उपशाखा १० को ४ दिने कौशीखेती तालिम सम्पन्न

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८१ मा प्रकाशित


पोखरा, २८ जेठ.

वडा भित्र रहेका हरेक नागरिकले आफूलाई आवश्यक पर्ने सागपात तरकारी र सानातीना फलफुहरू आफ्नै घर को छतमा उत्पादन गरि हाल बजारमा ल्याइने बिषाधी मुक्त सागसब्जी उत्पादन गरि धेरै नभएनी आफूलाई बिहान बेलुकीको छाक आफ्नो मिहिनेत ले आफ्नै कौशी बारीबाट उत्पादन गरि स्वास्थ्यकार बन्ने बनाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा – १० उपशाखाले वडा कार्यालय वडा नकक १० को आर्थिक सहयोग र पोखरा महानगर पालिका कृषि महाशाखा को प्राबिधिक सहयोगमा वडा स्तरिय ४ दिने कौशी खेती, करेसा बारी खेती का साथ मल बिउ बितरण गरि सम्पन्न भएको छ ।

वडा नं १० का वडा अध्यक्ष राजेश गुरूङ्गको प्रमुख अतिथिमा ब्यानरमा हस्ताक्षर गरि सुभारम्भ गरिएको उक्त तालिमको सफलताको शुभ कामना दिनुहुदै तालिममा सहभागीहरूले आफु र आफ्ना लागी मात्र नभै आ आफ्ना छरछिमेक लाईसमेत कौशीखेती गर्न प्रेरित गराउदै लैजानु पर्ने बताउनु हुदै कौशीखेती सम्बन्धि संजाल बनाई कौशीखेती लाई आबस्यक परे सहयोग गर्ने बचन दिनु भयो ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका १५ जना सदस्यहरू द्वारा भोलिन्टिएर गरि ब्यबस्स्थित गरिएको तालिममा वडा नं १० को बिषेश आर्थिक तथा नैतिक सहयोग पोखरा महानगर पालिका कृषी महाशाखा को प्राबिधिक सहयोगमा सम्पन्न वडा स्तरिय ४ दिने कौशीखेती, करेसा बारी खेती तालिम तथा मल, बिउ र जिम्बुका बेर्ना बितरण कार्यक्रममा वडा नं १० भित्र रहेका टोल विकास सस्था र आमा महिला समितिहरूका करिब २ सय जनाको सहभागिता मा ४ दिन सम्म संचालन गरी सम्पन्न गरिएको उक्त तालिममा प्रमुख प्रशिक्षक पोखरा महानगर पालिका कृषी महाशाखाका प्रमुख मनहर कडरिया , कृषी महाशाखाका ना. प्रा. स. उमा पुन र कृषी महाशाखाका बिष्णु भट्टराई ले प्रशिक्षण दिएको उक्त तालिममा कौशीखेती बाट हुने फाइदाका बारेमा प्रस्ट पार्नुहुँदै कौशीमा खेती गर्दा अपनाउनु पर्ने काममा माटोलाई स्वास्थ्यकार कसरी बनाउने फलफूलका बोटमा झ्याम्म परेका पातहरूलाई राख्न नहुने र एक पटक बिरुवा लगाएसी अर्को पल्ट सिधै अर्को बिरुवा लगाउन नहुने लगायतका बिषयमा ईस्पष्ट बुझ्ने भाषामा सिकाइएको उक्त तालिममा तालिमका प्रशिक्षार्थी माया गुरुङ्ग भुजेल, लेक माया पुन, डीएसपी दुर्गा बहादुर कुँवर र तारा सापकोटा ले आफुले लिएको तालिम बाट प्रभावित भएको र आफू र आफ्ना छरछिमेक लाइ कौशीखेतीका बारेमा चेतना जागरण गराउने बचन दिनु भयो ।

वडा स्तरिय ४ दिने कौशीखेती , करेसा बारीखेती तथा मल, बिउ र जिम्बुका बेर्ना बितरण का साथ कम्पोष्ट मल बनाउने ड्रम ५० जनालाई ५०% छुटमा बितरण गर्ने कार्यक्रममा वडा नं १० का वडा सदस्य नरदेबी गुरुङ्ग, वडा सदस्य परमेश्‍वर बहादुर कार्की, वडा सदस्य पुर्णचन्द्र न्यौपाने, वडा न १० का वडा सचिव दमयन्ती पराजुली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उप सभापती उर्मिला खड्का , नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका निबर्तमान सभापती सम्मर बहादुर श्रेष्ठ लगायतका ब्यक्तिहरूले आ आफ्नो बिचार राख्नु भएको थियो ।

उक्त तालिममा उपशाखाका सदस्य निर्मला श्रेष्ठ ले रेडक्रस का सात सिद्धान्त बाचन गर्नु भएको कार्यक्रममा उपशाखा १० का उप सभापति पबित्रा देबी गुरुङ्ग ले उपस्थित सबैलाई स्वागत मन्तव्य द्वारा स्वागत गरिएको उक्त तालिम नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाका सभापती जीवन श्रेष्ठ को सभाअधक्ष्यतामा सम्पन्न तालिम को उपशाखाका सचिव बिन प्रसाद गुरुङ्गले संचालन गर्नुभएको थियो ।



This will close in 20 seconds