वेलायतबाट साइकल यात्रामा निस्किएको जोडी ७ महिना ७ दिनमा पोखरामा(भिडियो सहित)

-


     पोखरा क्लिक     
     असाेज २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २१ असोज,

वेलायतबाट साइकल यात्रामा निस्किएको एक जोडी सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका छन् । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा प्रवेश गरेका हुन् ।

उनीहरूलाई पोखरा लेकसाइडमा रेनबो चिल्ड्रेन होम, नमुना आमा समूह, पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाले फूलमाला अर्पण गर्दै स्वागत गरेका थिए । स्वागत कार्यक्रममा चिल्ड्रेन होमकी सञ्चालक गोमा ढकाल, पर्यटन व्यवसायी अग्नि कँडेललगायतले सम्मान गरेका थिए । नेपाल यसअघि दुईपटक आइसकेका ब्रुस दम्पती यसपटक विशेष साइकल यात्रासहित तेस्रो पटक नेपाल आएका हुन् । नेपाल प्रकृति, संस्कृति र यहाँको आतिथ्य सत्कारले आफूहरूलाई आकर्षित गर्ने गरेको ब्रुसले बताएका छन् । यसै सम्बन्धि भिडियो सामाग्रि ।