प्रमुख समाचार

श्रेस्ता कायमका नाममा नागरिकलाई झन्झटमा नपार्न नागरिक अभियानको चेतावनी

पोखरा, २३ असोज, ‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले मालपोत कार्यालय कास्कीलाई श्रेस्ता कायमका नाममा नागरिकलाई झन्झटमा नपार्न चेतावनी दिएको छ । अभियानको टोलीले कार्यालयका निमिक्त प्रमुख मालपोत अधिकृत शोभाखर पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाउँर्द कार्यालयले जारी गरेको दर्ता श्रेस्ता कायम सम्बन्धी सूचना प्रति गम्भीर आपत्ति जनाएको हो । अभियानका संयोजक गणेशबहादुर थापाले बिहीबार मालपोत कार्यालयमा बुझाएको पत्रमा भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण कार्यालयका कागजात नष्ट भएपछि जारी गरिएको सूचनाले जनतालाई झन् दुःख र अन्यायमा पार्ने… पुरा पढौ

पर्यटनको विकास र सुरक्षाका लागि होटल संघले बनायो तीन दर्जन उपसमिति

पोखरा, २३ असोज, पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउने छन् । उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सवको संयोजकमा गौतम चयन

पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आज वसेको कार्यसमितिसदस्यको वैठकवाट आउँदो पौष १३ गते देखि १७ गते सम्म आयोजना हुने २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसै गरी बैठकले सह संयोजकमा कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराईलाई मनोनित गरिएको रेवान पोखराले जनाएको छ । त्यसै गरि महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव… पुरा पढौ

पोखरामा ‘शान्ति सन्देश’ ¥याली

दीननाथ बराल, पर्यटनको राजधानि पोखरामा ‘शान्ति सन्देश’सहित मौन ¥याली प्रदर्शन गरिएको छ । मुलुकमा शान्ति, सद्भाव र अहिंसात्मक समाज निर्माणको कामना गर्दै कास्कीका बुधबार रोटरियनहरूले उक्त ¥याली प्रदर्शन गरेका हुन् । ‘हाम्रो चाहना, शान्तिको कामना’, ‘रोटरीसँगै शान्तिको यात्रा’, ‘हिंसारहित समाजको निर्माण गरौं’, ‘सुन्दर शान्त नेपाल, आशाको आँगन’ जस्ता सन्देश अंकित ब्यानर र प्लेकार्ड बोकेर समाजमा शान्तिको सन्देश प्रवाह गर्न उक्त र्याली प्रर्दशन गरिएको रोटरी क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष तथा कार्यक्रम संयोजक कमला गिरीले बताइन् । कास्कीका ११ रोटरी क्लबहरूको… पुरा पढौ

जेनजी आन्दोलनको क्रममा पोखरामा नीजि क्षेत्रमा पुगेको क्षति दोषीबाट उपर गर्न माग

दीननाथ बराल,पोखरा, २२ असोज, जेनजी आन्दोलनको क्रममा पोखरामा भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरूले त्यो क्षति दोषीबाटै उपर गर्न माग गरेका छन् । उनीहरूले संकटलाई संकल्पमा बदल्दै पुनः उठ्ने प्रतिबद्धता जनाए पनि राज्य संयन्त्रले दोषीलाई कारबाही गरेर क्षतिपूर्ति गराउने ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको अन्तक्र्रियामा प्रभावित व्यवसायीहरूदेखि व्यापारी संगठनका पदाधिकारीहरूले एउटै स्वरमा भनाइ राख्दै शान्तिपूर्ण आन्दोलनलाई अधिकारका रूपमा स्वीकारे पनि त्यसकै नाममा भएको तोडफोड, आगजनी… पुरा पढौ

वेलायतबाट साइकल यात्रामा निस्किएको जोडी ७ महिना ७ दिनमा पोखरामा(भिडियो सहित)

