१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ
पोखरा ६ मंसिर युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय…
पुरा पढौ
सूर्य नेपाल सेन्ट्रल ओपन, तेस्रो दिन पनि एमेच्योर गल्फर सदभाव शीर्षस्थानमा कायमै
काठमाडौ,मंसीर ६: सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन। गोकर्ण गल्फ क्लबमा सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे। चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने संभावना बलियो बनाएका छन। दिनेशले ३-अन्डर ६९ अंक जोडदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै…
पुरा पढौ
केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश बिरुद्ध आयोजक एकेडेमी प्रतिष्प्रर्धा गर्ने
दीननाथ बराल पोखरा ६, मंसिर केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० भोलि(विहिबार) देखि पोखरामा सुरु हुने भएको छ । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको मदन भडारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनु भयो । विहिबार हुने उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम बिच प्रतिष्प्रर्धा हुने भएको छ । बिहिबार बिहान ११ः०० बजे उक्त प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार, संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने…
पुरा पढौ
चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि
पोखरा, मंसिर ६ प्रविधि, सिकाई र अनुभव आदानप्रदान गर्ने उद्देश्य सहित पोखराको अग्रणी शैक्षिक संस्था प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो । केहीदिन अघि मात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाई र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै…
पुरा पढौ
चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज
पोखरा ६, मंसिर पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् । चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय राजनीतिक विषयवस्तु नेपाली सिनेमामा हाबी भइरहँदा पारिवारिक विषयवस्तु समेटिएको चित्रा दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी देखिन्छ । एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा…
पुरा पढौ
पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा
पोखरा ६, र्मसिर पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा…
पुरा पढौ
विश्व मत्स्य दिवस ः फेवातालमा १२ हजार माछाका भुरा छाडियो
पोखरा, ६ मङ्सिर विश्व मत्स्य दिवसका अवसरमा मंगलबार पोखराको पर्यटकीय गन्तव्य समेत रहेको फेवातालमा माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाले फेवातालमा स्थानीय जात नैनी, सहर लगायतका ६० ग्राम तौल माथिका १२ हजार माछाका भुरा छाडेको हो । फेवातालको प्राकृतिक सन्तुलन कामय गर्न र मुख्यगरी जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउदै उद्धेश्यले तालमा भुरा छाडिएको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले बताउनुभयो । वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै…
पुरा पढौ
पोखराको होटलमा एक महिला मृत अबस्थामा भेटियो
दीननाथ बराल पोखरा ६, मंसिर पोखराको होटलमा एक महिला मृत अबस्थामा भेटिएकी छन्। पोखरा ८ नागढुङ्गाको शिला रेष्टुरेण्टमा बिगत २ बर्ष अगाडि देखि काम गर्दै आएकी ३८ बर्षीया सुकु बि.क.को नागढुङ्गाकै युनिक होटलमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । होटलकी साहुनीले तनहुँ भिमाद घर भई की हाल पोखरा बस्दै आएकी बि.क. होटलको रुममा अचेत अबस्थामा देखे पछि मंगलबार नै चरक मेमोरियल अस्पतालमा पुर्याए लगत्तै बेलुका ७ः२० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको अस्पताल श्रोतले जनाएको छ ।…
पुरा पढौ
ज्यान मार्ने धम्कीले सम्पर्क विहिन भएको भन्दै फेसवुक मार्फत सम्पर्कमा आए ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारीका अध्यक्ष नेपाली
दीननाथ बराल पोखरा ५, मंसिर घरै घरका धनि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफुलाई ज्यान मार्ने धम्कीका कारण सम्पर्क विहिन भएको फेसबुक मार्फत जानकारी गराउदै अब छिट्टै शहकारीको बचत कर्ताहरुको हिसाव मिलान गर्ने बताएका छन्। ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष समेत रहेका नेपालीले आफ्नो बुर्तिवाङ, पोखरा र काठमाण्डौंमा मात्र १८ वटा घर सहितको जग्गा भएको दाबी गर्दै शेयरका बचतकर्ताहरुको अब उपयुक्त वातावरण भए लगत्तै हिसाव मिलान गर्ने बताएका हुन्। इमेज सहकारीमा १० हजार ऋण भएकाहरुले १० लाख माग्दै…
पुरा पढौ
पोउवा संघमा कर सम्बन्धी अन्तक्र्रिया, अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर ः प्रमुख कर अधिकृत शर्मा
पोखरा, ५ मंसिर आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको भनाइ छ । आन्तरिक राजश्व कार्यालय पोखराको लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब राजश्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए । राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक…
पुरा पढौ

