
पोखरा, १० असोज,
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । शनिबार हुने सो प्रतियोगिताको अन्तिम तयारी हुँदै गर्दा पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्व बुझेर यूनाइटेड अजोडले सहयोग गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।
शुक्रबार कम्पनीका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक बराल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त इभेन्टमा सहकार्य गर्न पाएकोमा कम्पनीका गण्डकी प्रदेश प्रमुख पौडेलले खुसी व्यक्त गरे । साथै उनले आगामी दिनमा सहकाई गर्ने जनाए । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पोखरा–२२ विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा पर्वतीय दौड हुँदैछ । प्रतियोगितामा नेपाल सहित ६ देशका खेलाडीले नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स र वडास्तरमा दौड हुनेछ । सबै इभेन्टका विजयीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था छ । सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गर्ने कार्यक्रम छ । दौड बिहान ७ बजेदेखि सुरु हुनेछ । त्यसअघि नै धावकहरु विश्वशान्ति स्तुप पुग्नुपर्नेछ ।
नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, राखेप, मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, पोखरा भ्रमण वर्ष २०२५, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, , परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार, गण्डकी प्रादेशिक क्रिकेट संघ, बुमह््रयाङ रेष्टुरेण्ट, पोखरा एम्बुलेन्स चालक ईकाई कमीटी कास्की, एन्फा कास्की, फ्रेस इलिमेन्ट्स रेष्टुरेण्ट एण्ड बार, पृथ्बीराज मार्ग बस संचालक कम्पनी, भट्टिखान माउण्टेन न्यू रिसोर्ट, सोसल पव्लिक स्कुल, हिमालय कम्यूटर, हिल प्वाइट हाई स्कुल लगायतको सहयोग छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।
गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लब, बिद्यालय सहितका विभिन्न संघ संस्थाले फूलमाला र घडासहित स्वागत गर्ने भएका छन् ।



