राजनीति

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ स्थायी कमिटी सदस्य अधिकारी

पोखरा ५ साउन, नेकपा ९एमाले० स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो । ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’… पुरा पढौ

गण्डकीका मन्त्री विन्दुुकुमार थापाले गरे कास्की कारागारको निरीक्षण

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए । “कास्की कारागारको आज निरिक्षण गरेको छु । बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ ।”, उनले भने… पुरा पढौ

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा। महावीर पुन भरतपुरमा

चितवन, साउन ४, पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा। महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उहाँले अन्तरक्रिया गर्नुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा। पुन यस अभियानमा लागेका छन् । कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा। पुनको अभियान सकारात्मक रहेको बताउनुभयो… पुरा पढौ

तीन तहमा पहुचका आधारमा बजेट बन्छः प्रोजेक्ट बैंकका योजनाले प्रथामिकता पाउदैनः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल, पोखरा ३, साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि भन सुन र पहुचका आधारमा बजेट बन्ने बताउनु भएको छ । गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले बिहिबार पोखरामा आयोजना गरेको आयोजना अबधारणा पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले अझै पनि स्थानिय तह, प्रदेश र संघिय सरकारका आयोजनाहरु मध्य ५० प्रतिशत जसो पहुचका आधारमा योजनाहरु छनौट हुने गरेको दाबी गर्नु भएको हो । प्रोजेक्ट बैंकबाट योजनाहरु छनौट गरी बजेट निर्माणमा त्यसलाई प्रथामिकता दिन खोज्दा देशमा हुने अस्थिर राजनीतिक… पुरा पढौ

भरतपुर–२० मा बारुण यन्त्र इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ

चितवन, साउन ३ पश्चिम भरतपुरलाई लक्ष्ति गर्दै वडा नम्बर २० बाट सेवा पु¥याउने गरि बिहिबारबाट बारुण यन्त्र ९दमकल० इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो इकाईको उद्घाटन गर्नुभयो ।पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद तथा विपदजन्य घटनाहरुलाई न्यूनीकरण गर्ने उद्वेश्यले बारुण यन्त्रको सेवालाइ थप व्यवस्थित र विस्तार गरिएको महानगरले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर दुई नदी र जंगलले घेरिएको ठाँउ भएकाले यहाँ… पुरा पढौ

त्रिशूली नदीमा खसेर ज्यान गुमाएका परिवारलाई महानगरले दियो दुई लाख

चितवन, साउन ३, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर–२२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो । भरतपुर महानगरपालिकाको हिजो बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो । सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गर्नुभयो ।… पुरा पढौ

गण्डकी विश्वविद्यालयले गर्यो “एमआइटी एआई” विषय सार्वजनिक

गण्डकी विश्वविद्यालयमा एमआइटी एआई कार्यक्रम सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स कार्यक्रमको सार्वजनिक गरेको हो । अब सो सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले उक्त अवसर गण्डकी विश्वविद्यालयमा पाउनेछन् । सेप्टेम्बर महिनाबाट एमआइटी एआईको कक्षा सुरु हुने जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए । प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको भन्दै… पुरा पढौ

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बिच सामञ्जस्य खोजेर काम गरिने जानकारी दिएकी छिन् ।प्रनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा मन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि एक महिनाभित्र खाका तयार गर्ने बताइन् । नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनका क्रममा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन जारी भएको थियो । विद्यालय शिक्षा विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता… पुरा पढौ

पहिरोमा ज्यान गुमाएकाको परिवारलाई लायन्सको सहयोग

पोखरा १ साउन, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ काउरेमा पहिरोमा घर पुरिँदा ज्यान गुमाएकाको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । असार २२ गते गएको पहिरोमा परेर ज्यान गुमाएका श्याम भण्डारी, अनिसा बाँस्तोला र हिरा नेपालीको परिवारलाई सहयोग गरिएको हो । तीनै जनाको परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । डिष्ट्रिक्ट गभर्नर मिलन थापा सहितको टोलीले मंगलबार मृतकका परिवारसँग भेटघाट गरेर सो रकम हस्तान्तरण गरेका हुन्… पुरा पढौ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने निर्णय लाई सदर गरेकी छन । मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् । शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी… पुरा पढौ