समाचार

नेपालमै पहिलो पल्ट पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप हुने

पोखरा, १३ माघ । पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ । विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । यो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ । शनिबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा… पुरा पढौ

पोखरामा खुल्ला नेपाल स्नोकर प्रतियोगिता सुरु

पोखरा १३, माघ पोखरामा आज (शनिबार) देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० सुरु भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन पोखरा ६ स्थित वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले गर्दै संसारमा लोकप्रिय खेल स्नोकरलाई नेपालमा अझै व्यबस्थित बनाउनु पर्ने बताउनु भयो । खेलकुदले व्यक्तिलाई आत्म अशुसासन, समाजमा शान्ति सुरक्षा समेत कायम गर्न मद्वत पुग्ने उहाँले बताउनु भयो ।… पुरा पढौ

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

पोखरा, १३ माघ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ । व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका(५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका(४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ । नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर… पुरा पढौ

पोखरामा शनिबार स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा शनिबार स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुनेपोखरा, माघ १२ । हार्मोनी पोखरा र एभरेस्ट एफएम सह आयोजनामा भोलि(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो । डिजिटल साउण्ड… पुरा पढौ

मिडिया विधेयक मिडियामैत्री आउने मुख्यमन्त्रीको भनाई

पोखरा १२, माघ नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन् । गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित भएका छन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ । आर्थिक पत्रकारिता पुरस्कार २०७८… पुरा पढौ

पोखरामा भोलि देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता हुने

पोखरा १२, माघ पोखरामा भोलि (शनिबार) देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना शनिबारदेखि पोखरामा पहिलो पटक हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो । पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना… पुरा पढौ

गोर्खा मिडियाद्वारा लोकदोहोरी गायक पौडेल पुरस्कृत

पोखरा, माघ १२ गोर्खा मिडियाले लोक तथा दोहोरी गायक रामजी पौडेललाई सम्मान गरेको छ । शुक्रबार आयोजित समारोहमा गोर्खा मिडियाका सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुम तमुले नगद १० हजारसहित सम्मान गरे । गोर्खा मिडिया लिमिटेड, बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव अवसरमा यसअघि घोषित उक्त पुरस्कार शुक्रबार हस्तान्तरण गरिएको गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले बताए । संस्थाले बेलायत र काठमाडौंमा यसअघि कार्यक्रम गरी विभिन्न व्यक्तित्वलाई सम्मान गरिसकेको छ । कास्कीको भदौरेतामागीमा जन्मिएका रामजी पौडेल लोकदोहोरी क्षेत्रमा… पुरा पढौ

पेशागत विमा अधिकर्ता संघ लेखनाथमा नयाँ नेतृत्व

लेखनाथ, १३ माघ पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति लेखनाथको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि वर्तमान सह सचिव सु्न्दर शर्मा पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा आगामी दुई वर्षका लागि चयन भएको समितिको उपाध्यक्षमा प्रतिक्षा रानाभाट सचिवमा वलवहादुर श्रेष्ठ,कोषध्यक्षमा धन कुमारी वराली,सह सचिवमा सुरक्षा भट्टराई र सदस्यहरुमा मुरलीमोहन तिवारी,यम कुमारी भुजेल,मेनुका भण्डारी र प्रतिक्षा पौडेल रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत… पुरा पढौ

पोखराको करबृद्धिमा राप्रपा नेपालको आपत्ति

पोखरा, १२ माघ राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाले २ सय प्रतिशतसम्म बृद्धि गरेको राजश्वको घोर विरोध गरेको छ । पोखरा महानगरपालिकाले २०८०।०८१ का लागि अनायास बढाएको राजश्व (घरजग्गा कर) कस्केली जनताको मर्म र भावना अनुकुल नभएको र विकास निर्माणमा समेत गुणस्तरहिन काम भएकोले उक्त कर बृद्धिको घोर भत्र्सना गरेको छ । राप्रपा नेपाल जिल्ला कार्य समिति कास्कीले शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउँदै देशमा चरम आर्थिकक मन्दी भएको र जनतालई हाम्रो सरकार छ भन्ने अनुभूति समेत नभइरेको… पुरा पढौ

अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङलाई

हेमजा, १२ माघ लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा २५ हेमजामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८० को उपाधि हेमजा बोडिङ स्कुलले हात पारेको छ । स्नो भ्यु इङलिस बोडिङ स्कुल र हेमजा बोडिङ स्कुल बिच भएको फाइनल खेलमा हेमजा बोडिङले ०(२ गोलले बिजयी भएको छ । हेमजा बोडिङको तर्फबाट जर्सि न ११ का समीर कुँवर र जर्सि न ७ का बिनय नेपालीले गोल गरेका थिए । हेमजा बोडिङका बिशाल गुरुङ उत्कृष्ट खेलाडी धोसित भए । त्यस्तै सर्वादिक गोलकर्तामा बिनय… पुरा पढौ