प्रमुख समाचार

मोटरसाइकलको स्वरुप परिवर्तन गरी सवारी चलाउने ४ जना पक्राउ, ध्वनी प्रदुषण गर्ने उपर कारवाही गर्ने प्रहरीको चेतावनी

दीननाथ बराल, पोखरा, २७ असोज, पर्यटकीय नगरी पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरी अनधिकृत रूपमा सवारी साधन चलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । ठुलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने तथा शान्ति–सुव्यवस्थामा खलल पु¥याउने कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जना युवालार्ई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० बुद्धचोकका २१ वर्षीय सुवास कार्की (ग १२ प ९८३२ नम्बरको मोटरसाइकल चालक), पोखरा–३ बस्ने म्याग्दी मालिका गाउँपालिका–१ स्थायी रुपमा बस्दै आउनु भएको २५… पुरा पढौ

पोखरामा बजाज मोटरसाइकल एक्सचेन्ज मेला सुरु, बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्य पाइने

पोखरा, २७ असोज, बजाज मोटरसाइकलका ग्राहकका लागि पोखरामा आकर्षक एक्सचेन्ज अफर सुरु भएको छ । पोखरा नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रा. लि.ले यही असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म ‘बजाज एक्सचेन्ज मेला–२०८२’ सञ्चालन गरेसंगै यहाँ एक्सचेन्ज अफर सुरु भएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर सटही गरी नयाँ बजाज मोटरसाइकल लिन सकिनेइच्छाशक्ति अटोमोबाइल्स प्रा :लि.का जनरल म्यानेजर आघोशमान बुद्धाचार्यले बताउनु भयो । कार्यक्रममा बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्यमा पुरानो सवारी लिने जस्तो… पुरा पढौ

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित

पोखरा, २७ असोज, नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराको सेवा नर्सहरूको आन्दोलनका कारण प्रभावित भएको छ। न्यूनतम पारिश्रमिक नपाएको भन्दै अस्पतालका स्टाफ नर्सहरू निरन्तर आन्दोलनमा उत्रिएपछि अस्पतालको अधिकांश सेवा ठप्प भएको हो। अस्पतालका श्रोतका अनुसार नर्सहरू आन्दोलनमा गएसँगै अस्पतालमा गम्भीर प्रकृतिका बिरामीबाहेक अन्यलाई अन्यत्र व्यवस्थापन गरिएको छ। ओपीडी सेवा ठप्प भएको छ भने भर्ना हुने बिरामीको प्रक्रिया रोकिएको छ। अस्पतालले नयाँ बिरामी भर्ना नगरी पुराना बिरामीलाई अन्य स्वास्थ्य संस्थामा रिफर गर्दै आएको छ। अस्पतालमा कार्यरत करिब ३ सय ६६ जना नर्सले… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभाको अवसरमा खेलाडी सम्मान, पूर्वाधार निर्माणमा जोड

दीननाथ बराल, पोखरा २६, असोज, गण्डकी प्रादेशिक क्रिकेट संघले आइतबार आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा ७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । विभिन्न उमेर समूहबाट राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाई पोखरामा आयोजित संघको साधारण सभाको अवसरमा खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । सम्मानित हुने महिला खेलाडीहरुमा कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी रहनु भएको छ भने… पुरा पढौ

पोखरामा स्कोरपियोको ठक्करले एक बृद्धको मृत्यु

पोखरा, २६ असोज, पोखरामा स्कोरपियोको ठक्करले एक बृद्धको मृत्यु भएको छ । पोखरा २५ हेमजाको नहरचोकमा शनिबार बेलुका ६ः५५ बजे ग ३ च ९८१६ नम्बरको स्कोरपियोले ठक्कर दिदा स्थानिय ६७ बर्षीय बृद्ध आस बहादुर बि.क.को मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कोरपियोको ठक्करले शक्त्त घाइते भएका बि.क.को फिस्टेल हस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रुपा गाउँपालिका ६ का ४१ बर्षीय हिरामणि पंगेनीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । तिव्र गतिका कारण पैदलयात्री बि.क.लाई… पुरा पढौ

एक रनको रोमाञ्चक जितः युएईलाई हराउँदै नेपाल सुपर सिक्समा चम्कियो

काठमाडौं, असोज २६, आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले रोमाञ्चक प्रदर्शन गर्दै युएईलाई एक रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । आसिफले ४७ बलमा ५ चौका सहित ५१ रन बनाए भने कुशल भुर्तेलले २८ रन र कप्तान रोहित पौडेले २० रनको योगदान दिए । अन्त्यतिर गुलशन झाले ५ बलमा १४ रनको तेज… पुरा पढौ

पोखरामा फेरि बढ्न थाल्यो पर्यटकको रौनक (भिडियो सहित) होटल अकुपेन्सी ३० प्रतिशत पुग्दा पर्यटन व्यवसायीमा आशा जाग्यो

दीननाथ बराल,पोखरा, २५ असोज, विजयादशमी पर्व सकिएसँगै पर्यटनको राजधानी पोखरामा फेरि पर्यटकहरूको चहलपहल बढ्न थालेको छ। पर्वको बिदा सकिएपछि शनिबारदेखि आन्तरिक र बाह्य दुवै पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताएका छन्। https://www.youtube.com/watch?v=F0PAjumfN-k पोखराका प्रमुख पर्यटकीय क्षेत्रहरू — फेवाताल, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोट बिशाल महादेवको मुर्ति, लेकसाइड लगायतका क्षेत्रमा पर्यटकहरूको भिडभाड देखिन थालेको छ। विशेषगरी फेवातालमा ढुङ्गा सयर गर्नेको लर्को लागेपछि पोखरा पुनः पर्यटकको रौनकले आशा जगाएको छ । फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीका अनुसार शनिबार बिहानैदेखि… पुरा पढौ

नेपाल अपराजित रहदै आइसीसी टी २० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश

काठमाण्डौं, नेपाल अपराजित रहँदै आइसीसी टी २० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा को सुपर सिक्समा यात्रा तय गरेको छ । नेपालले आज (शुक्रबार) भएको खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित सहित सुपर सिक्समा यात्रा तय गरेको हो । समूह बीको अन्तिम खेलमा जितसंगै नेपालले २ अंक प्राप्त गर्दा जापान भने अंक विहिन भएको छ । एकमा जित र एकमा हार भोगेको जापान पनि सुपर सिक्समा प्रवेश गर्यो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५… पुरा पढौ

मालपोतको श्रेता कायम गराउने सूचना अव्यहारिक भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

पोखरा,२३ असोज, पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप प्रधानाङ्गसहितको प्रतिनिधिमण्डलले मालपोत कार्यालय कास्कीका निमित्त प्रमुख शोभाखर पौडललाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो । मालपोत कार्यालय कास्कीले बुधबार जग्गाधनीले आफ्नो जग्गाको दर्ता स्रेस्ता पुनः कायम गर्नका लागि जग्गा रहेको स्थानीय तहबाट भोगसम्बन्धी किटानी सिफारिस, स्थायी ठेगाना भएको स्थानीय तहको जग्गाधनीको तीनपुस्ते खुलेको फोटो… पुरा पढौ

बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत

पोखरा, २३ असोज, बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत सहित सम्मान गरिएको छ । सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी मंगलबार पोखरा आइपुगेको ब्रुस जोडीलाई आज पनि पोखरामा स्वागत सहित सम्मान गरिएको हो । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुसलाई विहिबार पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । उनीहरुलाई पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी बहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा… पुरा पढौ