समाचार

गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न

गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा रंगशालमा सम्पन्न भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान… पुरा पढौ

निस्शुल्क दन्त शिविरमा २२७ लाभान्वित

रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार निस्शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा।लिको प्राबिधिक सहयोग तथा वडा नं। २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २२७ जना लाभान्वित भएको कार्यक्रम संयोजक बिकल थापाले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोय बहादुर भट्टराईले सफलताको शुभकामना दिदै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा बिष्णु पादुका मा।बिका अध्यक्ष… पुरा पढौ

प्रियाः मुक्तक सङग्रहको लोकार्पण तथा परिचर्चा

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रियाः मुक्तक सङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् । कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए।उनले विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए । पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता हराउँदै गएको तर्फ उनले… पुरा पढौ

लेकसाइडलाई कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

पोखरा, ९ चैत पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ । बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो । खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए । उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक… पुरा पढौ

व्याजदर एकल अंकमा ल्याउन पोखराका पर्यटन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीहरुले व्याजदर एकल अंकमा ल्याउन माग गर्नु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज भेटेर उक्त माग सहित ६ बुंदे ज्ञापन पत्र पेश गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, चालुपँुजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपँुजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने माग… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

काठमाण्डौं ९, चैत नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०र्’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएकोे हो । साहसले अवार्ड… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पुरा

पोखरा, ९ चैत , नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको… पुरा पढौ

सर्वेश्वर मार्गका व्यवसाय अब देखि शनिबार पनि खुल्ने

पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ । शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट सामान खरिद गर्न आउने थोक… पुरा पढौ

पोखरामा शनिबार भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने

पोखरा ९, चैत, पर्यटनको राजधानि पोखरामा भोलि (शनिबार) भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र नेपाल पर्यटन बोर्ड तथा पोखरा पर्यटन परिषदको समन्वयमा शनिबार पोखराको बाराहीघाँटमा उक्त कार्यक्रम हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भारतको ओडिसा नृत्य सहित नेपालको समेत नृत्य प्रर्दशनी हुने भएको छ । बेलुका ५ः०० जबे देखि साँझ ७ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो । पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा भएको… पुरा पढौ

पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव मनाउने तयारी

पोखरा ९, चैत पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव २०८० मनाउने तयारी गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्ष देखी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको सन्दर्भमा आइतवार होली पुर्णिमाको अवसरमा होली महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । रंगै रंगको पर्व, मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको… पुरा पढौ

This will close in 20 seconds