पोखरा, १७ माघ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन महाशाखाको सहमति सहित विधेयकको मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवत्ता टिकाराम पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण र सिचाई जलस्रोत तथा उर्जा लगायतका सरोकारवाला मन्त्रालयहरुको समेत राय समावेश गरेर तयार पारिएको विधेयकको मस्यौदा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको जानकारी दिनुभयो…
पुरा पढौ