राजनीति

गोर्खा र कास्कीमा बढी बजेट परेको बिषयमा प्रष्ट्याउदै मुख्यमन्त्री पाण्डे, केही दिन अघि आक्रोश पोख्नु भएको सदनमा कुल…

दीननाथ बराल,पोखरा, १३ असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही दिन अघि पत्रकार माथि र सांसदहरु माथि आक्रोश पोख्नु भएकोमा आज संसदमा बजेट माथि उठेका प्रश्नको जबाफ दिदा भने निकै भावुक तथा नरम स्वभावमा जबाफ दिनु भएको छ । गोर्खा र कास्की जिल्लामा बढी बजेट विनियोजन हुनुका पछाडि प्रष्ट कारण प्रस्तुत गर्दै उहाँले शुक्रबारको प्रदेशसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनु भएको हो । पुराना बहुवर्षीय योजनाहरू र प्रशासनिक संरचनाको केन्द्रिकरणलाई उहाँले मुख्य कारण देखाउनु भयो । प्रदेश सरकार स्थापना (२०७४)… पुरा पढौ

पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान ३४ प्रतिशत सम्पन्न

दीननाथ बराल, पोखरा १२, असार, पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान हाल ३४ प्रतिशत सम्पन्न भएको छ । गत जेठ १७ गतेदेखि सुरु भएको उक्त कार्यको हालसम्म ३ सय ६० पिल्लरहरु गाडिएदा ३४ प्रतिशत सीमा स्तम्भ गाड्ने अभियान सम्पन्न भएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनु भयो । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम तिव्र पारिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाको ६५ करोडको बजेट, गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादनमा जोड

दीननाथ बराल, पोखरा, ११ असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार आयोजित गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले आउँदो बर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी गर्नु भएको हो । चालु वर्षको तुलनामा यसपटकको बजेट भने बढ्त्तरी भएको छ । आउदो बर्षको बजेट चालु बर्षको तुलनामा ७.६४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षमा ६० करोड ५२ लाख ७५ हजार ३८६ रुपैयाँको बजेट विनियोजन… पुरा पढौ

भ्रष्टाचारमा मबाटै छानबिन सुरु गर्न सकिन्छ ः अध्यक्ष डा. बाबुराम भट्टराई (भिडियो सहित)

दीननाथ बराल, पोखरा, असार ११, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफू कहिल्यै भ्रष्टाचारमा संलग्न नभएको दाबी गर्दै अहिले पनि आफुबाटै छानबिन सुरु गर्न चुनौती दिनुभएको छ । नयाँ शक्ति गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले देशमा तीन ठुला दलबाट भ्रष्टचार भएको दाबी गर्दै आफुमा कुनै शंका लागेमा आफुबाटै छानविन गर्न सकिने बताउनु भएको हो । https://www.youtube.com/watch?v=0SJjHU8MsLw डा. भट्टराईले भन्नुभयो “मैले कहीँ कतै राज्यलाई एक रुपैयाँ नोक्सान हुने काम गरेको… पुरा पढौ

मादी गाउँपालिकाले बजेट ल्याउन सकेन, मुल्याङकनमा असर पर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको मादी गाउँपालिकाको १७औं गाउँसभा अनिश्चितकालका लागि स्थगित भएपछि आगामी आर्थिक वर्षको बजेट आउन सकेन् । नेपालको संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर मादीमा दुई ठुला पार्टी नेताहरु बीचको विवादका कारण यो कार्य समयमै हुन सकेन। गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। तर, छलफलकै क्रममा नियम उल्लङ्घनको आरोप लागेपछि बैठक नै स्थगित भयो। सोमबारको छलफलमा कांग्रेस र एमालेनिकटका केही सदस्यबीच भनाभन भएपछि बैठक अवरुद्ध भयो।… पुरा पढौ

बजेटका बिषयमा पत्रकार माथि मुख्यमन्त्री पाण्डेले यसरी आक्रोश पोख्नुभयो (भिडियो सहित)

दीननाथ बराल,पोखरा १०, असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार माथि आक्रोश पोख्नु भएको छ । हिजोआज बजेटका बिषयमा सदन देखि सडकसम्म चर्को विवाद भएसंगै मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्दै उहाँले पत्रकार माथि आक्रोश पोख्नु भएको हो । https://www.youtube.com/watch?v=50FdUrrRgYg सूचनाको हकका लागि राष्ट्रिय महासंघको आयोजनामा मंगलबार पोखरामा आयोजना भएको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री पाण्डेले प्रमाण विना सामाजिक संजालमा आएका आधारमा समाचार बनाउनु गलत भएको उल्लेख गर्नुभयो । मुस्ताङ जिल्लामा भन्दा मुख्यमन्त्रीको जिल्लाको… पुरा पढौ

माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् । संघीय सरकार तर्फ वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको गाँउसभा स्थगित, दुई पार्टीका सदस्य बिच बिबाद

दीननाथ बराल,पोखरा ९, असार, कास्कीको मादी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले आउँदो बर्षको लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरे पश्चात टेवल भई छलफलकै क्रममा केही सदस्यहरुले नियम आपती जनाएसंगै सोमबार नै बजेट ल्याउने तयारी गरे पनि बैठक स्थगित भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । मादी गाउँपालिकाका पालिकाका सदस्य सचिव धनेन्द्र भूजेलले जारी गरेको गाउँसभा स्थगित सम्बन्धि सूचनामा अर्को सूचना प्रकाशन नहुँदासम्म मादी गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन स्थगित भएको उल्लेख गरिएको छ ।… पुरा पढौ

भरतपुर महानगरपालिकाको १७ औँ नगरसभा सकियो

चितवन, असार ९, आइतबारदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा (आज) सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष  २०८२÷०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन समिति, सुशासन समिति, न्यायिक समिति तथा लेखा समितिको प्रतिवेदन र राजस्व र व्ययको अनुमान (बजेट), आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२… पुरा पढौ

गण्डकी प्रदेशसभा हलमा बजेटको किताब च्यात्दै सांसद जुग्जालीको आक्रोश ः ‘यो अन्यायको दस्तावेज हो’

दीननाथ बरालपोखरा, असार ९, गण्डकी प्रदेशसभामा सोमबार एक असाधारण दृश्य देखियो, जब नेकपा (माओवादी केन्द्र) का सांसद तथा गण्डकीका पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम बहादुर जुग्जालीले सदनको रोष्ट्रमबाटै बजेटको पुस्तक च्यात्दै सरकारको बजेटप्रति तीव्र असन्तुष्टि पोखे। सभामुख समक्ष अनुमति माग्दै उनले उक्त बजेट च्यातेका हुन् । विशेषगरी म्याग्दी जिल्लालाई अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै उनी असन्तुष्ट मात्रै होइन, आक्रोशित हुदै भौतिक पूर्वाधार मन्त्रालयले म्याग्दीका लागि साढे ३ करोड मात्र बजेट विनियोजन गरेको भन्दै उनले प्रश्न उठाए, “म्याग्दीको भूगोल थाहा… पुरा पढौ

This will close in 20 seconds