जिवनशैली पत्रिका

पोखरा कलेज अफ म्यानेजमेन्टको दीक्षान्त समारोह सम्पन्न ः विद्यार्थीहरुको उज्वल भविष्यको कामना

फाल्गुण ९,पोखरा पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको दीक्षान्त समारोह–२०८२ शनिबार पोखरामा सम्पन्न भएको छ । बिबिए तर्फ ५८ र बिसिआईएस तर्फ ७ जना गरी कुल ६५ दीक्षित विद्यार्थीहरूलाई उक्त समारोहमा प्रमाणपत्र वितरण गरियो । दीक्षित विद्यार्थीमध्ये ९ जना उत्कृष्ट अंक प्राप्त गर्दै डिन्स लिस्टमा पर्न सफल भएका थिए । विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राध्यापक डा. ज्ञानेश्वर शर्मा, कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष प्रोफेसर डा. टंकनाथ शर्मा, कलेज सञ्चालकहरू सुरेश प्रकाश चटौत, समिर शर्मा लगायतले… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा, पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि,घोडा दौडमा विवेक पुन प्रथम

पोखरा, ९ फागुन, कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो । महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो । विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले… पुरा पढौ

निर्वाचनमा सक्रिय रुपमा सहभागि हुन प्रधानमन्त्री कार्कीको आह्वान,

दीननाथ बराल पोखरा, ८ फागुन प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र सुदृढीकरण तथा सुशासनको लागि यही फागुन २१ हुने निर्वाचनमा सबै जना सक्रिय रुपमा सहभागि हुन आव्हान गर्नु भयो । पोखरा विश्वविद्यालय को २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपति समेत रहनु् भएको प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै निर्वाचनमा सबै सक्रिय रुपमा सहभागि हुन आह्वान गर्नु भएको हो । प्रधानमन्त्री कार्कीले युवा पुस्तालाई भविष्यका राजनेता, नीति–निर्माता… पुरा पढौ

कुमुदिनी होम्समा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ

पोखरा, ८,फागुन पोखरा महानगपालिका वडा नं।४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार शुक्रवार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हरेक वर्ष विद्यालयले वार्षिक कार्यतालिकामा नै समावेश गरेर विद्यार्थीहरूमा सामान्य ज्ञानको दायरा फराकिलो होस् र विद्यालय र विद्यार्थीहरू बिचमा आपसी भाइचाराको सम्बन्ध बढोस् भन्ने मूल उद्देश्य राखेर पोखरामा रहेका विभिन्न विद्यालयहरू बिच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । चौँथो संस्करणको प्रतियोगितामा आयोजक कुमदिनी होम्सका सक्षम गैह्रे, रिवाज लामिछाने र… पुरा पढौ

पर्यटन व्यवसायी जितु गुरुङ परिवारद्वारा कृष्ण प्रमोद प्रा.वि.मा डेढ लाखको अक्षयकोष, कम्प्युटर हस्तान्तरण

दीननाथ बराल,पोखरा, ८, फागुन, लमजुङको दोर्दी गाउँपालिका–३ स्थित मञ्जाङ लामागाउँमा रहेको कृष्ण प्रमोद प्रा.वि. लाई पोखराका पर्यटन व्यवसायी तथा वरपिपल रिसोर्टका सञ्चालक अमरजङ गुरुङ (जितु) परिवारले डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै दुई थान कम्प्युटर, एक थान प्रिन्टर, खेल पोशाक हस्तान्तरण गर्नुभएको छ । विद्यालयको ५० औँ स्वर्ण जयन्ती तथा अभिभावक दिवसको अवसर पारेर गुरुङ र उहाँकी धर्मपत्नी शिला गुरुङले स्वर्गीय बुबा–आमाको स्मृतिमा रु. १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा… पुरा पढौ

२५ औं आहा रारा पोखरा गोल्डकपमा इतिहास रच्ने दाउमा आयोजक सहारा र जावलाखेल (भिडियो सहित), शनिबार फाइनलमा भिड्ने

दीननाथ बराल,पोखरा, ८ फागुन २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधिका लागि आयोजक सहारा क्लव र जावलाखेल युथ क्लवबीच भोलि (शनिबार) दिउँसो २ बजे पोखरा रंगशालामा फाइनल खेलमा प्रतिष्प्रर्धा हुने भएको छ । १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहितको उपाधि जित्दै इतिहास रच्ने दुवै टोलीले शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=EOLwHaJZzA0 समूह ‘ए’ बाट सहारा क्लवले सेमिफाइनलमा सर्वाधिक सफल टोली मनाङ मस्र्याङदी क्लब लाई सडेन डेथमा पराजित… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता पोखरामा सुरु

पोखरा, गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल, पोखरा रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा परिषदका सदस्य रविन्सन प्रजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि परिषद प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दशौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि यस्ता प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण रहने बताए। प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न… पुरा पढौ

अभिनेत्री माया गुरुङद्वारा सहारा एकेडेमीका बालकलाई ३० थान फुटबल बुट सहयोग

पोखरा, ८, फागुन, अभिनेत्री माया गुरुङले सहारा फुटबल एकेडेमीका बालकहरुलाई फुटबल बुट सहयोग गरेकी छन् । पोखरा रंगशालामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अवसरमा उनले एकेडेमीका ३० जना बालकहरुका निम्ति ३० जोडी फुटबल बुट सहयोग गरेकी हुन् । सहारा हङकङका सल्लाहकार समेत रहेकी अभिनेत्री गुरुङले यसअघि पनि एकेडेमीमा सहयोग गर्दैआएकी थिइन् । उनको निर्माण बनेको नेपाली फिल्म ‘पेन्सनपट्टा’ ले दुई साताअघि मात्र छायांकन सकाएको छ । लमजुङ लगायतमा छायाकन गरिएको यो फिल्मका निर्देशक माओत्से गुरुङ हुन् ।… पुरा पढौ

सिक्लेसको दिगो पर्यटनको लागि उम्मेदवार राजकाजी गुरुङ कटिवद्ध

पोखरा, कास्कीको पर्यटकीय गाउँको दिगो पर्यटनको लागि कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण) कटिवद्ध भएको बताउनु भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार करणको घरदैलो कार्यक्रमका क्रममा सिक्लोसीहरुसंग भेटघाट गर्दै उहाँले सिक्लेसको दिगो र पर्यापर्यटनको बिषयमा आफु गम्भिर भएको बताउनु भएको हो । उहाँले मादी गाउँपालिका वडा नम्बर १ स्थित पर्यटकीय गाउँ सिक्लेस मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रदैलोका क्रममा सिक्लेस आमा समूहले उम्मेदवार गुरुङसहितको टोलीलाई भव्य स्वागत गर्नु भएको थियो… पुरा पढौ