पोखरा २३, पुष राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० का लागि गण्डकी प्रदेशमा तीन सिटका लागि आठ जनाको उम्मेदवारीको मनोनयन दर्ता गर्नु भएको छ । गण्डकीमा सत्तागठबन्धनमा रहेका नेपाली काँग्रस तथा नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) महिलातर्फ नेकपा(माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपांगता÷अल्पसंख्यक क्लस्टरमा नेपाली काँग्रेसका पदमबहादुर परियार(तनहुँ)ले मनोनयन दर्ता गराउनु भएको छ । त्यसै गरी नेकपा(एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली(स्याङ्जा), अपांगता÷अल्पसंख्यकमा…
पुरा पढौ