दीननाथ बराल,पोखरा, २१ असोज, वेलायतबाट साइकल यात्रामा निस्किएको एक जोडी सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका छन् । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा प्रवेश गरेका हुन् । उनीहरूलाई पोखरा लेकसाइडमा रेनबो चिल्ड्रेन होम, नमुना आमा समूह, पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाले फूलमाला अर्पण गर्दै स्वागत गरेका थिए । स्वागत कार्यक्रममा चिल्ड्रेन होमकी सञ्चालक गोमा ढकाल, पर्यटन व्यवसायी अग्नि कँडेललगायतले सम्मान गरेका थिए ।… पुरा पढौ

तालवाराही मन्दिरमा दर्शनाथीको भिड

पोखरा, फेवातालको बीच भागमा रहेको धार्मिक एवं पर्यटकीय स्थल तालवाराही मन्दिरमा आज (सोमबार) बर्षकै सबै भन्दा बढी दर्शनार्थी एवं पर्यटकहरुको भिडभाड भएको छ । दशैं पर्वको अन्तिम दिन अर्थात् कोजाग्रतपूर्णिमा पर्वको अवसरमा मन्दिर दर्शन गर्ने भक्तजन र पर्यटकले भिडभाडले ताल क्षेत्र सोमबार भिडभाड भएको स्थानियले पोखराक्लिकलाई बताउनु भयो । बिहानैदेखि दर्शनार्थी एवं पर्यटकहरुले लाइनमा बसेर डुंगाको टिकट काट्न र लाइफ ज्याकेट लिन लामो लाइनमा उभिनु भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । अघिल्ला बर्षको तुलनामा… पुरा पढौ

विपद्को बेला होटल सङ्घले पर्यटकलाई छुट सहित, अलपत्र परेकालाई निःशुल्क व्यवस्था मिलाउने उद्घोष

दीननाथ बराल, पोखरा, असोज १९, होटल सङ्घ पोखरा नेपालले हालको प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण पर्यटनको राजधानि पोखरामा अलपत्र परेका तथा आर्थिक रूपमा बिखर्ची भएका पर्यटकका लागि निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने घोषणा गरेको छ। संघ द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना तथा होटल आवासको व्यबस्था गरिने उल्लेख गरिएको छ । हाल मनसुनी गतिविधि तीव्र बनेसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र सडक अवरुद्धका कारण यात्रु तथा पर्यटकहरू आफ्नो गन्तव्यमा पुग्न नसकी अलपत्र परेका… पुरा पढौ

मौसममा सुधार, काठमाडौंमा जनजीवन सामान्य यातायात सहज हुदै,

पोखरा, मौसममा क्रमिक सुधारसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। वर्षा रोकिएसँगै यात्रुहरू काठमाडौं भित्रिने र बाहिरिने क्रम पुनः सुरु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४८ जना काठमाडौं भित्रिएका छन् भने २ हजार २ सय ६४ जना बाहिरिएका छन्। भित्रिने सवारी ५४० र बाहिरिने ४६५ रहेको छ। सरकारले बीपी राजमार्गबाहेक अन्य राजमार्गहरू सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडकखण्डमा पनि सवारी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भौतिक… पुरा पढौ

कास्कीमा विपद् जोखिम न्यूनीकरण तथा सवारी आवागमनका लागि प्रशासनको विशेष निर्देशन

पोखरा, असोज १९, अत्यधिक वर्षाको पूर्वानुमान र त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले सवारी साधनको आवतजावत, विपद् व्यवस्थापन र यात्रु सहजीकरणसम्बन्धी विशेष निर्णय सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न विपद् समन्वय बैठकले असोज १७ देखि २० गतेसम्मको अवधिमा वर्षाको सम्भावित प्रभावका कारण विभिन्न सरोकारवालासँग समन्वय गर्दै १० बुँदे निर्णय जारी गरेको हो। बैठकमा सहभागी सरोकारवाला निकायमा निजी क्षेत्र, होटल तथा पर्यटन व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, रेडक्रस लगायतका प्रतिनिधिहरू सहभागी थिए।जिल्ला प्रशासन… पुरा पढौ