लिटल फ्लावरमा अन्तरक्रिया
पोखरा २३, मंसिर पोखरा महानगरपालिका वडा नं २७, रिठेपानीमा अवस्थित विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुका अभिभावकसँग विभिन्न चरणमा शिक्षक अभिभावक अन्तरक्रिया गर्दै आयोजित समापन कार्यक्रममा प्रमुख बक्ता एवम् पोखरा क्षेत्रकै अनुभवी शैक्षिक व्यक्तित्व प्रध्यापक डा त्रिभुवन शर्माले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि गर्न बालमैत्री वातावरणमा जोड दिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति निर्माणमा अझै अगाडि बढ्न प्रेरित गरे । विद्यालयका…
पुरा पढौ
निप्स पोखरा च्याप्टरमा पौडेल
पोखरा२३, मंसिर नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी पोखरा च्याप्टरको ११ औ बार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले बद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको चयन गरेको छ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको संस्था निप्सको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुर्यबहादुर के.सी, सचिवमा छविलाल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी रहेका छन् । यसैगरी सदस्यहरुमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमला, सुरेश रेग्मी रामजी प्रसाद बराल र विश्वराज पौडेल रहेका छन् । अध्यक्षमा निर्वाचित पौडेल एशियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख हुन । यसअघि साधारण…
पुरा पढौ
रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान
पोखरा, २३ मङ्सिर राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्नुभएको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले सम्मान गर्नुुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका…
पुरा पढौ
नयाँबजारको व्यापार मेलामा छुट नै छुट
पोखरा, २३ मंसिर पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवाहरुमा भारी छुटको व्यवस्था गरिएको छ । मंसिर २१ गतेदेखि सुरु भएको मेलामा रहेका विभिन्न स्टलहरुले भारी छुटमा सामानहरु बिक्री गरिरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार खासगरी दैनिक उपभोग्य बस्तु र लत्ताकपडाहरु सुपथ मूल्यमा बिक्री भइरहेका छन् । ‘साल्ट्र ट्रेडिङ कर्पोरेसनले छुटसहित विभिन्न उत्पादनहरु बिक्री गरिहेको छ,’उनले भने,‘त्यस्तै मेलाको प्रवेश टिकटमा हामीले पनि विभिन्न उपहारको व्यवस्था…
पुरा पढौ
इर्मट्रडले पर्वतीय महोत्सवमा सुनाइन्, फरक हिमाली क्षेत्रका समान जीवनशैली
पोखरा २३, मंसिर भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् । ‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा…
पुरा पढौ
ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी
पोखरा २३, मंसिर ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भिमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङजा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवि गुरुङ (कास्की), शुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमको उद्घाटन केन्द्रिय संस्थापक…
पुरा पढौ
उद्योगपति, समाजवेसी मुरलीधर रुङगटा पुम्दीकोटमा सम्मानित
दीननाथ बराल पोखरा २३, मंसिर पोखरा २२ (पुम्दीभुम्दी) स्थित पुम्दीकोटमा रहेको बिशाल महादेव मुर्ति परियोजनाका मुख्य दाता उद्योगीपति, समाजवेसी पर्सा विरगन्ज निवासी मुरलीधर रुङगटा सम्मानित हुनु भएको छ । पुम्दीकोट कोट विकास समितिले शनिबार बिशाल महादेव मुर्ति परिसरमा आयोजना गरेको सम्मान तथा भजन चुड्का प्रतियोगिताको अवसरमा ८६ बर्षीय रुङगटालाई बिषेश सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथी पिठाधिस अनन्त बिभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज र समितिका अध्यक्ष चन्द्रकान्त बरालले सम्मानपत्रको साथमा दोसल्ला ओढाई, खादा मालाले उहाँलाई सम्मान गर्नु भएको…
पुरा पढौ
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
मंसिर २३,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सले नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गर्दै प्रथम भए । महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भइन् । यि दवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जित…
पुरा पढौ
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
पोखरा २२, मंसिर हरेक गतिविधिमा अग्रणी बनिरहेको पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए । विद्यालयका प्रिन्सिपल किरण सापकोटा थप्छन् – ‘हामीले यस वर्ष पनि विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेका छौँ । उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।’ प्रतिभाले विद्यार्थीमा भएको…
पुरा पढौ
युवा शक्ति बाहिरीदा पहाडहरु रिक्तिदै छः अध्यक्ष ओली
पोखरा २२, मंसिर नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा शक्ति विदेशीदा पहाडका धेरै गाँउहरु रिक्तिदै गएको बताउनु भएको छ । एमाले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्र्तगत पोखरामा आएको उक्त अभियानको क्रममा शुक्रबार पोखराको तालचोकमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो । देशमा अहिले गरिबी, महङगी तथा वेतीथी बढेकोले नेपालमा धेरै जनतामा नैरस्यता छाएको अध्यक्ष ओलीले बताउनु भयो । एमाले पार्टी नेतृत्वमा विकासको गति लिएको दाबी गर्दै उहाँले अहिलेको…
पुरा पढौ

