जिवनशैली पत्रिका

ज्यान मार्ने धम्कीले सम्पर्क विहिन भएको भन्दै फेसवुक मार्फत सम्पर्कमा आए ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारीका अध्यक्ष नेपाली

दीननाथ बराल पोखरा ५, मंसिर घरै घरका धनि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफुलाई ज्यान मार्ने धम्कीका कारण सम्पर्क विहिन भएको फेसबुक मार्फत जानकारी गराउदै अब छिट्टै शहकारीको बचत कर्ताहरुको हिसाव मिलान गर्ने बताएका छन्। ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष समेत रहेका नेपालीले आफ्नो बुर्तिवाङ, पोखरा र काठमाण्डौंमा मात्र १८ वटा घर सहितको जग्गा भएको दाबी गर्दै शेयरका बचतकर्ताहरुको अब उपयुक्त वातावरण भए लगत्तै हिसाव मिलान गर्ने बताएका हुन्। इमेज सहकारीमा १० हजार ऋण भएकाहरुले १० लाख माग्दै… पुरा पढौ

पोउवा संघमा कर सम्बन्धी अन्तक्र्रिया, अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर ः प्रमुख कर अधिकृत शर्मा

पोखरा, ५ मंसिर आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको भनाइ छ । आन्तरिक राजश्व कार्यालय पोखराको लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा ७ अर्ब राजश्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए । राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक… पुरा पढौ

विहिबार देखि पोखरामा केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

दीननाथ बराल पोखरा ५, मंसिर पोखरा रंगशालामा यही मंसिर ७ अर्थात विहिबार देखि केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा विहिबार देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १२ टिम सहभागि हुने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आमी क्लव, शसस्त्र… पुरा पढौ

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

दीननाथ बराल पोखरा ४, मंसिर पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं.२९ पटनेरी स्थित खेतमा पानी लैजाने क्रममा माछा मार्ने उद्धेश्यले करेण्ट समेत जोडेकोले करेन्ट लागेर मुस्ताङ जोमसोम घर भएका हाल पटनेरी बस्दै आएका ं.४६ बर्षका भीमलाल सुनार र उनकी श्रीमती ४६ बर्षकी सावित्री सुनारको मृत्यु भएको कास्की प्रहरीले एटुजेडलाई जनाएको छ । आज(सोमबार) दिउसो करिब ४ः०० बजे स्थानियले करेण्ट लागेर दुई जना घाइते भएको अबस्थामा प्रहरीलाई खबर गरे पश्चात इलाका… पुरा पढौ

स्याङ्जाका ढकाल कृष्ण भिरमा मृत अबस्थामा भेटिए

धादिङ ४, मंसिर स्याङ्जाको चापाकोट नगरपालिका ७ वडा स्थायी घर भएका हाल काठमाडौ ंबस्दै आएका कलाकार तथा संचारकर्मी प्रकाश ढकालको मृत्यु भएको छ । शुक्रबार देखि सम्पर्क बिहिन भएका ढकाल आइतबार धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्ण भिर मुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राती बसमा काठमाडौ फर्किदै गरेका ढकाल उक्त स्थानमा मृत अवस्थामा भेटिनु घटना रहस्यमय भएकोले प्रहरीले अनुसन्धान गर्न थालेको छ । ढकालको घटनाको बिषयमा सत्यतथ्य छानबिन गर्न उनका आफन्तले जोडदार माग गरेका… पुरा पढौ

पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाइयो

दीननाथ बराल पोखरा ४, मंसिर पर्यटकीय नगरी पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाइएको छ । पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ पर्व मनाइएको छठ पूजा समितिहरुले जनाएको छ । सुर्यका भक्तहरुले आज(सोमबार) उदाउदो सूर्यलाई अर्घ सहितको प्रसाद चढाएसंगै यस बर्षको छठ पर्वलाई विदाई गर्नू भएको हो । आइतबार साँझ अस्ताउदो सूर्यलाई अर्घ सहितको मिस्ठान्न खाद्य पदार्थ सहितको फलफूल चढाउनु भएको थियो । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र… पुरा पढौ

सूर्य नेपाल सेन्ट्रल ओपन सुरु, एमेच्योर टासी छिरिङ शीर्षस्थानमा

काठमाडौं, मंसीर ४ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७(अन्डर ६५ को सानदार नतिजामा शीर्षस्थानमा रहेका छन। उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा आज सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे। टासी शीर्षस्थानमा रहदा सदभाव आचार्य ६( अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन। धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३(अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन।… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनको कम्प्युटर र नेतृत्व विकास तालिम

३ मंसिर, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत १२ कक्षासम्मका विद्यार्थी भाइबहिनीलाई सञ्चालित कम्प्युटर र नेतृत्व विकास तालिम सम्पन्न भएको छ । ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिममा २१ जना विद्यार्थी सहभागी थिए । तालिम समापन समारोहमा क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऔं अभियान अन्तर्गत हरेक वर्ष सामुदायिक विद्यालय अध्ययनरत भाइबहिनीलाई तालिम सञ्चालनार्थ वार्षिक एक लाख ५० हजार बजेट विनियोजना गर्दै आएको… पुरा पढौ

पोखरामा छठ पर्व मनाइँदै

दीननाथ बराल पोखरा ३, मंसिर तामझामका साथ पोखरामा यस बर्षको छठ पर्व मनाइदै छ । पोखराका विभिन्न स्थानमा छठ पूजा समितिले व्यबस्थित ढंगले पोखरामा छठ पर्व मनाउने व्यबस्थापन गरेसंगै पोखरामा यस बर्ष पनि निकै तामझामका साथ छठ पर्व मनाइदै गरेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए । पोखरामा व्यबस्थित ढंगले विभिन्न स्थानमा छठ पूजा हुने भएसंगै तराई तथा मधेशमुलका व्यक्तिहरुले पोखरामै छठ पर्व मनाउन लागेको उनले जनाए । पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ… पुरा पढौ

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजनमा आठ प्रतियोगिता, ६४ लाख पुरस्कार राशी

काठमाडौ, ३ मंसिर प्रोफेसनल गल्फर्स एसोसियसन नेपाल ९एनपीजीए०ले सूर्य नेपाल गल्फ टुर २०२३(२४ सिजनको क्यालेन्डर सार्वजनिक गरेको छ। सुर्य नेपाल प्रालिद्वारा प्रायोजित नयाँ सिजनमा कुल ६४ लाख ३६ हजार १ सय ५० नगद पुरस्कारको लागि आठ प्रतियोगिता सञ्चालन हुनेछन्। यो सिजनमा ५ प्रतिशतले पुरस्कार राशी वृद्धि गरिएको एनपीजीएका महासचिव दिपक आचार्यले जानकारी दिए। सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ। ७२ होलको चारदिने प्रतियोगिता भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ३३ प्रोफेसनल गल्फरले कुल ८ लाख ४० हजार नगद पुरस्कारको… पुरा पढौ