राजनीति

गण्डकी प्रदेशसभा हलमा बजेटको किताब च्यात्दै सांसद जुग्जालीको आक्रोश ः ‘यो अन्यायको दस्तावेज हो’

दीननाथ बरालपोखरा, असार ९, गण्डकी प्रदेशसभामा सोमबार एक असाधारण दृश्य देखियो, जब नेकपा (माओवादी केन्द्र) का सांसद तथा गण्डकीका पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम बहादुर जुग्जालीले सदनको रोष्ट्रमबाटै बजेटको पुस्तक च्यात्दै सरकारको बजेटप्रति तीव्र असन्तुष्टि पोखे। सभामुख समक्ष अनुमति माग्दै उनले उक्त बजेट च्यातेका हुन् । विशेषगरी म्याग्दी जिल्लालाई अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै उनी असन्तुष्ट मात्रै होइन, आक्रोशित हुदै भौतिक पूर्वाधार मन्त्रालयले म्याग्दीका लागि साढे ३ करोड मात्र बजेट विनियोजन गरेको भन्दै उनले प्रश्न उठाए, “म्याग्दीको भूगोल थाहा… पुरा पढौ

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट सार्वजनिक गर्‍यो

पोखरा, असार ९ कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड… पुरा पढौ

पोखराको बजेट ल्याउदा मिलेन तालमेल…हल पनि खाली जस्तै..

पोखरा, क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ । संविधान त यही असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याएसंगै असार १० गते भित्र बजेट ल्याउनु पर्ने बाध्यतामा रहेको महानगरले यसपाली भने ८ गते नै बजेट ल्याउदा हतार हतारमा ल्याउदा कतै तालमेल नमिलेको देखियो । बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ… पुरा पढौ

विपन्न तथा मध्यम बर्गका व्यक्तिको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख प्राप्त हुने,

पोखरा ८, असार, पोखराका विपन्न तथा मध्यम आय भएका परिवारको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख उपलब्ध गराउने भएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रमः आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त योजना सार्वजनिक गरेकी हुन् । उक्त शिर्षकमा कति बजेट विनियोजन भएको सोको बिषयमा उहाँले बजेटमा खुलाउनु भएन त्यसको लागि केही दिन पनि सार्वजनिक हुने रातो कितावमै हेर्नु पर्ने भएको छ । समग्र सामाजिक… पुरा पढौ

पोखराको बजेट ८ अर्ब ३५ करोड

दीननाथ बराल,पोखरा ८, असार, पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो । उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय… पुरा पढौ

कास्की काँग्रेसको प्रशिक्षण

पोखरा, ७ असार, नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो । जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई… पुरा पढौ

सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन आउछःः मन्त्री गुरूङ

दीननाथ बराल, पोखरा ५, असार. नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन प्राप्त हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले विहिबार पोखरामा आयोजना गरेको सामाजिक सुरक्षा कोषमा बृहत आवद्वता सम्बन्धि पत्रकारसंग संवाद कार्यशालामा सम्बोधन गर्दै उहाँले धेरै कर्पोरेट हाउसको विज्ञान हाल सामाजिक संजाल मार्फत गएकोले अब सामाजिक संजाललाई सरकारले नियमन गर्ने वित्तिकै संचार माध्यम मार्फत उक्त बिज्ञापन प्राप्त हुने दाबी गर्नुभयो । सामाजिक संजालले समाजमा… पुरा पढौ

बिमा प्रभाबकारी बनाउन साम्सद कार्कीद्वारा सरकारको ध्यानाकर्षण

४ असार ,पोखरा, गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २९१० बाट ने क पा ९ एमाले ० को तर्फबाट निर्बाचित प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बिमा प्रभाबकारी बनाउन गण्डकी प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराएका छ्न । बुधबार गण्डकी प्रदेश सभाको शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै साम्सद कार्कीले बिमा कम्पनी र सरकारको लापरबाहीका कारण बिमाकर्ता र सेवाग्राहीहरूमाथी अन्याय भएको भन्दै सो ध्यानाकर्षण गराएका हुन। कार्कीले जीवन बिमा, स्वास्थ्य बिमा र दुर्घटना बिमामा बिमित रकम भन्दा कम रकम… पुरा पढौ

चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवचः प्रदेश प्रमुख भट्ट

पोखरा, २ असार, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ । एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोति ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल… पुरा पढौ

नेकपा माओवादी (केन्द्र) पोखरा महानगरको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित

पोखरा, १ असार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा भएको पदाधिकारीको निर्वाचनबाट भण्डारीले निकटतम प्रतिस्पर्धी जनकराज पराजुलीले १६ मत अन्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । भण्डारीले ५१ मत ल्याउदा पराजुलीले भने ३५ मत ल्याउनुृ भएको निर्वाचन समितिले जनाएको छ । जेठ २७ गतेदेखि सुरु भएको महानगर सम्मेलनमा प्रारम्भमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति नजुटेपछि अन्ततः मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो। ८६ जना बिच… पुरा पढौ

This will close in 20 seconds