गाउँ घरमा दशैंको रौनक, काहुँडाँडामा पिङ खेल्दै युवाहरु

-


     पोखरा क्लिक     
     असाेज १५ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा प्रायः गाउँ घरमा लोप हुदै गएको पिङ संस्कृति केही घर गाँउमा मात्र भेटिने गरेको छ । यसै क्रममा पोखराको मुख्यबजार देखि करिब ६ किलोमिटर नजिक रहेको काहुँडाँडामा पिङ हालिएकोले पिङ खेल्दै केही युवाहरु ।

काहुँडाँडमा हाल स्थानियको सक्रियतामा लिङगे र चम्रले पिङ हालिएको छ । बुधबार पोखरा क्षेत्रको आकाश समेत खुलेकोले माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला खुलेको थियो । काहुँडाँडाबाट पोखरा बजार सहितको सराङकोट, पुम्दीकोट बिशाल महादेवको मुर्ति, विश्व शान्ति स्तुपाः लगायतको दृश्य अवलोकन गर्न सकिन्छ । पोखराको मुख्यबजार क्षेत्र देखि नजिक रहेको सबै सडक पिच भएकोले गर्दा दृश्यावलोकन गर्नेहरुको बिहान र बेलुका भिड हुने गरेको स्थानिय राजु आचार्यले पोखराक्लिकलाई बताए ।