इलाममा पहिरोमा पुरिएर १७ जनाको ज्यान गय

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८२ मा प्रकाशित


इलाम,

केही दिन देखि परेको अविरल बर्षादको कारण इलाममा बाढीपहिरोमा परी १७ जनाको ज्यान गएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको ज्यान गएको छ भने सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो ।