पोखरा, २० साउन नेपाली काँग्रेस कास्कीले राष्ट्रपति सहित संघीय सरकारका नौ जना मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ ।कास्की काँग्रेसले राष्ट्रपति सहित मन्त्रीहरुसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकता बारेमा जानकारी गराएको सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ष्ट्रिय विमानस्थल सहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो मंहगी बारेमा मन्त्रीहरुको ध्यानार्षण गराएको थियो । ‘मन्त्रीहरुसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकता बारे सरकारको ध्यानाकर्षण पनि गरायौं,…
पुरा पढौ