समाचार

अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा १३, कार्तिक, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकार अपाङ्ग मैत्री बन्दै आएको बताए ।उनले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रदेशमा बन्ने… पुरा पढौ

८० प्रतिशत बैंकिङ फाइनान्समा इभि गाडी खरिद गर्न सकिने, पोखरामा धनतेरस इ.भि.कार्निभल सुरु (भिडियो)

दीननाथ बराल,पोखरा १३, कार्तिक, देशमा आर्थिक मन्दिरले समस्या भएको अबस्थामा ८० प्रतिशत बैंकिङ फाइनान्समै इभिको गाडी खरिद गर्न सकिने भएको छ ।शुन्दर नगरी पोखरामा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सि.जी. मोटर्सकों पोखराका लागि आधिकारिक विक्रेता टि.टि. ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरम इ.भि. कार्निभल आयोजना गरेको हो जहाँ विभिन्न सुविधा उपलब्ध गराएको छ । आज (मंगलबार) बिहानै देखि पोखराको न्युरोडमा रहेको सीटी स्क्वायर बैौइवेट एण्ड रेष्टुरेन्टमा उक्त कार्निभल सुरु भएको टि टि ग्लोबल प्रा लि का संचालक… पुरा पढौ

पोखराबाट अब सुतेर पनि काठमाण्डौं जाने बस सेवा सुरु, भाडा शुल्क कति !

दीननाथ बराल,पोखरा १२, कार्तिक, पोखरा काठमाण्डौं रुटमा विभिन्न कम्पनीहरुले स्तरिय बस सेवा संचालन गर्दै आएको सन्र्दभमा पछिल्लो समयमा सुतेरै पनि यात्रा गर्न सकिने बस सेवा संचालन भएको छ । कोइली ट्राभल्स प्रालिले पोखरा २५ हेम्जादेखि काठमाण्डौंको भक्तपुरसम्म सञ्चालन हुनेगरी थप दुई सिल्पर बस (सुतेर यात्रा गर्न मिल्ने बस) रहेकोे जसमा एसीसहित सोफा सिट जडान गरिएको कोइली ट्राभल्स प्रालिका सञ्चालक मेघराज त्रिपाठीले बताउनु भयो । सोमबार पोखरा जिरोकिलोमिटरबाट सुरु भएको डेमो हेमजा सम्म गरिएको थियो भने मंगलबारबाट व्यवसायीक रुपमा संचालन हुने… पुरा पढौ

सफलता कृषि सहकारीको अध्यक्षमा तारा ढकाल बरालको नेतृत्व ः

पोखरा, कार्तिक १२ पोखरा महानगरपालिका वडा नं। ७ स्थित सफलता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित हुनु भएको छ । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।संस्थाको उपाध्यक्ष प्रमिला बराल, सचिव लक्ष्मी तिमिल्सीना अधिकारी, कोषाध्यक्ष सृजना बराल र सहसचिव कमला बराल चयन भए । कार्यसमिति सदस्यमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी छन् । यस्तै, लेखा समिति संयोजकमा सुजिता ढकाल… पुरा पढौ

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

पोखरा १२, कार्तिक, बागलुङ( बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र ९युसिएलजी० एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन । सदस्य बने सँगै युसिएलजी सँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नेपालको… पुरा पढौ

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई ,सुवास बने प्लेयर अफ दि सिरिज

पोखरा १२, कार्तिक, पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय पारी खेल्दै… पुरा पढौ

होटल संघ पोखरामा मनोनयन र पदस्थापन

पोखरा, १२ कात्तिक होटल संघ पोखरा नेपालका नवनिर्वाचित पदाधिकारी र मनोनित सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखराको लेकसाइड स्थित संघको कार्यालयमा सोमबार आयोजित समारोहमा निर्वाचन मण्डलका संयोजक भरतराज पराजुलीले निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराएका थिए । चारजना मनोनित सदस्यलाई भने नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीले सपथग्रहण गराएका थिए । मनोनित सदस्यमा ट्रेकर्स लजका सरोज अधिकारी, होटल रोमान्टिकाका मोहदत्त भुसाल, होटल सनफ्लावरका शिवप्रसाद अधिकारी र होटल ट्रेकर्स इनका महादेव भण्डारी रहेका छन् । संघको गत विहीबार सम्पन्न २१ औं अधिवेशनले नयाँ… पुरा पढौ

पोखरामा सुरु भयो पुष्प मेला, तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ

पोखरा १२, कार्तिक, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई… पुरा पढौ

सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड

भरतपुर, १२ कार्तिक नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउनुहुन्छ । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले… पुरा पढौ

सरकारले विलाशिता क्षेत्रमा बढी लगानी गर्योः अध्यक्ष नेपाल (भिडियो सहित)

दीननाथ बराल,पोखरा १२, कार्तिक, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले आवश्यकता भन्दा बढी विलाशिता क्षेत्रमा बढी लगानी गरेको आरोप लगाउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो देशको आर्थिक अबस्था भन्दा बढी महत्वकाक्षि भई अनावश्यक भौतिक संरचनामा ठुलो लगानी गरेको आरोप लगाउनु भएको हो । धेरै सोच विचार गरेर अति आवश्यकताको आधारमा मात्र भवन तथा कुनै पनि पालिकाहरुको प्रशासनिक भवन… पुरा पढौ

This will close in 20 seconds