प्रमुख समाचार

इलाममा पहिरोमा पुरिएर १७ जनाको ज्यान गय

इलाम, केही दिन देखि परेको अविरल बर्षादको कारण इलाममा बाढीपहिरोमा परी १७ जनाको ज्यान गएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको ज्यान गएको छ भने सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो । पुरा पढौ

मलेसिया माथि नेपालको साहानदार जित

काठमाडौं, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् । नेपालको शून्यमै २ विकेट गुमिसकेको अवस्थाबाट पूजा र रुबीले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि पूजा र इन्दुले ३७… पुरा पढौ

कास्कीमा ३ दिनका लागि लामो दूरीका सवारी आवतजावत बन्द

पोखरा, असोज १८, निरन्तर वर्षाको पूर्वानुमानसँगै कास्की जिल्लामा पनि तीन दिनका लागि लामो दूरीका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले शनिबार सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी सञ्चालन रोकिएको जानकारी दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालका अनुसार जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार गण्डकी प्रदेशसहित देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसअनुसार बाढी, पहिरो, डुबानजस्ता विपद् जोखिम न्यूनिकरणका लागि यो निर्णय… पुरा पढौ

गाउँ घरमा दशैंको रौनक, काहुँडाँडामा पिङ खेल्दै युवाहरु

पोखरा, नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा प्रायः गाउँ घरमा लोप हुदै गएको पिङ संस्कृति केही घर गाँउमा मात्र भेटिने गरेको छ । यसै क्रममा पोखराको मुख्यबजार देखि करिब ६ किलोमिटर नजिक रहेको काहुँडाँडामा पिङ हालिएकोले पिङ खेल्दै केही युवाहरु । काहुँडाँडमा हाल स्थानियको सक्रियतामा लिङगे र चम्रले पिङ हालिएको छ । बुधबार पोखरा क्षेत्रको आकाश समेत खुलेकोले माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला खुलेको थियो । काहुँडाँडाबाट पोखरा बजार सहितको सराङकोट, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपाः लगायतको दृश्य अवलोकन… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई, विश्व पर्यटन दिवसः पुम्दी भुम्दीमा नेपाल सहित ८ देशका धावकलाई भव्य स्वागत

पोखरा, ११ असोज, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडमा नेपालसहित ७ देशका १ सय ६० धावक सहभागी हुँदै

पोखरा १०, असोजविश्व पर्यटन दिवसमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडी सहभागी भएका छन् । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ७ देशका खेलाडीले ६ वटा इभेण्टमा सहभागिताका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा १ सय ६० जना धावकले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दीननाथ… पुरा पढौ

पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड

पोखरा, १० असोज, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । शनिबार हुने सो प्रतियोगिताको अन्तिम तयारी हुँदै गर्दा पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्व बुझेर यूनाइटेड अजोडले सहयोग गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । शुक्रबार कम्पनीका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त इभेन्टमा सहकार्य गर्न पाएकोमा कम्पनीका गण्डकी प्रदेश प्रमुख पौडेलले खुसी व्यक्त गरे । साथै उनले आगामी दिनमा सहकाई… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा, ४ देशका १३० जनाको नाम दर्ता

पोखरा, ९ असोज, विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । उनका अनुसार इच्छुक धावकले… पुरा पढौ

सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ

पोखरा, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि। को १९ औ वार्षिक साधारण सभा एवं सातौ अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्य समिती चयन गरेको छ ।सो समितीको उपाध्यक्षमा रामणी पौडेल ,सचिव जयराम पौडेल , कोषाध्यक्ष शिव बहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री , ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी , सदस्यहरुमा माय कुमारी शर्मा र तारादेवी थापा रहेका छन् । सो साधारण सभाको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्य… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा पोखरेल मनोनित

पोखरा ८, असोज, निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको कर तथा राजस्व समितिको आमन्त्रित सदस्यमा जगत पोखरेल मनोनित हुनुभएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रति आमन्त्रित सदस्य पोखरेलले धन्यावद दिदै महासंघको हकहितमा आफु दिलो ज्यान दियर लाग्ने बताउनु भयो । आफुले पाएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । समितिका संयोजक तथा युवा उद्यमी अम्बिका प्रसाद पौडेलप्रति पोखरेलले विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । महासंघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यमा यहाँको सम्मिलित समितिले… पुरा पढौ