राजनीति

नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्नेः पूर्वजनरल महता

दीननाथ बराल, पोखरा २६, कार्तिक, भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले भारतमा नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्ने बताउनु भएको छ । २÷५ जी आर ९एफ एफ० ९भी।सी।पल्टन० पूर्व सैनिक परिवार पोखराको १३८ औं जन्म जयन्ती को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा आइतबार पोखरामा वोल्दै पूर्वजनरल मेहताले सयौं देखि नेपाल र भारत बिचको सम्बन्ध छुट्टै रहेको उल्लेख गर्दै केही बर्ष देखि स्थगित भएको भर्ती केन्द्रलाई पुनः संचालन गर्न आग्रह गर्नु भएको हो । यस बिषयमा नेपाल सरकारले भारत समक्ष पुनः… पुरा पढौ

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष उद्घाटन

पोखरा, २५ कात्तिक पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुुभएको हो । बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौवटा विस्तारा, थेरापी मेसिन एवम् औषधी उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य विमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुुभयो ।स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज… पुरा पढौ

व्यवसायीद्वारा तत्काल अन्तर्राष्ट्रिय उडानको माग

पोखरा, २४ कात्तिक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि… पुरा पढौ

पोखरा एभेन्जरर्सको पोखरामा ¥याली प्रर्दशन, क्रिकेट खेललाई उद्योगको रुपमा विकास गछौं अध्यक्ष त्रिपाठी (डिभियो) सहित

दीननाथ बराल, पोखरा २२, कार्तिक, नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको साथ र सहयोगको अपेक्षा सहित विहिबार पोखरामा अग्रिम रुपमा पोखरामा ¥याली प्रर्दशन गरिएको हो । क्रिकेट खेलको प्रबद्र्धन गर्न पोखरा एभेन्जर्सले पोखरामा ¥याली प्रर्दशन गरेको हो । दक्षिण अफ्रिकाका चर्चीत (लेजेन्ड) खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्स सहित सहभागि र्यालीमा पोखरेली क्रिकेट प्रेमीहरुहरुको सहभागिता रहेको थियो । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले पोखरामा आयोजना भएको र्यालीले आफुहरुलाई हौसला मिलेको बताउनु भयो… पुरा पढौ

पोखराका मेयर आचार्य इजिप्टको राजधानी कायरोमा

पोखरा १९, कार्तिक एशियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम तथा ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल“ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य इजिप्टको राजधानी कायरो जानु भएको छ । मेयर आचार्य बक्ताका रुपमा भाग लिन आइतबार कायरो प्रस्थान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । “सबै कुरा घरबाट सुरु हुन्छः दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप“ भन्ने नाराका साथ १५० भन्दा बढि राष्ट्रहरुको सहभागीतामा हुने कार्यक्रम नोभेम्बर ४ देखि… पुरा पढौ

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई अर्पण साहित्यमा राजनिती घुस्योःकुलपति विखर्ची

पोखरा १५ कार्तिक, यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएकोे छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई विहीवार एक कार्यक्रमका विच प्रदान गरिएको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले अर्पण गर्नुभयो । लामो समय देखि अस्वस्थ रहनुभएका साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागी मदन पुरस्कार प्राप्त… पुरा पढौ

गण्डकीका प्रदेश प्रमुख भट्टद्धारा तिहारको शुभकामना व्यक्त

पोखरा १५, कार्तिक, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको हो । सन्देशमा उल्लेख छ –… पुरा पढौ

प्रकृति र संस्कृति पर्यटन विकासको आधार–नेता अधिकारी

गण्डकी, १४ कात्तिक ः नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताउनु भएको छ । नेकपा (एमाले) पोखरा १७ द्धारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापालन कार्यक्रममा बोल्दै उहाँले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नु पर्ने बताउनुभयो । गण्डकी प्रदेशका निवर्तनमा मुख्यमन्त्री समेत रहनु भएका अधिकारले प्राकृति सम्पदान र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो । भ्रष्टाचारी र सहकारीको वचत अवचलन गर्ने कुनै… पुरा पढौ

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

पोखरा, कात्तिक १३, पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फुलका माला र पूूmलका गुुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य पूूmलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वि।स। २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य पूूmलगुुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा… पुरा पढौ

सरकारले विलाशिता क्षेत्रमा बढी लगानी गर्योः अध्यक्ष नेपाल (भिडियो सहित)

दीननाथ बराल,पोखरा १२, कार्तिक, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले आवश्यकता भन्दा बढी विलाशिता क्षेत्रमा बढी लगानी गरेको आरोप लगाउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो देशको आर्थिक अबस्था भन्दा बढी महत्वकाक्षि भई अनावश्यक भौतिक संरचनामा ठुलो लगानी गरेको आरोप लगाउनु भएको हो । धेरै सोच विचार गरेर अति आवश्यकताको आधारमा मात्र भवन तथा कुनै पनि पालिकाहरुको प्रशासनिक भवन… पुरा पढौ