
दीननाथ बराल,
पोखरा ४, वैशाख.,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजनामा पोखरामा आज (विहिबार) देखि दुई दिने रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम÷गोष्ठी सुरु भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला सहित लुम्बिनी प्रदेशका दुई जिल्ला गुल्मी र पाल्पाका समेत रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको बोर्डले जनाएको छ ।

रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुलाई बढी प्रभावकारी बनाउदै हरेक टोल देखि वडासम्म विदेशमा गएका, विदेशबाट फर्कियर स्वदेश आएका, जान लागेका सहित विदेशमा विभिन्न ढंगले घाइते तथा अपाङग सहित मृत्युवरण भएकाहरुको समेत उचित ढंगले व्यबस्थापन गर्न उक्त तालिम आयोजना गरिएको वोर्डका कार्यकारी निर्देशक डा. द्वारीका उप्रेतीले बताउनु भयो । उहाँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै उहाँले बोर्डको काम विभिन्न पालिकामा रहेका फोकल पर्सनले आफ्नो जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो ।
बैदेशीक रोजगार बोर्डले १६ वटा बिषयमा यस बर्ष २१ हजार जनालाई तालिम दिन लागेको बताउनु भयो । उक्त तालिम प्रभावकारी र सबै क्षेत्रका जनताले लिन सक्ने गरी काम गर्न कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । टोल, वडाबाट विभिन्न पालिकाहरुमा भएका तालिमहरुको सिफारिस गर्ने तथा तालिम दिनको लागि प्रोत्साहन गर्न अनुरोध गर्दै निर्देशक डा.उप्रेतीले निर्देशन दिनुभयो । दार्चुलामा कुनै तालिम भए ताप्नेजुङको व्यक्तिले समेत चाहेको अबस्थामा उक्त तालिम लिन सक्ने उहाँले बताउनु भयो ।
विदेश जानेहरुको लागि अनिवार्य तालिमको व्यबस्था गर्नुपर्ने उहाँले बताउनु भयो । रोजगार संयोजकले नै अनुगमन, छनौट गर्ने, डकुमेन्टेसन र तालिम व्यबस्थापन गर्ने जिम्मा लिनुपर्ने निर्देशक उप्रेतीको भनाई थियो । अलपत्र परेका झुटा मुद्धा लागेका, घाइते, अपाङग भएका, मानसिक रुपले विछिप्त भएका, एउटा कम्पनीलाई छाडेर अन्य कम्पनीमा गएका, ठुलै दुर्घटनामा परी मृत्युवरण गर्नुपर्ने अबस्थालाई राहत उपलब्ध गराउने, क्षतिपुर्तिको व्यबस्था मिलाउने, उद्धार सहित मुद्धा लड्ने समेत भूमिका रोजगार संयोजको भूमिका हुने उहााको भनाई थियो । पालिकामा प्रभावकारी ढंगबाट वैदेशी रोजगारमा गएका वा फर्किएकाहरुको हकहितमा काम गर्न कर्मचारीलाई सुझाव दिनुभयो । ११४१ मा सम्पर्क गर्दा बैदेशी रोजगार बोर्डको धेरै सूचनाहरु लिन सकिने उहाँले जनाउनु भयो । द्विदेश जानेहरुका लागि दक्ष बनाउन सिप सिकाउने उद्धेश्यले ५ हजारलाई तालिम दिने भएको बोर्डले जनाएको छ ।
श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेस ढकालले धेरै संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुले अझै पनि न्यूनतम तलव प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले अहिलेको अबस्थामा सामाजिक सुरक्षा कोषमा पनि धेरै संघ संस्थाहरु नगएको दाबी गर्नुभयो । सचिव स्तरिय बैठकले आगामी दिनमा सामाजिक सुरक्षा कोष लागु नभएका कुनै पनि संघ संस्था वा होटल एवं रेष्टुरेण्टहरुमा समेत कुनै काम नगर्न दिएको निर्देशन यस क्षेत्र गण्डकी प्रदेशमा समेत लागु गर्न लागेको प्रमुख ढकालले जनाउनु भयो । २ सय ७० वटा संस्थागत बिद्यालयहरुलाई समय तोेकेरै वैशाख मसान्तर भित्र सामाजिक सुरक्षा कोषमा लैजान निर्देशन दिएको उहाँले बताउनु भयो । पोखरा महानगरपालिका भित्रका १ सय ५० वटा संस्थागत बिद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा लैजान आग्रह गरेको प्रमुख ढकालले जनाउनु भयो । १ सय ६० वटा सहकारी संस्थाहरुलाई समेत समय तोकेर असार मसान्तर भित्र सामाजिक सुरक्षा कोषमा लेैजान परिपत्र गरिएको समेत उहाँले जनाउनु भयो ।
विभिन्न यातायात प्रालि तथा ८५ वटै पालिकाहरुलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको भए कार्वान्वयन गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन समेत पत्रचार गरिएको अध्यक्ष ढकालले जनाउनु भयो । उहाँले भन्नुभयो “सामाजिक सुरक्षा कोष बाध्यात्मक अबस्था हो, कानूनि बाध्यता भएकोले परिपत्र समेत भएकोले त्यसको कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमा अनिर्वारुपमा लैजानु पर्छ ।”
सामाजिक सुरक्षामा जानु पर्ने बताउदै उहाँले न्यूनतम पारिश्रमिक समेत लागु नभएका कुनै पनि संस्थामा सरकारी काम नगर्न सरकारी निकायलाई आग्रह गरिएको छ । केही दिनमा ८५ वटै पालिकामा परिपत्र गरिने भएको छ । बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी, वोर्डका शाखा अधिकृत हरि प्रसाद चपाई लगायतले कार्यक्रममा वोल्नु भएको थियो ।





