समाचार

ल्होछारमा आयोजित छेलोमा युवराज प्रथम

पोखरा, १७ पुस तमु जातिको महान पर्व, नयाँबर्ष मुप्ह«ी ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ। हि ल्होको विदाई र मुप्ह«ी ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित अन्तिम दिन पुस १६ गते आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङ विजेता र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता हुदै क्रमशः २५ हजार र १० हजार नगदसहित पुरस्कृत हुनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी… पुरा पढौ

राखेपको भौतिक पूर्वाधार अध्ययनको टोली नवलपुरमा

पोखरा १७, पुष राष्ट्रिय खेलकुद परिषद हालै गठन गरेको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको उक्त टोली हाल गण्डकी प्रदेशको नवलपुर जिज्लामा पुगेको छ । उक्त समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, समितिका सदस्य एवं साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका (नासु) डम्बर बहादुर (डिबी) नेपाली अर्को सदस्य एवं जिल्ला खेलकुद विकास समिति कास्कीका इन्जिनियर अनिल अधिकारी लगायतको सहभागिता रहेको थियो । टोलीले मंगलबार गैडाकोटमा रहेको खेल मैदान… पुरा पढौ

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा तथा बालबालिका प्रयोग नगर्न निर्देशन

काठमाडौँ १७, पुष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नगर्न तथा बालबालिकाहरूलाई समेत सहभागी नगराउन निर्देशन दिनुभएको छ । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचारले चर्चा पाएसंगै प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ । प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन गरिएको… पुरा पढौ

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुष २० देखि पोखरामा

दीननाथ बराल, पोखरा १७, पुस कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले पोखरामा यही पुष २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म उक्त प्रदर्शनी हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रदर्शनीमा ७० भन्दा बढी व्यावसायिक तथा सेवामुलक स्टलहरू हुने भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिव ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो… पुरा पढौ

अवसर दिएमा हिमालय एयरलायन्सले पोखरामा अन्तरास्ट्रिय उडान गर्ने

पोखरा १७, पुष हिमालय एयरलायन्स कम्पनीले आफुहरुलाई अवसर दिएमा पोखराबाट नियमित अन्तरास्ट्रिय हवाई उडान गर्ने जनाएको छ । पोखराका पर्यटन व्यवसायी, रास्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिना सहितको छलफल कार्यक्रममा कम्पनीका अध्यक्ष झाओ एनयोंगले आफुहरुलाई अनुमती दिएको अबस्थामा पोखरामा अन्तरास्ट्रिय हवाई उडान गर्ने जनाउनु भएको हो । सबै तर्फबाट सहयोग प्राप्त हुने वातावरण सृजना भएमा हिमालयन एयरलायन्सले पोखराबाट नियमित चिन लगायतका अन्य पर्यटकीय गन्तव्यसम्म पनि उडान गर्न आफुहरु तयार रहेको उहाँले जनाउनु भयो । अध्यक्ष झाओले पोखराबाट अन्तरास्ट्रिय उडान गर्न… पुरा पढौ

पोखरामा गत आर्थिक वर्षमा ७ जना गर्भवती महिलाको मृत्यु

पोखरा, पुस १७ गते पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् ।उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता दुुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८ की… पुरा पढौ

युवा रेडक्रस सर्कल छोरेपाटन माबिको रक्तदानमा ३७ युनिट संकलन

पोखरा १७, पुष छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्तो अत्यन्तै राम्रो कार्य नियमित रुपमा हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको वताइन् । कार्यक्रम छोरेपाटन मा.बि. व्यवस्थापन समितिका अध्यक्ष वद्रिनाथ पहारी, विद्यालयका प्रधानाध्यापक तथा संरक्षक डिल्लिराम… पुरा पढौ

पोखराको होटलमा एक युवाको रहस्यमय मृत्यु

दीननाथ बरालपोखरा १७, पुष पोखराको होटलमा एक युवाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । कास्कीको माछापुच्छे««« गाउँपालिका ७ धम्पुसका करिब २७ बर्षीय विकास बिश्वकर्माको पोखरा चाउथेको एक होटलमा रहस्यमय ढंगले मृत्यु भएको उनका आफन्तले बताएकाछन् । लेकसाइडमा पुगेर सडक महोत्सवमा प्रेमीका सहित साथीभाईसंगै बसेर रमाइलो गर्दै पुष १६ गते बिहान २ः४५ बजे होटल पुगेका बिश्वकर्मा करिब ४५ मिनेटमै उनको रहस्यमय ढंगले मृत्यु भएको बताइएको छ ।बिश्वकर्मासंगै उहाँकी प्रेमीका समेत साथै भएकोले उहाँको कारण आफ्नो छोराको नियोजित ढंगले हत्या भएको हुनसक्ने… पुरा पढौ

छोरेपाटन भुपु विद्यार्थी मञ्चद्धारा छोरेपाटनमा सरसरफाई

पोखरा १६, पुष छोरेपाटन माबि भुपु विद्यार्थी मञ्चल छोरेपाटन विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा सोमबार सरसफाई कार्यक्रम गरेको छ । भुपु विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्वमा विद्यालय परिसर तथा सिद्धार्थ राजमार्गको चौकी देखि शीतल वतच सहकारी कार्यालयसम्म सरसफाइ तथा सचेतना कार्यक्रम गरेको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, सहप्रधानाध्यापक खेमराज वराल (ध्रुब), डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ, मञ्चका वरिष्ट उपाध्यक्ष हिमलाल उपाध्याय, उपाध्यक्ष कृष्ण पोख्रेल, सचिव शालिकराम भण्डारी, सहसचिव ज्योति हमाल,… पुरा पढौ

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो

पोखरा १६, पुष २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ… पुरा पढौ