पोखराको होटलमा एक महिला मृत अबस्थामा भेटियो

-


     पोखरा क्लिक     
     मंसिर ६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ६, मंसिर

पोखराको होटलमा एक महिला मृत अबस्थामा भेटिएकी छन्। पोखरा ८ नागढुङ्गाको शिला रेष्टुरेण्टमा बिगत २ बर्ष अगाडि देखि काम गर्दै आएकी ३८ बर्षीया सुकु बि.क.को नागढुङ्गाकै युनिक होटलमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

होटलकी साहुनीले तनहुँ भिमाद घर भई की हाल पोखरा बस्दै आएकी बि.क. होटलको रुममा अचेत अबस्थामा देखे पछि मंगलबार नै चरक मेमोरियल अस्पतालमा पुर्याए लगत्तै बेलुका ७ः२० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको अस्पताल श्रोतले जनाएको छ । उनको मृत्यु शंकास्पद भएकोले गर्दा हाल हाल उनको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिम क्षेत्रिय अस्पताल) पोखरामा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले एटुजेडलाई बताए ।

होटल संचालक देखि उक्त घटनामा शंकास्पद रहेका केही व्यक्तिहरुसंग सोधपुछ सहित अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । उक्त घटना शंकास्पद भएकोले घटनामा संलग्न हुने जो कोही पनि प्रहरीले नछाड्ने उनले दाबी गरे । दोषीलाई ढिलो चाढो कानूनि कठघरामा ल्याउने डिएसपी बि.क.ले बताउनु भयो । सुकु बि.क.को केही चोट सहित मुखमा रगत समेत आएको अबस्थामा भेटिएको उनका आफन्तले बताउनु भयो ।

पोखराका होटललाई अपराधिक गतिविधिको थलो नवनाउन प्रहरीले पटक पटक चेतावनी दिदै आएको अबस्थामा यस्ता घटना हुनुले प्रहरीलाई थप शान्ति सुरक्षामा चुनौती थपिएको छ भने अन्य व्यक्तिहरुमा समेत घटनाको सत्यतथ्य बाहिर सार्वजनिक गरी दोषी उपर कडा कारवाही हुनुपर्ने स्थानियको माग रहेको छ ।