जिवनशैली पत्रिका

विपद ब्यवस्थापन कोषको सहयोगार्थ युनाइटेडको देउसीभैलो

कार्तिक २६, पोखरा प्रत्येक वर्ष जस्तै यो वर्षपनि युनाइटेड क्लव पोखराले विपद ब्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले दिपावलीको अवसर पारी आगामी कार्तिक ३० गते पोखरा अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । विगतका वर्षहरुमा जस्तै यो पटक पनि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रमको आयोजना गर्न… पुरा पढौ

पोखराको सेतीनदीमा दुई वटा अत्याधुनिक पुलको शिलन्यास

दीननाथ बराल पोखरा २६, कार्तिक पोखराको पृथ्बीराजमार्ग अन्र्तगत पर्ने पृथ्बीचोक क्षेत्र (चाइनापुल) नजिक सेतीनदी माथि निर्माण हुन लागेको अत्याधुनिक डिजाइनका दुई वटा पक्की पुलको शिलन्यास गरिएको छ । पोखराको सेतीनदी माथि टावर सहितको दुई वटा पक्की पुल निर्माण गर्ने कामको अनौपचारिक रुपमा केही समय अघि देखि सुरु भए पनि यसको औपचारिक रुपमा शनिबार एक समारोहका बिच शिलन्यास गरिएको हो । रसुवा कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) निर्माण गर्न लागेको उक्त… पुरा पढौ

पोखरामा यस बर्ष करिब २ करोडको फूलको कारोवार हुने अपेक्षा

दीननाथ बराल पोखरा २६, कार्तिक नेपालीहरुको अर्को ठुलो चार्ड तिहार पर्वको अवसरमा पोखरा यस बर्ष पनि करिब २ करोड मुल्य बराबरको फूलको कारोवार हुने अपेक्षा गरिएको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्ष पनि स्थानिय जातको फूल सहित उन्नतजातको सयपत्री फूलको करिब तिहार पर्वको अवसरमा दुई करोड भन्दा बढीको कारोवार हुने भएको व्यवसायीहरुले अपेक्षा गर्नु भएको छ । एक करोड मुल्य बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मुल्य बराबरको व्यवसायीक कृषक तथा केही साना किसानबाट फुलको कारोवार हुने… पुरा पढौ

आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै ,कुकुर तिहार पनि आजै

पोखरा २६ कार्तिक । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक… पुरा पढौ

हिमचितुवाको आक्रमणले मुस्ताङमा ७७ वटा च्यांग्रा मरे ९ घाइते

पोखरा २५, कार्तिक हिमचितुवाको आक्रमणले मुस्ताङमा ७७ वटा च्यांग्रा मरेका छन् भने ९ वटा घाइते भएका छन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को ढाक्मर गाउँमा स्थानिय निग्मा गुरुङले पालेको च्यांग्रा माथि हिजोराति हिमचितुवाको आक्रमणले गर्दा ७७ भन्दा बढी च्यांग्रा मरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले एटुजेडलाई बताउनु भयो । निग्माले पालना गरेको च्यांग्राको खोरमा ४ वटा हिमचितुवा पसेर आक्रमण गर्दा एकै खोरमा रहेका २ सय वटा च्यांग्रा मध्य ७७ वटा मरेको करिब ९ वटा घाइते अबस्थामा च्यांग्रा रहेकोे… पुरा पढौ

भाइटिका महोत्सव हुँदै

पोखरा, २५ कात्तिक संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नारा साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २९ गते १६ औं भाइटिका महोत्सव २०८० आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा… पुरा पढौ

प्रथम केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेटका लागि उपसमिति गठन

पोखरा÷कार्तिक, २५ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ । यहि मंसिर ७ गते देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रव आचार्यको प्रमुख आतिथ्यतामा तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ सदस्यिय विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ । सो अनुसार तिलक बहादुर अधिकारीको… पुरा पढौ

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्ब सुरु ः आज काग तिहार

पोखरा २५ कात्तिक। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने… पुरा पढौ

आज देखि यमपञ्चक अर्थत तिहार पर्व सुरु

पोखरा २५, कार्तिक आज (शनिबार) देखि यमपञ्चक अर्थत तिहार पर्व सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व देशै भरी तथा नेपालीहरुले हर्स र उल्लाहसमय ढंगले तिहार पर्व मनाउदै हुनुहुन्छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उल्लेख गरेको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान… पुरा पढौ

कास्कीमा पनि रातको ९ः०० बजेसम्म मात्र देउँसी भैली खेल्न प्रशासनको अनुरोध

पोखरा २५, कार्तिक पोखरा सहित कास्कीमा रातको ९ः०० बजेसम्म मात्र देउँसी भैलो कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहार पर्वको अवसरमा सञ्चालन हुने देउँसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवं सवारी साधन आवागमनमा अवरोध नहुने गरी रातको ९ः०० बजे सम्म मात्रै देउँसी भैलो कार्यक्रम चलाउन गर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै शुभ दिपावली एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामग्रीको ओसारपसार, वेचविखन… पुरा पढौ