
पोखरा, २७ असोज,
बजाज मोटरसाइकलका ग्राहकका लागि पोखरामा आकर्षक एक्सचेन्ज अफर सुरु भएको छ । पोखरा नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइल्स प्रा. लि.ले यही असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म ‘बजाज एक्सचेन्ज मेला–२०८२’ सञ्चालन गरेसंगै यहाँ एक्सचेन्ज अफर सुरु भएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।

मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर सटही गरी नयाँ बजाज मोटरसाइकल लिन सकिने
इच्छाशक्ति अटोमोबाइल्स प्रा :लि.का जनरल म्यानेजर आघोशमान बुद्धाचार्यले बताउनु भयो । कार्यक्रममा बजार मूल्यांकन भन्दा १० हजार रुपैयाँसम्म बढी मूल्यमा पुरानो सवारी लिने जस्तो विशेष योजना ल्याइएको उहाँले दाबी गर्नुभयो । नेपालका लागि बजाज मोटरसाइकलका आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यो एक्सचेन्ज योजना देशभर एकसाथ सञ्चालन गरिरहेको छ ।
कम्पनीले मेलाका सहभागी ग्राहकका लागि साप्ताहिक रूपमा ५० हजार रुपैयाँको बम्पर उपहार योजना पनि ल्याएको छ । हालसम्म पोखराका रोशन श्रेष्ठले ५० हजार रुपैयाँको बम्पर उपहार जितिसकेका छन् भने नारायणप्रसाद घिमिरेले उक्त उपहार पाउने भएका छन् ।
तिहार पर्वको अवसरमा पोखरेली ग्राहकलाई लक्षित गर्दै मेलामा फाइनान्स सुविधा, सर्भिस चार्ज निःशुल्क र विशेष अफर सहितका आकर्षक योजना राखिएको मार्केटिङ म्यानेजर उमेश गुरुङले जानकारी दिनुभयो । मेलामा पल्सर, एभेन्जर र डिस्कोभर गरी तीन ब्रान्ड अन्तर्गतका १४ मोडलका मोटरसाइकल उपलब्ध गराइने कम्पनीले जनाएको छ ।




