प्रमुख समाचार

पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु, ११० गोल्ड, ११० सिल्भर मेडलका लागि ३०० विद्यार्थी प्रतिस्पर्धामा

पोखरा, माघ ४, पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ । कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक समारोहका बिच संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक हरि बराल, पिसिएम प्रशासक सुशान पौडेल लगायतको उपस्थित रहेको थियो । उद्घाटन समारोहमा बि.बि.ए.सातौं सेमेष्टरका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरे । सप्ताहव्यापी खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रसाकसी, ई–गेम्स तथा अन्य रमाइला खेलहरू हुने… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकहरुलाई अफरै अफर

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको… पुरा पढौ

पोखरामा फोहोर नउठ्दा सहरमा दुर्गन्ध फैलिन सुरु

दीननाथ बराल,पोखरा–४, माघ, पोखराका सडक, चोक र पेटीछेउ हिँड्दा के तपाईलाई कुनै दुर्गन्ध फैलिएको जस्तो महसुस गरि रहेका छौं हो, त्यसको कारण पछिल्ला ८–९ दिनदेखि फोहोर नउठ्नु नै हो । सहरका मुख्य चोकदेखि भित्री टोलसम्म सडकैभरि फोहोरको थुप्रा देखिन थालेपछि पोखराको वातावरण दिनदिनै असहज बन्दै गएको स्थानीयले पोखराक्लिकलाई बताएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएपछि पुसको अन्तिम सातादेखि त्यहाँ फोहोर लैजान बन्द गरिएको थियो । तर त्यसपछि वैकल्पिक व्यवस्था नहुँदा सहरभरि फोहोर उठ्न… पुरा पढौ

टाइगर कपमा सहभागी हुने माल्दिभ्सको टोली नेपाल आइपुग्यो, सोमबारदेखि पोखरामा अभ्यास खेल

दीननाथ बराल,पोखरा ४, माघ, पोखरामा माघ ९ गतेदेखि सुरु हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा सहभागी हुने माल्दिभ्सको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको छ । टोली आइतबार काठमाडौं अवतरण गरेको प्रतियोगिताका संयोजक कुमार गुरुङले पोखराक्लिकलाई बताए । माल्दिभ्स टोलीलाई स्वागत गर्न काठमाडौंमा टाइगर ग्रुप अफ पोखरा नेपालका सह–कोषाध्यक्ष जीवन भण्डारी, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह र सदस्य निलम खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । प्रतियोगिताका खेल सञ्चालनका लागि एभीसी अन्तर्राष्ट्रिय रेफ्री अहमद… पुरा पढौ

धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पोखरा, ४ माघ, पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ… पुरा पढौ

२६ औँ आदर्श कप माघ ९ गतेदेखि हुने, पुलिस र शसस्त्र प्रहरी ससिहत ८ टिम सहभागि हुने (भिडियो)

दीननाथ बराल,पोखरा, ३ माघ पोखरा २९ को आदर्श युवा क्लबको आयोजनामा पोखरामा यही माघ ९ गतेदेखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा संचालन हुने प्रतियोगितामा दुई विभागीय नेपाल पुलिस र शसस्त्र प्रहरीको टोली सहित आठ टिमको सहभागिता रहने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=AvPxDEvcJY4 प्रतियोगितामा दुई विभागिय नेपाल प्रहरी (गण्डकी प्रदेश) र सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी मुख्यालय), सहित आयोजक आदर्श युवा… पुरा पढौ

चौथो रुमा सांगीतिक मेला चैत तेश्रो साता हुने, शिक्षा र पर्यटन प्रवर्द्धनको आधार बन्ने अपेक्षा (भिडियो सहित)

दीननाथ बराल,पोखरा ३, माघ, म्याग्दीको रमणीय रुमा गाउँमा चौथो रुमा सांगीतिक मेला आउँदो चैत महिनाको तेश्रो साता हुने भएको छ । शिक्षा र पर्यटनलाई सँगै अघि बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चैत २० र २१ गते उक्त मेला आयोजना हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=3BsClldeG98 लालीगुराँस युवा क्लबको आयोजनामा हुन लागेको यस मेलाले लोपोन्मुख मौलिक संस्कृति संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस मेलामा स्वदेशी मात्र नभई विदेशी सहयोग समेत… पुरा पढौ

नेकपाका करण कास्की क्षेत्र नं १ का उमेदवार

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र न १ बाट राजकाजी गुरुङ(करण)लाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गतेको चुनावका लागि नेकपाले करणलाई टिकट दिएको श्रोतले जनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपालले टिकट प्रदान गर्नुभयो । गुरुङ संविधानसभा सदस्य समेत हुनुहुन्छ । उहाँ विसं २०६४ को निर्वाचनमा कास्की क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङले केही समय अर्थमन्त्रालयमा राजनीतिक सल्लाहकार भएर समेत काम गर्नुभयो… पुरा पढौ

पोखरामा माघ ४ गतेदेखि अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने

पोखरा, २ माघ, पोखराको मालेपाटन रंगशालामा यही माघ ४ गतेदेखि आयोजना हुने अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगिता ‘एलिट ट्रफी’ को हुने भएको छ । प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुने शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुल्होमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाकारी गराइएको हो । प्रतियोगिता संयोजक तथा लियो जिल्ला परिषद् ३२५ एम नेपाल एमका विभागीय अध्यक्ष सुन्दर कार्कीले प्रतियोगिता युवाहरूका लागि महत्वपूर्ण अवसर हुने बताए। उनले एलिट ट्रफीको इतिहासबारे जानकारी दिँदै लियो क्लब अफ पोखरा सेन्ट्रल टाउनको पहलमा यसअघि स्नातक… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको २५ औं संस्करण फ्लडलाइटमा साँझ खेल हुने

दीननाथ बराल, पोखरा २, माघ, १० बर्षको द्धन्द, कोभिड र आर्थिक मन्दिका बाबजुत पनि निरन्तर रुपमा संचालन हुदै आएको नेपालकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करण (रजत जयन्ती) को अवसरमा यसपाली आयोजक सहारा क्लवले साँझमा दर्शक आकर्षण गर्न फ्लडलाइटको व्यवस्था गर्ने भएको छ । उक्त गोल्ड कपको रजत जयन्तीलाई यस बर्ष थप आकर्षण गर्न फ्लडलाइडको ब्यबस्था हुने गृहकार्य गरीएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । साझ हुने उक्त प्रतियोगितामा धेरै जनाले आफ्नो काम सकेर साँझ… पुरा पढौ