्थापनको जिम्मा कास्की जिल्ला खेलकुदलाई

पोखरा ९, माघ प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै… पुरा पढौ

पूर्व मुख्यमन्त्री पोखरेललाई मातृशोक

पोखरा ९, माघ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन् । तनहुँको म्याग्देमा जन्मेकी द्रौपदाको विसं १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइकी थिइन् । पति गोवद्र्धन शर्मालाई राजनीतिमा लाग्न प्रेरित… पुरा पढौ

निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन

पोखरा, ०७ माघ निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो । आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभयो । आयोजनाले तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने उहाँले बताउनुभयो । “खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ, प्रमुख आचार्यले… पुरा पढौ

जि. स. स. कास्कीद्वारा  बिजयपूल खोला कसेरीमा निर्माणाधीन पूलको अनुगमन

पोखरा ,माघ ७ जि स स कास्कीले   बिजयपूल खोला ,कसेरीमा निर्माणाधीन पूलको अनुगमन गरेको छ। प्रमुख  लिलाधर पौडेल नेतृत्वमा काहुखोला - बिजयपूर- काफलघारी  सडक अन्तर्गत पोखरा महा नगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपूल खोला ,कसेरीमा निर्माणाधीन पूलको अनुगमन  सम्पन्न भएको हो  ।  उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , सदस्य राजु अधिकारी , हर्क बहादुर गुरुङ , सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राबिधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य… पुरा पढौ

खेलकुदको प्रबद्र्धन गर्न राखेप र गण्डकी विश्वबिद्यालय बिच सम्झौता

दीननाथ बराल पोखरा ६, माघ, खेलकुद क्षेत्रको प्रबद्र्धन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी विश्वबिद्यालय बिच सम्झौता भएको छ । पोखरा रंगशालामा शनिबार आयोजित एक समारोहका बिच राखेपका सदस्य सचिव टंकलाल घिसिङ र गण्डकी विश्वबिद्यालयका रजिष्टार डा.कैलाश तिमिल्सिना बिच तीन बर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । खेलकुदको व्याचलर कोष समावेस गरेको गण्डकी विश्वबिद्यालयले राखेपसंगको सहकार्यमा खेलकुद क्षेत्रको थप प्रबद्र्धन गरी गुणस्तरिय शिक्षा हासिल गर्न पनि थप मद्धत पुग्ने भएको राखेप सदस्य सचिव घिसिङले विश्वास व्यक्त गर्नु भयो… पुरा पढौ

एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने क्रिकेट टिमलाई सदस्य सचिवद्धारा पोखरामा हौसला प्रदान

दीननाथ बरालपोखरा ६, माघ, एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई राखेपका सदस्य सचिब टंकलाल घिसिङले भेटघाट गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्न आग्रह गर्नु भएको छ । मलेसियामा आगामी फेब्रुअरी १० बाट हुने एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने नेपाली टोली पोखराम बन्द प्रशिक्षणमा रहेको टोलीलाई शनिबार मैदानमै पुग्नु भएको सदस्य सचिव घिसिङले क्रिकेटमा राम्रो नतिजा आएकोले यसमा धेरेको अपेक्षा भएकोले अझ राम्रो खेल प्रर्दशन गर्न आग्रह गर्नु भएको हो । क्रिकेटमा… पुरा पढौ

पुर्व गर्भनर क्षेत्रीद्धारा सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्रः परेको आरोप

पोखरा ४, माघ, योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको आरोप लगाएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष… पुरा पढौ

पोखरा–१५ को खेल महोत्सव ः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम

माघ ४, पोखरा । पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो । शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का… पुरा पढौ